दूध उत्पादक किसानलाई अनुदान « Khabarhub

दूध उत्पादक किसानलाई अनुदान


२६ कार्तिक २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

नवलपरासी- नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को हुप्सेकोट गाउँपालिकाले दूध उत्पादक किसानलाई प्रतिलिटर २० रुपैयाँ अनुदान दिने भएको छ ।

गाउँपालिकाले गत आर्थिक वर्षसम्म प्रतिलिटर सात रुपैयाँ पचास पैसा अनुदान दिँदै आएकोमा चालु आर्थिक वर्षदेखि अनुदान रकम वृद्धि गरी प्रतिलिटर २० रुपैयाँ पुर्‍याइएकाे हुप्सेकोट गाउँपालिका अध्यक्ष लक्ष्मीदेवी पाण्डेले बताइन् ।

अनुदान रकम साना किसानसम्म पुर्‍याउन  एक आर्थिक वर्षमा सहकारीमार्फत बिक्री गरेको दूधको परिमाण अनुसार अनुदान रकम प्रदान गरिने गाउँपालिका अध्यक्ष पाण्डेले बताइन् ।

‘गाउँपालिकाभित्र रहेका दुग्ध सहकारीहरूले उपलब्ध गराएको वार्षिक तथ्यांकका आधारमा अनुदान दिने व्यवस्था गरेका छौँ’, उनले भनिन्, ‘किसानलाई प्रोत्साहन गरी गाउँपालिकाभित्र दूध उत्पादन वृद्धि गर्ने हाम्रो मुख्य लक्ष्य हो ।’

हुप्सेकोट गाउँपालिकाको आव २०८१/८२ को नीति कार्यक्रम एवं बजेटमा गाउँपालिकाभित्रका दुग्ध सहकारीमा किसानले बिक्री गरेको प्रतिलिटर दूधमा २० रुपैयाँ नगद अनुदान दिने उल्लेख गरिएको छ । दूध उत्पादन वृद्धि गर्न गाउँपालिकाले आव २०७८/७९ देखि प्रतिलिटर पाँच रुपैयाँ अनुदान दिन सुरु गरेकोमा चालु आवमा अनुदान रकम उल्लेख्य वृद्धि गरिएको हो ।

उत्पादनको आधारमा अनुदान दिँदा साना किसान लाभान्वित भएको गाउँपालिका अध्यक्ष पाण्डेको भनाइ छ । उत्पादनका आधारमा दूधमा अनुदान वितरण गर्न थाले पछि दूध उत्पादन र पशु पाल्ने किसानको संख्या वृद्धि भएको उनले बताइन् ।

‘हुप्सेकोट गाउँपालिकालाई दुग्ध उत्पादनमा आत्मनिर्भर बनाउने लक्ष्यअनुसार कृषकलाई आकर्षित गर्ने कार्यक्रम अगाडि सारिएका छन्’, उनले भनिन्, ‘गाउँपालिकाको पहाडी क्षेत्रमा पशुपालन कम हुने हुँदा यस क्षेत्रमा दूध उत्पादन कम हुने गरेको छ ।’

गाउँपालिकाले गत आवमा प्रतिलिटर १० अनुदान रकम उपलब्ध गराउने घोषणा गरे पनि गण्डकी प्रदेश सरकारले पनि दूधमा अनुदान रकम उपलब्ध गराएकाले प्रदेशबाट किसानलाई प्राप्त अनुदान रकम घटाएर प्रतिलिटर १० रुपैयाँ हुने गरी अनुदान वितरण गरिएको हुप्सेकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद पराजुलीले बताए ।

‘आव २०८०/८१ मा कूल ७५ हजार दुई सय दुई लिटर दूधमा कूल पाँच लाख ६४ हजार १२ रुपैयाँ अनुदान रकम किसानलाई वितरण गरिएको छ’, उनले भने, ‘आव २०७९/८० मा कूल ५७ हजार तीन सय २३ लिटर दूधमा प्रतिलिटर पाँचको रुपैयाँकाे दरले दुई लाख ८६ हजार ६ सय १९ रुपैयाँ अनुदान रकम प्रदान गरिएको थियो ।’

 

 

प्रकाशित मिति : २६ कार्तिक २०८१, सोमबार  ७ : २० बजे

हुलाकमार्फत घर-घरमा पुर्‍याउन थालियो राहदानी

चितवन– सरकारको नीतिअनुरूप नागरिकको राहदानी हुलाकमार्फत घरघरमा पुर्‍याउन थालिएको छ।

गणेश पराजुलीको अभिव्यक्तिबारे बारको आपत्ति, न्यायालयको मानमर्दन नगर्न चेतावनी

काठमाडौं- नेपाल बार एशोसिएशनले प्रतिनिधिसभाको बैठकमा न्यायालयको मानमर्दन हुने अभिव्यक्ति

जम्बो टोलीसहित बेइजिङ उत्रिए ट्रम्प, यी पाँच मुख्य मुद्दामा दुई ‘शक्ति राष्ट्र’बीच हुँदैछ वार्ता

बेइजिङ- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ८ वर्षपछि बुधबार चीन भ्रमणमा

घरमै स्वास्थ्य सेवा दिन ज्येष्ठ नागरिकको विवरण संकलन

काठमाडौं– काठमाडौँ महानगरपालिकाले ७० वर्षमाथिका ज्येष्ठ नागरिकलाई घरमै स्वास्थ्य सेवा

मंगलाघाटमा म्याग्दी नदी नियन्त्रण आयोजना

म्याग्दी– बेनी नगरपालिका–७ मंगलाघाटमा म्याग्दी नदीको कटान नियन्त्रणका लागि पक्की