‘पूर्णबहादुरको सारङ्गी’ ले आइतबारसम्म कमायो २० करोड ७३ लाख « Khabarhub

‘पूर्णबहादुरको सारङ्गी’ ले आइतबारसम्म कमायो २० करोड ७३ लाख


२७ कार्तिक २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


486
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- फिल्म ‘पूर्णबहादुरको सारङ्गी’ ले घरेलु बक्स अफिसमा शानदार आम्दानी गरिरहेको छ।

फिल्मले रिलिज भएको ११ औँ दिन (आइतबार) सम्म २० करोड ७३ लाख ग्रस कलेक्सन गरेको फिल्मको निर्माण कम्पनी सेभेन सिज इन्टरटेन्मेन्टले जानकारी दिएको छ ।

फिल्मले आइतबार मात्रै २ करोड ७५ लाख कमाएको छ । त्यसैगरी सोमबारयता पनि फिल्मको कमाई शानदार छ ।

फिल्म अहिले पनि देशभर हाउसफूलसाथ चलिरहेकाले नयाँ कीर्तिमान बनाउने बाटोमा अगाडि बढेको छ ।

फिल्मले कयौँ कीर्तिमान बनाउने क्रममा देशभरमा एकैदिन ४८० भन्दा बढी शो पाएर नयाँ कीर्तिमान बनाएको छ । यसअघि नेपाली फिल्मले एकै दिन यति धेरै शो पाएका थिएनन् ।

प्रकाशित मिति : २७ कार्तिक २०८१, मंगलबार  ६ : ३१ बजे

जेनजी सहिदको सम्झनामा दीप प्रज्वलन

काठमाडौँ– राष्ट्रिय धरोहर संरक्षण प्रतिष्ठानले जेनजी सहिदको स्मृतिमा दीप प्रज्वलन

यी हुन् नेकपा एमालेको समानुपातिक तर्फको बन्दसूचीका ११० जना उम्मेदवार

काठमाडौँ– फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फका उम्मेदवारको

सशस्त्रका डीएसपी कोइरालाको निधन

कााठमाडौँ – इलामको सीमा सुरक्षा गुल्म पशुपतिनगरका गुल्मपति सशस्त्र प्रहरी

सिकार खेल्न गएका ६ मध्ये एकजनाको गोली लागेर मृत्यु, पाँचजना पक्राउ

सुर्खेत- यही पुस १३ गते जाजरकोटको बारेकोट गाउँपालिका–८ स्थित मिरिकोट

वीर अस्पतालमा १०३ वर्षीया वृद्धाको मस्तिष्कको दुर्लभ शल्यक्रिया

काठमाडौं- वीर अस्पतालले १०३ वर्षीया वृद्धाको सफल मस्तिष्क शल्यक्रिया गरी