जेलमा रहेका पूर्व थाइ प्रधानमन्त्री थाक्सिन रिहा हुने | Khabarhub Khabarhub

जेलमा रहेका पूर्व थाइ प्रधानमन्त्री थाक्सिन रिहा हुने


१ फाल्गुन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

बैंकक– थाइल्यान्डका पूर्व प्रधानमन्त्री थाक्सिन सिनावात्रालाई चाँडै रिहा गर्ने तयारी गरिएको  न्याय मन्त्री तावी सोड्सोङले बताएका छन् ।  

 मंगलबार मन्त्रिमण्डलको बैठकमा भाग लिनुअघि तावीले पत्रकारहरूसँग  थाक्सिन यस महिना जेल बाट छुटकारा पाउनका लागि  स्वीकृत नौ सय ३० कैदीहरू मध्ये  एक  जना भएको बताए । ७४ वर्षीय थाक्सिन ७० वर्षभन्दा माथिको तथा गम्भीर रोगको बिरामी भएका कारण जेल मुक्तिको  लागि सुचिबद्ध भएका उनको भनाई छ । 

करिव छ महिना जेल सजाय भोगिसकेका थाक्सिन फेब्रुअरी १७ मा  रिहा हुने अपेक्षा गरिएको छ ।

ताहसिनल  १५ वर्षभन्दा बढीको निर्वासन समाप्त गरेर गत वर्ष अगस्टमा थाइल्यान्ड फर्किएका थिए । उनलाई हिरासतमा लगेर विभिन्न अभियोगमा आठ वर्षको जेल सजाय सुनाइएको थियो । यद्यपि, अस्वस्थताका कारण उनलाई छोटो समयमै बैंककको जेलबाट अस्पतालमा सारे देखि अस्पतालमा नै रहेको बताईएको छ । 

 गत सेप्टेम्बरमा, थाइ राजा महा भाजिरालोङ्र्नले शाही माफीको लागि अनुरोध गरेपछि थाक्सिनको जेल सजाय एक वर्षमा घटेको थियो ।
थाक्सिनले सन् २००१  देखि २००६  सम्म दक्षिणपूर्वी एसियाली देशको प्रधानमन्त्रीको रूपमा सेवा गरी सन् २००८  स्व–निर्वासनमा रहेका थिए ।  

प्रकाशित मिति : १ फाल्गुन २०८०, मंगलबार  ५ : ३१ बजे

माओवादीले भन्यो : नरसंहारको जिम्मा लिएर प्रधानमन्त्रीले राजीनामा दिनुपर्छ

काठमाडाैं । प्रमुख प्रतिपक्षी नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले प्रधानमन्त्री

जेन–जी आन्दोलनमा दमनबारे मध्यराति बालेनको स्टाटस : प्रधानमन्त्रीलाई दिए ‘आतङ्कवादी’को संज्ञा

काठमाडाैं – जेन–जी समूहले सोमबार गरेको देशव्यापी आन्दोलनमा १९ जनाको

प्रधानमन्त्रीले राजीनामा दिनुहुन्न : प्रवक्ता गुरुङ

काठमाडौं – सञ्चार सूचना मन्त्री पृथ्वीसुब्बा गुरुङले प्रधानमन्त्री केपी शर्मा

जेनजी समूहको निष्कर्ष : अराजक समूहले आन्दोलनमा घुसपैठ गरे, हामी रोकिँदैनौँ

काठमाडौं – जेनजी समूहले भ्रष्टाचार र बेथितिविरुद्ध थालिएको आन्दोलन मंगलबार

प्रधानमन्त्रीले भने: जेनजीका मागमा सकारात्मक थियौँ, प्रदर्शनमा घुसपैठकै कारण दुःखद घटना भयो

काठमाडाैं – प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार कम्तीमा १९ जनाको