आजका समाचार : रविको हिरासत बसाइ लम्बियो, दूर्गा प्रसाईंलाई ४० हजार धरौटी | Khabarhub Khabarhub

आजका समाचार : रविको हिरासत बसाइ लम्बियो, दूर्गा प्रसाईंलाई ४० हजार धरौटी

एनपीएलमा जनकपुर र पोखरा विजयी, पत्रकारको चुनाव भोलि


२७ मंसिर २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 3 मिनेट


300
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आज दिनभरका ताजा समाचारहरुमा दुर्गा प्रसाई र रवि लामिछानेको सुनुवाई सम्बन्धी समाचारहरुमा पाठकको चासो देखिएको छ । खेलकूदतर्फ एनपीएलमा पोखरा र जनकपुरको जितले मधेस र गण्डकीमा खुशीयाली ल्याएको छ ।

यता, विहीबार हुने पत्रकार महासंघको चुनावले सिंगै पत्रकारिता क्षेत्र तरंगित बनेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई अन्तर्राष्ट्रिय विवाद समाधानका लागि एक विश्वसनीय र तटस्थ स्थलका रूपमा स्थापित गर्न सकिने बताएका छन् ।

अन्तर्राष्ट्रिय वैकल्पिक विवाद समाधान केन्द्रद्वारा आयोजित उद्योग वाणिज्य तथा करार र देवानीसम्बन्धी विवाद समाधान सम्मेलनमा उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले अन्तर्राष्ट्रिय विवाद समाधानका लागि आफूहरू प्रतिबद्ध रहेको बताएका हुन्।

विपद् व्यवस्थापनमा सहकार्य आवश्यक : गृहमन्त्री

परराष्ट्रमन्त्रीसँग युरोपियन युनियनका उच्च अधिकारीको भेट

राजदूत ओलीले चीनमा बुझाए ओहदाको प्रमाणपत्र

इन्धनको गुणस्तर सुधार र औद्योगिक प्रदूषण नियन्त्रणमा जोड

अर्थतन्त्रलाई बलियो बनाउन सामूहिक प्रयास आवश्यक: प्रचण्ड

उर्जामन्त्रीमाथि लगाइएको आरोप गलत : स्काउट

गुणस्तरीय खानेपानीको दीर्घकालीन समाधान खोजिँदैछ : मन्त्री यादव

सङ्घीय निजामती विधेयकका संशोधनकर्तासँग छलफल
प्रतिनिधिसभा राज्यव्यवस्था तथा सुशासन समितिले सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सङ्घीय संसद्को आगामी अधिवेशनबाट पारित गर्ने अठोटका साथ दफावार छलफललाई अघि बढाएको छ ।

समितिको आजको बैठकमा सभापति रामहरि खतिवडाले सङ्घीय निजामतीसहित विचाराधीन विधेयकलाई आगामी अधिवेशनमा पेस गर्ने तयारीका साथ निरन्तर बैठक राखी छलफल गरिने भएकाले आवश्यक सहयोग पुर्‍याउन सबै सदस्यसँग आग्रह गरे ।


संसदमा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलको विधेयकमाथि समान धारणा कायम गर्न प्रमुख दलका प्रमुख सचेतकलाई बैठकमा नियमित उपस्थितिका लागि उनले अनुरोधसमेत गरे ।

औषधि विधेयक अन्तिम चरणमा छ : स्वास्थ्यमन्त्री

साङ्गठनिक संरचना फेरबदल गर्दै एकीकृत समाजवादी

‘पर्वतीय क्षेत्रलाई जलवायु संकटबाट जोगाउन सहकार्य आवश्यक’

तनहुँ पूर्वाधार कार्यालयद्वारा विभिन्न योजनाको बोलपत्र

गुणस्तरीय खानेपानीको दीर्घकालीन समाधान खोजिँदैछ : मन्त्री यादव

काठमाडौंविरुद्ध जनकपुरको ५ विकेटको सहज जित
नेपाल प्रिमियर लिग(एनपीएल) अन्तर्गतको बिहीबारको दोस्रो खेलमा काठमाडौं गोर्खाजविरुद्ध जनकपुर बोल्ट्सले ५ विकेटको सहज जित निकालेको छ ।

कीर्तिपुर मैदानमा टस हारेर १०२ रनको लक्ष्यसहित जबाफी ब्याटिङमा उत्रिएको जनकपुरले १५ दशमलव ५ ओभरमा १०४ रन बनाएको हो ।


सामान्य लक्ष्य पछ्याएको जनकपुरले ब्याटरहरु नचल्दा पनि जित हात परेको हो । जनकपुरका ओपनर लाहिरू मिलन्था सस्तैमा आउट भए । २० बलमा १६ रन जोडेका उनी काठमाडौंका करण केसीको बलमा आउट भए ।

जनकपुरविरुद्ध सुरुमै लड्खडायो काठमाडौं, लगालग गुमायो चार विकेट

जनकपुरविरुद्ध काठमाडौंको फितलो ब्याटिङ, १०२ रनको लक्ष्य

सुपर ओभरमा पोखराले पराजित गर्‍यो विराटनगरलाई

लगालग विकेट जाँदा दबाबमा पोखरा, कुशललाई आउट गर्दै विराटनगरको कमब्याक

पावरप्लेमा विराटनगरले गुमायो दुई विकेट : मार्टिन गप्टिल र लोकेश बम आउट

१० औँ ओभरको समाप्तिमा विराटनगरले तीन विकेट गुमायो

एनपीएल : विराटनगरको चौथो विकेट पतन

एनपीएल : दोस्रो खेलमा जनकपुर र काठमाडौं खेल्ने

एनपीएलः टस जितेर पोखराविरुद्ध सुरुमा ब्याटिङ गर्दै विराटनगर

रवि लामिछाने थप पाँच दिन हिरासत बस्नुपर्ने
रवि लामिछाने थप ५ दिन हिरासतमा रहने भएका छन् । जिल्ला अदालत, कास्कीले पूर्व उपप्रधान तथा गृह मन्त्री रवि लामिछानेलाई थप ५ दिन हिरासतमा राख्न अनुमति दिएको हो ।

बिहीबार न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले उनलाई ५ दिन हिरासतमा राख्न आदेश दिएको हो । सहकारी ठगी प्रकरणमा लामिछानेमाथि कास्की प्रहरीले अनुसन्धान गरिरहेको छ। उनी गत कार्तिक २ गते काठमाडौँबाट पक्राउ परेका हुन् ।

दुर्गा प्रसाईंलाई धरौटीमा छोड्न आदेश, तर हिरासतमै बास

खुल्यो कमलादीमा भासिएको सडक, अब सवारी एकतर्फी (तस्बिरहरू)

म्याद थपका लागि रविलाई आदालतमा उपस्थित गराइयो

‘क्रप कटिङ’ विधिद्वारा धान उत्पादनको अध्ययन

कालीगण्डकी करिडोर : पहिरोग्रस्त क्षेत्रमा निर्माण रोकियो

एम्बुलेन्स दुरुपयोगसम्बन्धी सूचना दिन स्वास्थ्य मन्त्रालयको अपिल

दक्षिण कोरियाली राष्ट्रपतिमाथि दोस्रो पटक महाअभियोग प्रस्ताव दर्ता
दक्षिण कोरियाका विपक्षी दलहरूले मार्शल ललाई लिएर राष्ट्रपति युनलाई महाभियोग लगाउन नयाँ प्रस्ताव पेस गरेका छन् । दक्षिण कोरियाको संसदका ६ विपक्षी दलले राष्ट्रपति युन सुक येओललाई मार्शल लको घोषणा गरेकोमा महाभियोग लगाउन फेरी नयाँ संयुक्त प्रस्ताव पेस गरेका हुन् ।

कोरियाको संसदमा बिहीबार दिउँसो प्रमुख प्रतिपक्षी दल डेमोक्रेटिक पार्टी र ५ साना विपक्षी दलले संयुक्त रूपमा महाभियोग प्रस्ताव पेस गरेका हुन् । बिपक्षी दलले सम्भवतः शनिवार नै महाअभियोग प्रस्तावलाई मतदानमा लैजाने जनाएका छन् । युनको डिसेम्बर ३ मा लगाएको ‘मार्शल ल घोषणा’ले त्यहाँको राजनीतिमा अराजकता र ठूला विरोध प्रदर्शन भइरहेका छन् ।

भारतीय सेनाको गोली लागी सातमा ओवादी विद्रोहीको मृत्यु

अफगानिस्तानी मन्त्रीमाथि भएको आत्मघाती आक्रमणको निन्दा

युक्रेनको जापोरिजियामा भएको रूसी आक्रमणमा १० जनाको मृत्यु

एफबीआई निर्देशक रेको राजीनामा, ट्रम्पले खुसी हुँदै भने-अमेरिकाकै लागि ठूलो दिन

प्रकाशित मिति : २७ मंसिर २०८१, बिहीबार  ८ : १९ बजे

खानेपानी तथा सरसफाइको क्षेत्रमा सहयोग गर्न युनिसेफलाई खानेपानीमन्त्री यादवको आग्रह

काठमाडौं – खानेपानीमन्त्री प्रदीप यादवले युनिसेफ नेपाललाई खानेपानी तथा सरसफाइको

वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि भएको आक्रमणप्रति कांग्रेसको निन्दा

काठमाडौं – नेपाली कांग्रेसले वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीमाथि भएको दुर्व्यवहारप्रति

कर्णाली भूकम्पको उच्च जोखिममाः मुख्यमन्त्री कँडेल

कर्णाली – कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री यामलाल कँडेलले अन्य प्रदेशको

दोलखाका साढे ६ हजार किशोरीलाई ‘एचपिभी’ खोप लगाइँदै

दोलखा – दोलखा जिल्लाका ६ हजार पाँच सय ३० जना

खानेपानी अभावमा काकाकुल छन् नौ सय बढी घर परिवार

सर्लाही – यहाँको हरिवन नगरपालिका–५ का स्थानीय खानेपानीको चरम अभाव