ईयूले चिनियाँ विद्युतीय गाडीमा करबारे ईयुले पुनर्विचार गरोस् : स्पेनी प्रधानमन्त्री « Khabarhub

ईयूले चिनियाँ विद्युतीय गाडीमा करबारे ईयुले पुनर्विचार गरोस् : स्पेनी प्रधानमन्त्री


२६ भाद्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले बुधबार युरोपेली सङ्घ (ईयू) को चिनियाँ विद्युतीय सवारीमाथि ३६ प्रतिशतसम्म आयात शुल्क लगाउने योजनामा पुनर्विचार गर्न आवश्यक रहेको बताउँदै दुई आर्थिक शक्तिबीच सम्झौता गर्न आह्वान गरेका छन् । 

युरोपेली आयोगले गत महिना चीनबाट आयात हुने विद्युतीय सवारी साधनमा पाँच वर्षका लागि ३६ प्रतिशतसम्म आयात शुल्क लगाउने घोषणा गरेको थियो । त्यसलगत्तै  बेइजिङले चीनमा आयात गरिएका केही दुग्ध उत्पादनहरूमा ईयुको अनुदानबारे अनुसन्धान सुरु गर्ने बताएको थियो । 

सान्चेजले शुल्कको बारेमा सोधिएको प्रश्नमा सञ्चारकर्मीसँग भने, ‘आयात शुल्कसम्बन्धी विषयमा पक्ष राष्ट्र मात्र नभई हामी सबैलाई पुनर्विचार गर्न आवश्यक छ भन्ने मलाई लाग्छ।’

‘हामीले युरोपेली सङ्घ र चीनबीच सम्झौताको माध्यम निर्माण गर्न आवश्यक छ। हामी रचनात्मक ढङ्गबाट चीन र युरोपेली आयोगबिच सम्झौता गरेर समाधान खोज्ने प्रयास गर्नेछौँ ।’ 

सान्चेजले चीन भ्रमणका क्रममा राष्ट्रपति सी जिनपिङ लगायत शीर्ष अधिकारीसँग भेट गरेको हो र विश्वको दोस्रो ठूलो अर्थतन्त्रसँग ‘संवाद र सहयोग’ को आह्वान गरेका छन् ।

युरोपेली सङ्घ र चीनबीच बढ्दो व्यापारीक तनावबीच सान्चेजले चीनको भ्रमण गरेका हुन् । सान्चेजले सोमबार म्याड्रिड र बेइजिङलाई ‘निष्पक्ष व्यापार व्यवस्था’ का लागि आह्वान गरेका छन् । 

‘हामीले वार्ताको माध्यमबाट दुई पक्षाबीचको मतभेद समाधान गर्दै मिलेर अघि बढ्नुपर्छ,’ उनले सीसँगको भेटेपछि सामाजिक सञ्जालमा लेखेका छन् । 

चीन र युरोपेली सङ्घबीच हालैका वर्षहरूमा व्यापार, प्रविधि र राष्ट्रिय सुरक्षासम्बन्धी विभिन्न मुद्दाहरूमा मतभेद चलिरहेको छ । चिनियाँ विद्युतीय सवारी साधनमा अनुदान दिनु युरोपको विशाल सवारी साधन निर्माण उद्योगका लागि खतरा रहेको भन्दै ब्रसेल्सले सौर्य प्यानल, विन्ड टर्बाइन र रेलहरूका लागि चिनियाँ अनुदानबारे छानबिन सुरु गरेको थियो । 

युरोपेली आयोगका एक अधिकारीले ईयू चीनसँगको व्यापारीका विवाद समाधान गर्न तयार रहेको र वार्ताका लागि अन्य आवश्यक पहल चीनमा निर्भर गर्ने बताए । 

प्रकाशित मिति : २६ भाद्र २०८१, बुधबार  ३ : १७ बजे

वितरकसँगको ५० लाख विवादमा बोले भुवन, भन्छन् – चुक्ता गर्छु 

काठमाडौं – वितरकसँगको आर्थिक कारोबारको विवादबारे नायक भुवन केसीले मुख

रास्वपाबाट स्थानीय चुनाव लड्नेले क्यान्डिडेट क्लब र लिडरसिप एकेडेमीबाट उत्तीर्ण हुनैपर्ने

काठमाडौं- आगामी स्थानीय तह निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को

अब कम्युनिस्ट एकता गरेर समाजवादको यात्रा सुरु गर्छौँ : संयोजक दाहाल

त्रिवेणी– नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल

अनुभवी कलाकार भुवन केसी र जितु नेपालसँग फिल्म गर्दै रियान

काठमाडौं – निर्देशक घनश्याम लामिछानेले फिल्म ‘तिमी मेरो म तिम्रो’

स्थानान्तरण प्रक्रियामा छुटेका नागरिकलाई सम्पर्कमा आउन आग्रह

काठमाडौं- सहरी विकास मन्त्रालयले काठमाडौँको बागमती र सहायक नदी किनारका