सिकलसेलको औषधि ल्याएर वितरण गर्ने प्रधानमन्त्रीको घोषणा « Khabarhub

सिकलसेलको औषधि ल्याएर वितरण गर्ने प्रधानमन्त्रीको घोषणा


२६ कार्तिक २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


291
Shares
  • change font
  • change font
  • change font

धरान– प्रधानमन्त्री केपी शर्मा ओलीले छिमेकी मुलुक भारतमा उत्पादन र परीक्षण भएको सिकलसेलको औषधि ल्याएर नेपालका बिरामीलाई वितरण गर्ने बताएका छन्। नेपालमा थारू समुदायमा यो रोग बढी देखिने गरेको छ ।

बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानको १३औँ दीक्षान्त समारोहमा प्रधानमन्त्री ओलीले इमानदार र लगनशील भएर काम गरेमा सफलता प्राप्त हुने भएकाले उत्पादित नयाँ चिकित्सकहरूलाई सिकलसेलको औषधि वितरण गर्न तयार हुनुपर्ने बताए। 

नेपालको यही धर्तीबाट ऋषि चरकले स्वास्थ्य विज्ञानको थालनी गरेको सन्दर्भ उल्लेख गर्दै उनले सकभर निरोगी हुने र बिरामी भए सुलभ रूपमा उपचार पद्धतिका लागि सरकारले ध्यान दिएको बताए।

प्रधानमन्त्री ओलीले नेपालका स्वास्थ्य संस्थामा चिकित्सक विद्यार्थीको कोटा थप्न, यस क्षेत्रलाई प्रभावकारी र सुशासनयुक्त बनाउन सरकार प्रतिबद्ध रहेको स्पष्ट गरे। समारोहमा स्नातक तहका ६ सय ५७ विद्यार्थी दीक्षित भएका छन् ।

प्रकाशित मिति : २६ कार्तिक २०८१, सोमबार  ४ : ०५ बजे

च्याम्पियन्स लिग लिभरपुलको रोमाञ्चक जित

काठमाडौं – च्याम्पियन्स लिग अन्तर्गत गएराति भएको खेलमा लिभुरपुलले इन्टर

बार्सिलोनाको जितमा काउन्डेको दुई गोल

काठमाडौं – च्याम्पियन्स लिग अन्तर्गत गएराति भएको खेलमा बार्सिलोना विजयी

नयाँ पुस्ताको माग पूरा गर्न जरुरी : उपराष्ट्रपति यादव

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले गत भदौ २३ र २४ गते

काठमाडौं विश्वविद्यालयको दीक्षान्त समारोह आज

काभ्रे– काभ्रेपलाञ्चोकको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालय (केयु)को ३१औँ दीक्षान्त समारोह आज

 निर्वाचनलाई मानव अधिकारमैत्री बनाउन सबैको सहयोग आवश्यक : राष्ट्रपति पौडेल

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा