दक्षिणकालीमा पर्खाल भत्किएर पुरिएका ६ मध्ये एक बालिकाको मृत्यु  « Khabarhub

दक्षिणकालीमा पर्खाल भत्किएर पुरिएका ६ मध्ये एक बालिकाको मृत्यु 


२८ असार २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


147
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौँको दक्षिणकालीस्थित थाई गुम्बा नजिकैको पर्खाल भत्किएर एक बालिकाको मृत्यु भएको छ । सो घटनामा परेका पाँच जनाको सकुशल उद्धार गरिएको छ ।

काठमाडौँ उपत्यका प्रहरी प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक दिनेशराज मैनालीका अनुसार आज अपराह्न चार बजे उक्त पर्खाल भत्किएर ६ जना पुरिएका थिए । घटनामा परेका सबैको उद्धार गरिएकामा उपचारका क्रममा एक बालिकाको मृत्यु भएको उनले बताए ।

सिन्धुपाल्चोक मनमहन स्मृती अस्पताल फर्पिङमा उपचार कै क्रममा पल्जोम तामाङको मृत्यू भएको भन्ने मनमोहन स्मृती अस्पतालले जानकारी दिएकाे छ ।

घटनाबारे जानकारी पाए लगत्तै फर्पिङबाट प्रहरी निरीक्षकको नेतृत्वमा गएको टोलीले स्थानीयवासीको सहयोगमा उनीहरूको उद्धार गरेको थियो ।

घाइते सबैको बल्खुस्थित वयोधा अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । घटनामा परेका सबै सोही स्थानमा रहेको थाई गुम्बामा बस्ने बालबालिका भएका बताइएको छ ।

अन्य बालबालिको नाम ठेगना 

१. पासाङ डोल्मा तामाङ वर्ष १२ काभ्रेपलान्चोक बयोद्या अस्पताल बल्खु
२:-स्याङबो शर्पा वर्ष ११ नखुलेको । बयोद्या अस्पताल बल्खु
३:-सुनिता तामाङ १० हेटौडा मकवानुर बयोद्या अस्पताल बल्खु
४:-ममता तामाङ ८ सिन्धुपाल्चोक बयोद्या अस्पताल बल्खु
५:-मन कुमारी तामाङ वर्ष ८ सिन्धुपाल्चोक बयोद्या अस्पताल बल्खु

प्रकाशित मिति : २८ असार २०८१, शुक्रबार  ६ : ४७ बजे

तोलामै दुई हजार ८०० रुपैयाँले बढ्यो सुनको मूल्य

काठमाडौं– स्थानीय बजारमा आज सुनचाँदीको मूल्य बढेको  छ । सुनको

राष्ट्रसंघमा जलवायु न्यायसहितका मुद्दा बलियोसँग उठायौँ : मन्त्री खनाल

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसंघको ८१औँ महासभामा नेपालको सहभागिताले देशको

पूर्वाधार विकासमा बैंक लगानी र सहकार्य विस्तारमा भ्रमण फलदायी

काठमाडौं– एसियाली पूर्वाधार लगानी बैंकको वार्षिक बैठकमा भाग लिएर अर्थमन्त्री

जेराल्डटनमा गोली चल्दा एक जना घाइते, पाँच पक्राउ

सिड्नी- पश्चिमी अस्ट्रेलियाको जेराल्डटनमा एक व्यक्तिमाथि गोली प्रहार भएपछि प्रहरीले पाँच

बजाज चेतकको ‘चेतक फेस्टिभ फाइभ’ अफर सार्वजनिक

काठमाडौं– नेपालका लागि बजाज दुईपाङ्ग्रे सवारी साधनको आधिकारिक वितरक हंसराज