बजेट चाँडो पारित गर्न पर्यटन बोर्डको ध्यानाकर्षण « Khabarhub

बजेट चाँडो पारित गर्न पर्यटन बोर्डको ध्यानाकर्षण


२६ भाद्र २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाल पर्यटन बोर्डको बजेट चाँडो पारितगरी अन्तर्राष्ट्रिय पर्यटन मेलामा निजी क्षेत्रको सहभागिता सुनिश्चितता गरिनुपर्नेलगायत माग राख्दै नेपाल राष्ट्रिय पर्यटन व्यवसायी सङ्गठनले बोर्डको ध्यानाकर्षण गराएको छ ।

सङ्गठनका कार्यवाहक अध्यक्ष राजेन्द्रप्रसाद सापकोटा नेतृत्वको सङ्गठनको टोली आज बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) दीपकराज जोशीलाई भेटी बोर्डमार्फत सम्बोधन हुनुपर्ने विभिन्न विषय ध्यानाकर्षण गराएको हो । साथै सङ्गठनले सिइओ जोशीलाई बधाई तथा कार्यकालको शुभकामना व्यक्त गरेको छ ।

व्यवसायीको ज्ञापन बुझ्दै सिइओ जोशीले बोर्डको बजेट चाँडो पास गरेर बोर्डका कामलाई गतिशील बनाउन सक्रिय ढङ्गले लाग्ने बताए । उनले निजी क्षेत्रको साथ सहयोग र समन्वयलाई फराकिलो बनाएर पर्यटन प्रवर्द्धनका काममा क्रियाशील हुन सबैमा आह्वान पनि गरे ।

बोर्डले प्राथमिकताका साथ गर्नुपर्ने बुँदागत काम कार्यान्वयनका लागि बोर्डको ध्यानाकर्षण गराइएको सङ्गठनका कार्यवाहक अध्यक्ष सापकोटाले बताए। सङ्गठनले बोर्डको बजेट कार्यान्वयन, विश्वप्रसिद्ध पर्यटन मेलामा बोर्डमार्फत निजी क्षेत्रको सहभागिता, नयाँ पर्यटन बजारको पहिचान र प्रवद्र्धन तथा हवाई टिकट र पदयात्रामा लगाइएको कर हटाउन माग गरेको छ ।

यस्तै पदयात्री सूचना व्यवस्थापन प्रणाली (टिम्स) को प्रभावकारी व्यवस्थापन, ‘नो ट्रेकिङ विदआउट गाइडरपोर्ट’ यथाशीघ्र लागू गर्नुपर्ने, विश्वबजारमा नेपालको प्रचारप्रसार गर्न बिबिसी, सिएनएनजस्ता प्रसिद्ध सञ्चारमाध्यममा नेपालको प्रचार गरिनुपर्ने, श्रमिक कल्याणकारी कोष कार्यान्वयन र नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को सुधारका लागि पर्यटन बोर्डले नेतृत्वदायी भूमिका खेल्नुपर्नेलगायत माग रहेका छन् ।

प्रकाशित मिति : २६ भाद्र २०८१, बुधबार  ९ : ०७ बजे

भगवतीमाई गाउँपालिकाका तीन वडामा खानेपानी पुग्यो

रातामाटा– खानेपानीको चरम संकट भएका भगवतीमाई गाउँपालिकाका विभिन्न तीन वडामा

कालीगण्डकीमा पक्की पुल

गलकोट– चार वर्षदेखि कालीगण्डकी करिडोरमा लगातार पहिरो खस्दै आएपछि बागलुङको

सरकारले भ्रष्टाचार अन्त्य गर्दै सुशासन कायम गर्न ध्यान दिएको छ : मन्त्री खरेल

काठमाडौं– सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले भ्रष्टाचारको अन्त्य गर्दै

सामाजिक सुरक्षा योजनामा सहभागी गराउन परिसङ्घले सहजीकरण गर्ने

काठमाडौं– नेपाल उद्योग परिसङ्घले आफ्ना सदस्य उद्योगलाई सामाजिक सुरक्षा योजनामा

एमालेको महाधिवेशनमा २४६३ जना प्रतिनिधि सहभागी हुने

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) को आसन्न ११औँ राष्ट्रिय महाधिवेशनका