वाल्मीकि आश्रम पुग्ने पैदलमार्ग निर्माण « Khabarhub

वाल्मीकि आश्रम पुग्ने पैदलमार्ग निर्माण


२८ श्रावण २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

नवलपरासी– धार्मिक तथा ऐतिहासिकस्थल वाल्मीकि आश्रम पुग्ने पैदलमार्ग निर्माण गरिएको छ ।

नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको त्रिवेणीस्थित झोलुङ्गे पुलबाट आश्रमसम्म पुग्न पैदलमार्ग निर्माण गरिएको हो ।

नारायणी नदीमाथि बनेको झोलुङ्गे पुल तरेर नेपालकै बाटो हुँदै वाल्मीकि आश्रम पुग्नका लागि नयाँ पैदलमार्ग निर्माणमा त्रिवेणीका स्थानीय श्रमदानमा जुटेका थिए ।

वाल्मीकि आश्रम जाने गोरेटो बाटो बनाउन विनय त्रिवेणी गाउँपालिका–६ र ७ का स्थानीय श्रमदानमा जुटेर पैदलमार्ग निर्माण सम्पन्न गरेका हुन् ।

त्रिवेणीधामबाट वाल्मीकि जोड्ने बाटो निर्माणका लागि विनयी त्रिवेणी गाउँपालिका–६ र ७ मा पर्ने केवरानी, शिवपुरगढी, साउमारा, प्रसैयालगायत गाउँका स्थानीय श्रमदानमा जुटेका हुन् ।

स्थानीयको सहायतामा पैदलमार्ग निर्माण सम्पन्न गरिएको विनयी त्रिवेणी–६ का सदस्य विष्णुप्रसाद चौलागाईँले बताए ।

लव कुशले घोडा बाँधेको, सीता पाताल भएको र वाल्मीकिको आश्रम रहेको ऐतिहासिकस्थल नेपाली भूमिमा भएर पनि भारतीय भूमि भएर जानुपर्ने बाध्यताका कारण श्रमदानमा जुटेको उनले बताए ।

चितवनको माडी नगरपालिका–१ मा पर्ने चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा रहेको वाल्मीकि आश्रमसम्म जाने नेपालबाट कुनै पनि बाटो नहुँदा भारतीय भूमि हुँदै जानुपर्ने बाध्यता थियो ।

त्रिवेणीस्थित गण्डक बाँध कटेर भारतको वाल्मीकि नगर हुँदै वाल्मीकि टाइगर रिजर्भको जङ्गल कटेर वाल्मीकि आश्रम पुग्नुपर्ने अवस्था थियो ।

नवलपुरको त्रिवेणीमा झोलुङ्गे पुल निर्माणको दुई वर्षपछि वाल्मीकि आश्रमसम्म जाने पैदलमार्ग निर्माण गरिएको हो । गत असार ११ गतेबाट त्रिवेणीधाम वाल्मीकि जोड्ने पैदलमार्ग निमार्णको थालनी गरिएको थियो । पैदलमार्ग निर्माणको काम सबै सकिएको त्रिवेणी गजेन्द्रमोक्ष दिव्यधामका स्वामी कृष्ण प्रपन्नाचार्यले बताए ।

सवारीसाधन गुड्न मिल्नेगरी जेसीबीलगायत प्रयोग गरेर सडक सञ्जालले वाल्मीकि आश्रमलाई जोड्ने योजना रहेको भए पनि भारतले मेसिनरी सामान लैजाने बाटो र अनुमति नदिएपछि स्थानीय श्रमदानमै जुटेर पैदलमार्ग निर्माण गरेको विनयी त्रिवेणी गाउँपालिका अध्यक्ष घनश्याम गिरीले बताए ।

त्रिवेणीस्थित झोलुङ्गे पुलको पश्चिमतर्फ नेपाली सेनाको चेकपोष्ट निर्माण गरिएको छ । पुलपारि पैदलमार्ग निर्माण भएपछि अब त्रिवेणी र वाल्मीकि आश्रम नेपालकै भूभागबाट जोडिएको त्रिवेणी गजेन्द्रमोक्ष दिव्यधाम क्षेत्र विकास समितिका कार्यकारी निर्देशक झपेन्द्रेश्वर भुसालले बताए ।

 

प्रकाशित मिति : २८ श्रावण २०८१, सोमबार  १२ : १८ बजे

त्रिविलाई शिक्षामन्त्रीको निर्देशन : परीक्षा सकेको एक महिनाभित्र नतिजा प्रकाशन गर्नू

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले परीक्षा सम्पन्न भएको एक

२ बजेका लागि सारिएको कांग्रेस महाधिवेशनको मतदान अझै सुरु भएन

काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि २ बजेबाट

गगनजीहरूले हरेक दिन विधान संशोधन गर्ने स्थिति देखियो : प्रकाशशरण महत

काठमाडौँ – नेपाली कांग्रेसका नेता प्रकाशशरण महतले सभापति गगन थापा

मन्त्री बादी र अमेरिकी कार्यवाहक राजदूत बोल्डिनबीच भेटवार्ता

काठमाडौं– महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री

अस्ताए अद्भूत अभिनयका बादशाह नाना पाटेकर

काठमाडौं– पर्दामा उनी बोल्दा संवाद मात्र सुनिँदैनथ्यो, मानौं पात्रको रिस,