पिउने पानीमा किरा भेटिएपछि किम्ची फास्टफुडलाई २ लाख जरिवाना « Khabarhub

पिउने पानीमा किरा भेटिएपछि किम्ची फास्टफुडलाई २ लाख जरिवाना


२७ श्रावण २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


204
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पिउने पानीमा किरा भेटिएपछि काठमाडौं महानगरपालिकाले अनामनगरमा रहेको किम्ची फास्टफुडलाई दुई लाख रुपैयाँ जरिवाना गरेको छ ।

किम्चीको हलमा महानगरले दुई दिने ‘विवाद व्यवस्थापनः वडा कार्यालयको भूमिका अभिमुखीकरण’ कार्यक्रमको आयोजनागरेको थियो ।

उक्त कार्यक्रममा महानगरपालिका ११ की वडासदस्य यशोमती परियारले सिल गरेको पिउने पानीको बोत्तलमा किरा भेटेपछि उपप्रमुख सुनिता सुनिता डंगोललाई जानकारी दिएकी थिइन् ।

कार्यक्रममा उपस्थित डंगोलले तत्काल कार्यक्रम स्थगित गरी दूषित पानी बिक्री गर्नेलाई कारबाही गर्न निर्देशन दिएपछि दुई लाख रुपैयाँ जरिवाना गरिएको हो । उपप्रमुख डंगोल अनुगमन समितिकी संयोजकसमेत हुन् ।

 

 

प्रकाशित मिति : २७ श्रावण २०८१, आइतबार  ८ : ५१ बजे

सुशासन कानुनी शासनबाट मात्र सम्भव, व्यक्तिवादले प्रणाली कमजोर बनाउँछ : पूर्वअर्थमन्त्री महत 

काठमाडौं– नेपाली कांग्रेसका नेता तथा पूर्वअर्थमन्त्री प्रकाशशरण महतले देशमा कानुनी

सहिद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयका उपकुलपति र रजिष्ट्रारले लिए शपथ

काठमाडौं – शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सहिद दशरथचन्द स्वास्थ्य विज्ञान

श्रम निरीक्षणसम्बन्धी महासन्धि अनुमोदन

काठमाडौं–  प्रतिनिधिसभाको आजको बैठकले अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आइएलओ) को श्रम

फ्यानसेपको पोषण सुरक्षा कार्यक्रम : उत्पादनसँगै पोषण चेतना वृद्धि, दुई पालिकामा २२० समूह लाभान्वित

दोलखा– वैतेश्वर गाउँपालिका–५ मैनापोखरीस्थित कार्की गाउँका महिलाहरू अहिले घर आँगनमै

गणेश पराजुलीले भने- सरकारले कामै गरेन भन्नेको भ्रम चिर्दै अघि बढ्छौँ

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वर्तमान सरकारले गरेका कामबारेमा