‘हेलो सरकार’ लाई प्रभावकारी बनाउन प्रधानमन्त्रीको चासो « Khabarhub

‘हेलो सरकार’ लाई प्रभावकारी बनाउन प्रधानमन्त्रीको चासो


२८ श्रावण २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले ‘हेलो सरकार’ का कामलाई प्रभावकारी बनाउने विषयमा चासो दिएका छन् ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदबारमा आज निजामती कर्मचारी सङ्गठनका पदाधिकारीसँगको भेटमा प्रधानमन्त्री ओलीले सरकारका काम कारबाहीबारे आमजनताले सहजरुपमा गुनासो र उजुरी दिने व्यवस्था गरिएकाले उक्त संयन्त्रलाई प्रभावकारी बनाउनुपर्नेमा जोड दिए ।

प्रधानमन्त्री ओलीले उक्त संयन्त्रका सम्बन्धमा आफूले सम्बन्धित कर्मचारीको टिमसँग बसेर विस्तृत छलफल गर्ने जनाएका छन् ।

हेलो सरकार गुनासो व्यवस्थापन निर्देशिका, २०७८’ बमोजिम उक्त संयन्त्र सञ्चालित छ । सो क्रममा सङ्गठनका अध्यक्ष लेखनाथ निरौलाले सङ्घीय निजामती ऐन चाँडो ल्याउनुपर्नेलगायत विषयमा ध्यानाकर्षणपत्र बुझाएका थिए ।

प्रकाशित मिति : २८ श्रावण २०८१, सोमबार  ९ : ५८ बजे

बूढीगण्डकी बाढीका कारण अवरुद्ध सडक पाँच दिनपछि खुल्यो

गोरखा – बूढीगण्डकी बाढीका कारण अवरुद्ध रहेको बाटो आंशिक रूपमा

मुगुमा अन्तरजातीय विवाह गर्ने दुई जोडीलाई दुई लाख प्रोत्साहन

मुगु – छाँयानाथ रारा नगरपालिकाले जातीय विभेद् अन्त्य गर्दै सामाजिक

दाङमा दुई वटा मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु

दाङ – आज साँझ यहाँ दुई वटा मोटरसाइकल एकापसमा ठोक्किँदा

नारायणीमा बेपत्ता आमा छोराको खोजी जारी

चितवन – चितवनको भरतपुर महानगरपालिका–१ स्थित पशुपति मन्दिर पछाडि नारायणी

मुलुकको विकासका लागि सबै राजनीतिक शक्ति एक हुनुपर्छ : प्रचण्ड

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक अध्यक्ष पुष्पकमल