काठमाडौंमै खुकुरी हानेर फरार भएका दुई युवक पुरानो बसपर्कबाट समातिए « Khabarhub

काठमाडौंमै खुकुरी हानेर फरार भएका दुई युवक पुरानो बसपर्कबाट समातिए


२८ श्रावण २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


555
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – रुकुमपूर्वका एकजना युवकलाई खुकरी हानेर फरार भएका दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।

ज्यान मार्ने योजनासहित रूकुम पूर्वको सिस्ने गाउँपालिका-५ २४ वर्षीय युवकलाई शुक्रबार राति खुकुरी प्रहार गरी फरार रहेका २ जनालाई शनिबार प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरूमा संखुवासभाको खाँदबारी नगरपालिका-५ भोटेबास घर भए र काठमाडौं महानगरपालिका-१८ बस्ने २५ वर्षीय मिङ्मा शेर्पा र ३० वर्षीय रिन्जी शेर्पा छन् ।

उनीहरूले काठमाडौं महानगरपालिका-२५ उग्रतारा मन्दिरअगाडि शुक्रबार राति रुकुमपूर्वका ती युवकलाई खुकुरी हानेर भागेका थिए।

फरार रहेका उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले काठमाडौं महानगरपालिका-२८ पुरानो बसपार्कबाट पक्राउ गरेको हो ।

उनीहरूमाथि थप कारबाहीका लागि प्रहरी वृत्त जनसेवा पठाइएको अपराध अनुसन्धान कार्यालयले जानकारी दिएको छ ।

प्रकाशित मिति : २८ श्रावण २०८१, सोमबार  १२ : ०९ बजे

विपद् अध्ययन समितिका सभापति पौडेलले लिंए शपथ

काठमाडौँ- राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले ‘भोटेकोशी तथा कालीगण्डकी करिडोर विपद्सम्बन्धी अध्ययन

अध्यक्ष ओलीसमक्ष वरिष्ठ नेता भण्डारीले लिइन् शपथ

काठमाडौं– पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी औपचारिक रूपमा नेकपा एमालेको वरिष्ठ नेताको

गोली हानेर पक्राउ परेका आर्यन २७ मुद्दाका प्रतिवादी

काठमाडौं– प्रहरीले काठमाडौं उपत्यकाका विभिन्न स्थानमा सिलसिलाबद्ध रूपमा मोटरसाइकल चोरी,

शिक्षकबाट कृषिउद्यमी बनेका फेन्चु

बागमती– हेटौँडा उपमहानगरपालिका–१३ पदमपोखरी आदामारका ३७ वर्षीय युवा फेन्चु लामा

विश्वप्रकाशले भने- ‘विवेक प्रयोग गरेर मत हाल्नुस्, यो या त्यो पक्ष भन्ने छैन’

काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट सर्वसम्मत वरिष्ठ उपसभापति बनेका विश्वप्रकाश शर्माले