मुलुकको समृद्धिका लागि वैज्ञानिक समाजवाद आवश्यक : माधव नेपाल « Khabarhub

मुलुकको समृद्धिका लागि वैज्ञानिक समाजवाद आवश्यक : माधव नेपाल


२७ पुस २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले समानता र समतामूलक समाज निर्माणका लागि वैज्ञानिक समाजवाद आवश्यक रहेको बताएका छन् ।

पार्टीको केन्द्रीय कार्यालय आलोकनगरमा नेपाल भूतपूर्व सैनिक तथा प्रहरी संगठन (समाजवादी)को तेस्रो वार्षिकोत्सवका अवसरमा आज आयोजित कार्यक्रममा अध्यक्ष नेपालले देशलाई समृद्ध बनाउन र जनताको जीवनलाई सुखी बनाउन मुलुकमा समाजवादी व्यवस्था स्थापना गर्नुपर्ने बताए। 

समाजवादको कार्यभार आफ्नो पार्टीले अवलम्बन गरिरहेको बताउँदै उनले भने, ‘जनवर्गीय सङ्गठनहरू पार्टीको यस कार्यभारलाई पूरा गर्नेगरी जनस्तरमा काम गर्नुपर्छ ।’ 

त्यस अवसरमा पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालले पर्टीपङ्क्तिलाई इमान्दारिताका साथ पार्टी विस्तारमा लाग्न निर्देशन दिए । पार्टीको आन्तरिक समस्या पार्टी कमिटीका बैठकमा राख्नुपर्ने बताउँदै उनले भने , ‘हामीबीचमा केही समस्या छन् भने प्रदेश कमिटीका नेताहरू छन् । त्यहाँ पनि कार्यकर्ताका गुनासा सम्बोधन भएनन् भने केन्द्रीय सङ्गठन, पदाधिकारी छौँ । यहाँसम्म आएर आफ्ना कुरा राख्नुहोला ।’

प्रकाशित मिति : २७ पुस २०८०, शुक्रबार  ७ : १९ बजे

सिमलतालमा सडक भासिँदा नारायणगढ-मुग्लिन सडक एकतर्फी सञ्चालन

नारायणगढ (चितवन)- नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत चितवनको सिमलतालमा करिब ७० मिटर सडक

यूएईको गोप्य भ्रमणमा नेतान्याहू

काठमाडौँ । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले आइतबार संयुक्त अरब इमिरेट्स

प्रतिबन्धले इरानी उड्डयन क्षेत्र प्रभावित भएको अमेरिकी दाबी

एजेन्सी । संयुक्त राज्य अमेरिकाले इरानको उड्डयन क्षेत्र माथि लगाएको

पहिरोले सडक अवरुद्ध : स्वास्थ्यचौकी लैजाने क्रममा बाटोमै शिशुको जन्म

बागलुङ । बागलुङको बडिगाडमा एक जना गर्भवतीले बाटोमै शिशुलाई जन्म

बाढीपहिरोबाट म्याग्दीका २०० परिवार विस्थापित

म्याग्दी । यही असोज ८ देखि ११ गतेसम्म परेको वर्षात्