नेपालको पर्यटन प्रबर्द्धन गर्न डेनमार्कमा कार्यक्रम « Khabarhub

नेपालको पर्यटन प्रबर्द्धन गर्न डेनमार्कमा कार्यक्रम


२७ पुस २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नेपाली राजदूतावास डेनमार्कद्वारा नेपाल प्रबर्द्धन र विशेष गरी पर्यटन तथा लगानी प्रबर्द्धन गर्ने उद्देश्यले बिहीबार डेनमार्कको राजधानी कोपेनहेगनमा एक प्रवर्द्धनात्मक कार्यक्रमको आयोजना गरिएको छ ।

आर्थिक कूटनीतिअन्तर्गत आयोजित उक्त कार्यक्रममा पर्यटन तथा अन्य व्यवसायी, पत्रकार, सरकारी पदाधिकारीलगायत विभिन्न क्षेत्रमा कार्यरत करिब एक सय ३० डेनिस नागरिकसहित विभिन्न सङ्घ संस्थाका पदाधिकारी, व्यवसायी नेपाली तथा अन्य गरी एक सय ६० जनाको उपस्थिति थियो ।

डेनमार्कका लागि नेपाली राजदूत प्रा डा राम स्वार्थ रायद्वारा उद्घाटन गरिएको उक्त कार्यक्रममा नेपाली मौलिक लोकनृत्य, गुरुङ तथा मगर नृत्य प्रस्तुत गरिएको थियो भने नेपाली बाजा समूह डेनमार्कद्वारा नेपाली लोक भाकामा पञ्चैबाजा प्रस्तुत गरिएको थियो ।

त्यस अवसरमा राजदूत रायले नेपालको वर्तमान अवस्थाको सङ्क्षिप्त चर्चा गर्नुहुँदै नेपालको पर्यटन र लगानीका क्षेत्रबारे जानकारी दिए ।

यो कार्यक्रमबाट नेपाली पर्यटनको विकास तथा लगानी प्रवर्द्धनमा सकारात्मक प्रभाव पर्ने विश्वास कोपेनहेगनस्थित नेपाली दूतावासले आज एक विज्ञप्ति निकालेर जनाएको छ ।

प्रकाशित मिति : २७ पुस २०८०, शुक्रबार  १० : ३२ बजे

निर्वाचनमा जिम्मेवार भूमिका निर्वाह गर्न सञ्चारमाध्यमलाई उपराष्ट्रपतिको आह्वान

काठमाडौं– उपराष्ट्रपति रामसहायप्रसाद यादवले आसन्न प्रतिनिधिसभा निर्वाचन स्वतन्त्र, निष्पक्ष र

बालबालिकामा पनि हुनसक्छ ‘ग्यास्ट्रिक’

काठमाडौं– सामान्यता ठूला मानिसलाई हुने ‘ग्यास्ट्रिक’ बालबालिका पनि हुने गर्दछ

नेपाल यू-२० महिला र युनान युथ टोलीबीच प्रतिस्पर्धा

काठमाडौं– चिनिया नयाँ वर्षको उपलक्ष्यमा नेपालको यू–२० महिला फुटबल टोलीले

क्यानडाको अर्थतन्त्रमा सेवा क्षेत्रको महत्वपूर्ण भूमिका

एजेन्सी– क्यानडाको वास्तविक कुल गार्हस्थ्य उत्पादन (जीडीपी) नोभेम्बर सन् २०२५

हिमपातले अवरुद्ध कोरला सडकको हिउँ पन्छ्याइँदै

मुस्ताङ– भारी हिमपातका कारण बुधबारदेखि अवरुद्ध बनेको माथिल्लो मुस्ताङ जोड्ने