धरानमा खानेपानी महसुल वृद्धिको निर्णय फिर्ता, तीन बुँदे सहमति | Khabarhub Khabarhub

धरानमा खानेपानी महसुल वृद्धिको निर्णय फिर्ता, तीन बुँदे सहमति


२८ श्रावण २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


288
Shares
  • change font
  • change font
  • change font

धरान– धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ राई खानेपानी महसुल वृद्धिको निर्णयबाट पछि हटेका छन् ।

महसुल वृद्धि विरुद्ध आन्दोलनरत १० राजनीतिक दलको संयुक्त सङ्घर्ष समिति र धरान खानेपानी व्यवस्थापन बोर्डका अध्यक्षसमेत रहेका मेयर साम्पाङबीच आइतबार करिव ८ घण्टा लामो छलफल र वार्तापछि महसुल वृद्धिको निर्णय फिर्ता भएको छ ।

दुई पक्षीय वार्तापछि तीन बुँदे सहमति गर्दै खानेपानी महसुलको पुरानो दर यथावत राखेर पुनर्विचार गर्ने सहमति भएको छ ।

खानेपानी महसुलमा गरिएको वृद्धि तत्काललाई स्थगित गर्ने, खानेपानी बोर्डको पूर्णताबारे उच्च अदालतको फैसला मान्ने र सात दिनभित्र बोर्डको हिसाब सार्वजनिक गर्ने सहमति भएको छ ।

वार्ता र सहमतिपछि आन्दोलनरत पक्षलाई सङ्क्षिप्त सम्बोधन गर्दै मेयर साम्पाङले एसियाली विकास बैंकलाई तिर्नुपर्ने ऋणको दायित्व भएकाले महसुल वृद्धि गर्नुपरेको बताएका थिए ।

यही साउन १ गतेदेखि लागू हुनेगरि खानेपानी महसुल र अन्य शुल्क वृद्धि गरेको सूचना सार्वजनिक भएपछि साउन ११ गतेदेखि आन्दोलनरत पक्षले खानेपानी काउण्टरहरुमा तालाबन्दी गरेका थिए ।

धरान उपमहानगरपालिकाको प्रवेशद्वारमा राखिएको बोर्ड समेत आन्दोलनरत पक्षले तोडफोड गरेका थिए । शुल्क वृद्धि फिर्ताको सहमतिसँगै आन्दोलनका कार्यक्रम स्थगित भएका छन् ।

दलहरूसँग वार्ता र सहमति भएसँगै खानेपानी तथा सरसफाइ महसुल सेवा निर्धारण आयोगले धरान खानेपानी व्यवस्थापन बोर्डलाई पुनः दुई दिनभित्र महसुल वृद्धिको सम्पूर्ण विवरण पठाउन अनुरोध गर्दै पत्राचार गरेको छ ।

आयोगले खानेपानी मन्त्रालय, सुनसरी जिल्ला प्रशासन कार्यालय, दातृ निकाय एशियाली विकास बैंक (एडीबी) र नगर विकास कोषलाई बोधार्थ दिएको छ ।

प्रकाशित मिति : २८ श्रावण २०८१, सोमबार  १० : १६ बजे

लामाचौर कप राष्ट्रिय भलिबलको उपाधि पुलिस क्लबलाई

कास्की– पोखरामा सम्पन्न लामाचौर कप राष्ट्रिय भलिबल प्रतियोगिताको पुरुषतर्फको उपाधि

केरा खेती मासेर व्यवसायीक मकै खेती

बेलबारी– कोशी प्रदेशमा मकैको उत्पादनमा वृद्धि भएको छ । गतवर्ष

रास्वपाको सफलता देखेर लखेट्ने काम भएको छ : उपसभापति अर्याल

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डोलप्रसाद अर्यालले रास्वपाको सफलता देखेर

कर्णाली राजमार्गको खल्लागाडमा हाइस दुर्घटना, आठ घाइते

मान्म – कर्णाली राजमार्गअन्तर्गत कालीकोटको तिलागुफा–५ खल्लागाडमा हाइस (गाडी) दुर्घटना

दश जोडीको दाइजोमुक्त सामूहिक विवाह

धनुषाधाम– धनुषाको मिथिला नगरपालिका–२ बेलाचापीस्थित सतलोक आश्रममा दश जोडीले सामूहिक