त्रिशूलीमा डुबेका दुवै बस र यात्रुको पत्तो लागेन, झ्यालको पर्दा मात्रै भेटियो | Khabarhub Khabarhub

त्रिशूलीमा डुबेका दुवै बस र यात्रुको पत्तो लागेन, झ्यालको पर्दा मात्रै भेटियो


२८ असार २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


4.7k
Shares
  • change font
  • change font
  • change font

चितवन- पहिरोले सोहोरेर शुक्रबार बिहान त्रिशूली नदीमा खसेका दुईवटा बस र त्यसमा सवार करिब ६५ जना यात्रुको अवस्था अझै अज्ञात छ ।

नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीको गोताखोरसहितको टोलीले दिनभर खोजी गरे पनि त्रिशूलीको पानीको तीब्र बेगका कारण समस्या भएको हो ।

शुक्रबार दिनभर खोजी गर्दा एक ठाउँमा हुक अड्किए पनि बस या ढुंगो भन्ने पत्ता लाग्न सकेन । दिनभरको प्रयासमा प्रहरीले बसमा लगाइएका पर्दासहितका सामान फेला पारेको छ ।

नारायणगढ–मुग्लिन सडक खण्डको भरतपुर महानगरपालिका–२९ सिमलतालमा पहिरोले बगाउँदा बेपत्ता भएका दुई बस खोज्ने क्रममा नदीबाट गोताखोरको टोलीले बसमा लगाइएको पर्दा निकालेको छ । त्यस्तै बसमा सवार केही यात्रुको लुगा पनि भेटिएको छ ।

प्रहरीका अनुसार  बिहान ३ बजेको समयमा भरतपुर महानगरपालिका वडा नं. २९ सिमलतालमा पहिरोमा परि दुई यात्रुवाहक बस त्रिशूली नदीमा खसेका थिए ।

त्रिशूलीमा खसेका बसमा वीरगञ्जबाट काठमाडौं आउँदै गरेको र काठमाडौंबाट गौरतर्फ जाँदै गरेको गणपति डिलक्स बस रहेको प्रहरीले जनाएको छ ।

वीरगञ्जबाट आएको बसमा २४ जना र गणपति डिलक्समा २७ जना यात्रु सवार रहेको गृहमन्त्री रवि लामिछानेले संसदमा जानकारी गराएका थिए ।

बस खसेको स्थानमा खोजीका लागि सशस्त्र प्रहरी बलका २८ गोताखोरसहित पाँच सय सुरक्षाकर्मी परिचालन भएका थिए । यात्रुको अवस्था अज्ञात नखुलेपछि अँध्यारो भएसँगै खोजी स्थगित भएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २८ असार २०८१, शुक्रबार  ७ : ४८ बजे

अपाङ्गता भएका महिलाको क्षेत्रमा कानून सुधार गर्न कानून व्यवसायीकै माग

काठमाडौं – अपाङ्गता भएका महिला र किशोरीका सन्दर्भमा नेपालको संविधान

इरानको सुरक्षा व्यवस्थामा सुधार, ‘रक्षा परिषद्’ गठन हुने सम्भावना

तेहरान– इरानले आफ्नो नयाँ प्रशासनिक व्यवस्थाको भागको रूपमा ‘रक्षा परिषद्’

मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु, दुई घाइते

धरान– सुनसरीको दुहबी नगरपालिका–२ पचिरामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको

जेन्जी पुस्तालाई कांग्रेससँग जोड्न आवश्यक : शेखर कोइराला

विराटनगर – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले अहिलेको युवा

छायाँक्षेत्र (छायाँनाथ) धामको तीर्थयात्रा सुरु

मुगु–  हिमाली जिल्ला मुगुस्थित प्रसिद्ध धार्मिकस्थल छायाँक्षेत्र धाममा यस वर्षको