बाइडेनका छोरा हन्टर तीन आरोपमा दोषी ठहर « Khabarhub

बाइडेनका छोरा हन्टर तीन आरोपमा दोषी ठहर


३० जेठ २०८१, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


249
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अमेरिकी राष्ट्रपति जो बाइडेनका छोरा हन्टर बाइडेनलाई तीनवटा आरोपमा दोषी ठहर गरिएको छ ।

१२ सदस्यीय निर्णायक मण्डल (वकिल) को समूहले सन् २०१८ मा हन्टर बाइडेनले बन्दुक खरिद गर्दा उनले भरेको फारममा लागूऔषध प्रयोगको बारेमा गलत जानकारी दिएको आरोप लगाएका छन् ।

जुन अपराधका लागि हन्टर बाइडेन दोषी ठहरिएका छन्, त्यसमा २५ वर्षसम्मको जेल सजाय हुन सक्छ । तर, पहिलो पटक यस प्रकारको अपराधमा दोषी ठहर भएका व्यक्तिलाई सामान्यतया यति लामो सजाय दिइँदैन ।

एक सातासम्म चलेको यस मुद्दामा प्रत्यक्षदर्शीहरूको बयान सुनेपछि निर्णायकले ५४ वर्षीय हन्टर बाइडेनको लागुऔषधको लतबारे पनि छलफल गरेको थियो ।

हन्टरविरुद्ध झुटा बयान दिएको र अवैध थुनामा राखेको एउटा अभियोग लगाइए पनि उनले अपराध स्वीकार भने गरेका छैनन् ।

उनका बुबा राष्ट्रपति जो बाइडेन फेरि राष्ट्रपतिको चुनाव लड्ने तयारीमा रहेका बेला हन्टरलाई यस उच्चस्तरीय सुनुवाइमा दोषी ठहर गरिएको हो ।

मुद्दाको सुनुवाइका क्रममा राष्ट्रपति बाइडेनकी पत्नी र हन्टर बाइडेनकी सौतेनी आमा अमेरिकी प्रथम महिला जिल बाइडेन पनि उपस्थित थिए ।

त्यस्तै हन्टर बाइडेन लागूपदार्थको प्रभावमा रहेको बेला अवैध बन्दुक राखेको अभियोगमा दोषी ठहर भएका छन् । अब यो मुद्दामा उनलाई जेल पनि जानुपर्ने हुनसक्छ ।

उनी दोषी ठहर भएका तीनवटा आरोपमा अधिकतम तीस वर्षको सजाय हुनसक्ने व्यवस्था छ, तर विज्ञहरूले बाइडेनलाई जेल पठाएमा उनलाई छोटो अवधिको लागि पठाइने जनाएका छन् ।

अमेरिकामा बन्दुक किन्दा झूटो बयान दिएमा दश वर्षसम्म जेल सजाय हुन सक्छ । त्यसैगरी लागुऔषध दुर्व्यसनी भएको व्यक्तिले अवैध रूपमा बन्दुक राखेमा दश वर्षसम्मको सजाय हुने व्यवस्था छ ।

बन्दुक खरिद गर्दा संघीय इजाजतपत्र प्राप्त बन्दुक डिलरलाई गलत जानकारी उपलब्ध गराउनेलाई पाँच वर्षसम्म जेल सजाय हुन्छ । यदि हन्टर बाइडेनलाई यी तीनवटा आरोपमा अधिकतम सजाय दिइयो भने, उसले २५ वर्षसम्मको जेल सजाय भोग्न सक्ने बताइएको छ ।

हन्टर बाइडेनले सन् २०१८ मा डेलावेयरको बन्दुक पसलबाट रिभल्भर किनेका थिए, जसलाई उनले ११ दिनसम्म आफूसँग राखेका थिए ।

अमेरिकामा बन्दुक किन्न लागुऔषधको लतबारे जानकारी दिनु अनिवार्य छ । हन्टर बाइडेनलाई उनले बन्दुक किन्दा लागुऔषध प्रयोगको बारेमा गलत जानकारी दिएको आरोप लगाइएको छ ।

प्रकाशित मिति : ३० जेठ २०८१, बुधबार  ९ : १२ बजे

कांग्रेस सहमहामन्त्री खस आर्यमा मनोजमणि आचार्यको अग्रता, जगदीश्वर केसी पछ्याउँदै

काठमाडौं– नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत खस आर्यतर्फको केन्द्रीय सहमहामन्त्री पदमा

उदयपुरमा बस दुर्घटना एकको मृत्यु, १६ जना घाइते

उदयपुर– काठमाडौँबाट धरानतर्फ गइरहेको यात्री बस उदयपुरमा बस मदन भण्डारी

राजमार्गका अस्वस्थकर र महँगा होटलमा रोकिए चालक र सञ्चालकलाई कडा कारबाही हुने

काठमाडौँ– सार्वजनिक यात्रुवाहक सवारी साधन रोकिने राजमार्ग क्षेत्रका होटल तथा

सामुदायिक विद्यालयमा पूर्वाधार लगानी : पहिलो चरणमा छानिए ८९ विद्यालय, मधेशलाई प्राथमिकता (सूचीसहित)

काठमाडौँ– शिक्षा तथा खेलकुद मन्त्रालयले दुई हजारभन्दा बढी विद्यार्थी अध्ययनरत

लोकतन्त्रलाई अलोकतान्त्रिक ढङ्गले हुत्त्याउने प्रवृत्तिको अन्त्य हुनुपर्छ : ओली

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार अलोकतान्त्रिक, असामाजिक