किरण बज्राचार्यले सम्हालिन् उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी « Khabarhub

किरण बज्राचार्यले सम्हालिन् उपत्यका प्रहरी प्रमुखको जिम्मेवारी


२८ श्रावण २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


705
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – काठमाडौं उपत्यकाको सुरक्षा जिम्मेवारी प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) किरण बज्राचार्यले सम्हालेकी छन्। योसँगै उनी काठमाडौं उपत्यका प्रहरी कार्यालयको पहिलो महिला प्रमुख बनेकी छन् ।

सोमबार रानीपोखरीस्थित कार्यालयबाट सरुवा भएका एआईजी दीपक थापालाई बिदाइ गर्दै बज्राचार्यले जिम्मेवारी सम्हालेकी हुन्। एआईजी थापाको सीआईबीमा सरुवा भएको छ ।

जिम्मेवारी सम्हाल्दै बज्राचार्यले हरेक प्रहरी कर्मचारीले उच्च व्यावसायिकताका साथ सुरक्षा प्रदान गरेको खण्डमा मात्र नेपाल प्रहरीको छवि उच्च हुने बताइन् ।

उनले आधुनिक समयमा आपराधिक समूहद्वारा फरकफरक तवरबाट आपराधिक गतिविधि गर्ने हुँदा प्रहरी चनाखो हुनुपर्ने बताइन् । उनले काठमाडौं उपत्यकालाई सुरक्षित बनाउन सबै लाग्नु पर्ने बताइन् ।

उनले भनिन्, ‘काठमाडौंको कार्यशैली राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतिविम्बको रूपमा रहन्छ । त्यसैले उपत्यका प्रहरीले अति उत्कृष्ट तवरबाट कार्यसम्पादन गर्नुपर्छ। आधुनिक समयमा आपराधिक समूहद्वारा फरकफरक तवरबाट आपराधिक गतिविधि भइरहेका छन् । त्यसका सूचना संकलनमा प्रभावकारीरूपमा लागी प्राप्त हुन आएका सूचनालाई विधि, प्रविधि र प्रभावकारी तवरले प्रहरी परिचालन गरी काठमाडौं उपत्यकालाई सुरक्षित बनाउन लाग्नुपर्छ ।’

प्रकाशित मिति : २८ श्रावण २०८१, सोमबार  ८ : ४३ बजे

त्रिविलाई शिक्षामन्त्रीको निर्देशन : परीक्षा सकेको एक महिनाभित्र नतिजा प्रकाशन गर्नू

काठमाडौं– शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले परीक्षा सम्पन्न भएको एक

२ बजेका लागि सारिएको कांग्रेस महाधिवेशनको मतदान अझै सुरु भएन

काठमाडौँ- नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि २ बजेबाट

गगनजीहरूले हरेक दिन विधान संशोधन गर्ने स्थिति देखियो : प्रकाशशरण महत

काठमाडौँ – नेपाली कांग्रेसका नेता प्रकाशशरण महतले सभापति गगन थापा

मन्त्री बादी र अमेरिकी कार्यवाहक राजदूत बोल्डिनबीच भेटवार्ता

काठमाडौं– महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षामन्त्री

अस्ताए अद्भूत अभिनयका बादशाह नाना पाटेकर

काठमाडौं– पर्दामा उनी बोल्दा संवाद मात्र सुनिँदैनथ्यो, मानौं पात्रको रिस,