वाल्मीकि आश्रम पुग्ने पैदलमार्ग निर्माण « Khabarhub

वाल्मीकि आश्रम पुग्ने पैदलमार्ग निर्माण


२८ श्रावण २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

नवलपरासी– धार्मिक तथा ऐतिहासिकस्थल वाल्मीकि आश्रम पुग्ने पैदलमार्ग निर्माण गरिएको छ ।

नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको त्रिवेणीस्थित झोलुङ्गे पुलबाट आश्रमसम्म पुग्न पैदलमार्ग निर्माण गरिएको हो ।

नारायणी नदीमाथि बनेको झोलुङ्गे पुल तरेर नेपालकै बाटो हुँदै वाल्मीकि आश्रम पुग्नका लागि नयाँ पैदलमार्ग निर्माणमा त्रिवेणीका स्थानीय श्रमदानमा जुटेका थिए ।

वाल्मीकि आश्रम जाने गोरेटो बाटो बनाउन विनय त्रिवेणी गाउँपालिका–६ र ७ का स्थानीय श्रमदानमा जुटेर पैदलमार्ग निर्माण सम्पन्न गरेका हुन् ।

त्रिवेणीधामबाट वाल्मीकि जोड्ने बाटो निर्माणका लागि विनयी त्रिवेणी गाउँपालिका–६ र ७ मा पर्ने केवरानी, शिवपुरगढी, साउमारा, प्रसैयालगायत गाउँका स्थानीय श्रमदानमा जुटेका हुन् ।

स्थानीयको सहायतामा पैदलमार्ग निर्माण सम्पन्न गरिएको विनयी त्रिवेणी–६ का सदस्य विष्णुप्रसाद चौलागाईँले बताए ।

लव कुशले घोडा बाँधेको, सीता पाताल भएको र वाल्मीकिको आश्रम रहेको ऐतिहासिकस्थल नेपाली भूमिमा भएर पनि भारतीय भूमि भएर जानुपर्ने बाध्यताका कारण श्रमदानमा जुटेको उनले बताए ।

चितवनको माडी नगरपालिका–१ मा पर्ने चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रमा रहेको वाल्मीकि आश्रमसम्म जाने नेपालबाट कुनै पनि बाटो नहुँदा भारतीय भूमि हुँदै जानुपर्ने बाध्यता थियो ।

त्रिवेणीस्थित गण्डक बाँध कटेर भारतको वाल्मीकि नगर हुँदै वाल्मीकि टाइगर रिजर्भको जङ्गल कटेर वाल्मीकि आश्रम पुग्नुपर्ने अवस्था थियो ।

नवलपुरको त्रिवेणीमा झोलुङ्गे पुल निर्माणको दुई वर्षपछि वाल्मीकि आश्रमसम्म जाने पैदलमार्ग निर्माण गरिएको हो । गत असार ११ गतेबाट त्रिवेणीधाम वाल्मीकि जोड्ने पैदलमार्ग निमार्णको थालनी गरिएको थियो । पैदलमार्ग निर्माणको काम सबै सकिएको त्रिवेणी गजेन्द्रमोक्ष दिव्यधामका स्वामी कृष्ण प्रपन्नाचार्यले बताए ।

सवारीसाधन गुड्न मिल्नेगरी जेसीबीलगायत प्रयोग गरेर सडक सञ्जालले वाल्मीकि आश्रमलाई जोड्ने योजना रहेको भए पनि भारतले मेसिनरी सामान लैजाने बाटो र अनुमति नदिएपछि स्थानीय श्रमदानमै जुटेर पैदलमार्ग निर्माण गरेको विनयी त्रिवेणी गाउँपालिका अध्यक्ष घनश्याम गिरीले बताए ।

त्रिवेणीस्थित झोलुङ्गे पुलको पश्चिमतर्फ नेपाली सेनाको चेकपोष्ट निर्माण गरिएको छ । पुलपारि पैदलमार्ग निर्माण भएपछि अब त्रिवेणी र वाल्मीकि आश्रम नेपालकै भूभागबाट जोडिएको त्रिवेणी गजेन्द्रमोक्ष दिव्यधाम क्षेत्र विकास समितिका कार्यकारी निर्देशक झपेन्द्रेश्वर भुसालले बताए ।

 

प्रकाशित मिति : २८ श्रावण २०८१, सोमबार  १२ : १८ बजे

रवि-बालेन वार्तास्थलमा बाक्लो संख्यामा सञ्चारकर्मी (तस्बिरहरू)

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका

निर्वाचनको वातावरण बनाउनुपर्नेमा ओलीको जोड

काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनको

जनकपुरधाममा ई-रिक्सा व्यवस्थापन लागि अध्ययन समिति गठन

जनकपुरधाम–  जनकपुरधाम उपमहानगरपालिकाभित्र चल्ने ई–रिक्साको व्यवस्थापन, सञ्चालन तथा दर्ताको विषयमा

सत्र वर्षमा ४७ लाख बढीले गरे नारायणहिटी सङ्ग्रहालय अवलोकन

काठमाडौं– शाहवंशीय राजतन्त्रको अन्त्यसँगै नारायणहिटी राजदरबार १७ वर्षअघि सङ्ग्रहालयमा परिणत

सुधनले लगाइदिए कुमार बेनको घरमा ताला, कुरा नमिलेसम्म रवि र बालेनलाई जान नदिने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका