जेलमा रहेका पूर्व थाइ प्रधानमन्त्री थाक्सिन रिहा हुने « Khabarhub

जेलमा रहेका पूर्व थाइ प्रधानमन्त्री थाक्सिन रिहा हुने


१ फाल्गुन २०८०, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


48
Shares
  • change font
  • change font
  • change font

बैंकक– थाइल्यान्डका पूर्व प्रधानमन्त्री थाक्सिन सिनावात्रालाई चाँडै रिहा गर्ने तयारी गरिएको  न्याय मन्त्री तावी सोड्सोङले बताएका छन् ।  

 मंगलबार मन्त्रिमण्डलको बैठकमा भाग लिनुअघि तावीले पत्रकारहरूसँग  थाक्सिन यस महिना जेल बाट छुटकारा पाउनका लागि  स्वीकृत नौ सय ३० कैदीहरू मध्ये  एक  जना भएको बताए । ७४ वर्षीय थाक्सिन ७० वर्षभन्दा माथिको तथा गम्भीर रोगको बिरामी भएका कारण जेल मुक्तिको  लागि सुचिबद्ध भएका उनको भनाई छ । 

करिव छ महिना जेल सजाय भोगिसकेका थाक्सिन फेब्रुअरी १७ मा  रिहा हुने अपेक्षा गरिएको छ ।

ताहसिनल  १५ वर्षभन्दा बढीको निर्वासन समाप्त गरेर गत वर्ष अगस्टमा थाइल्यान्ड फर्किएका थिए । उनलाई हिरासतमा लगेर विभिन्न अभियोगमा आठ वर्षको जेल सजाय सुनाइएको थियो । यद्यपि, अस्वस्थताका कारण उनलाई छोटो समयमै बैंककको जेलबाट अस्पतालमा सारे देखि अस्पतालमा नै रहेको बताईएको छ । 

 गत सेप्टेम्बरमा, थाइ राजा महा भाजिरालोङ्र्नले शाही माफीको लागि अनुरोध गरेपछि थाक्सिनको जेल सजाय एक वर्षमा घटेको थियो ।
थाक्सिनले सन् २००१  देखि २००६  सम्म दक्षिणपूर्वी एसियाली देशको प्रधानमन्त्रीको रूपमा सेवा गरी सन् २००८  स्व–निर्वासनमा रहेका थिए ।  

प्रकाशित मिति : १ फाल्गुन २०८०, मंगलबार  ५ : ३१ बजे

तीजका गीतमा भ्युजको भोक: कहाँ हरायो मौलिकता ?

रातो सारी, हरियो चुरा र माइतीको आँगनमा गुञ्जिने तीजका भाका-कुनै

बाढी प्रभावित क्षेत्रमा राहत पुर्‍याउन चिनियाँ ड्रोन (फिटो फिचर)

काठमाडौँ – बाढी प्रभावित दुर्गम क्षेत्रमा खाद्यान्न तथा आपत्कालीन राहत

जापानले एकै सातामा भारत, अफगानिस्तान र नेपालसँग टी-२० शृङ्खला खेल्ने

काठमाडौँ – जापानी क्रिकेट टोलीका लागि आगामी सेप्टेम्बर महिना निकै

ताप्लेजुङ गोल्डकपको उपाधि सलहेशलाई

ताप्लेजुङ – अन्तर्राष्ट्रिय आमन्त्रण चौथो ताप्लेजुङ गोल्डकपको उपाधि साविक विजेता

पेनाल्टी रोकेर एमबाप्पेअघि गर्जिए गोलरक्षक वालेस, बेटिसको रोमाञ्चक जित

मड्रिड – इन्जुरी समयमा पाएको पेनाल्टी किक रेआल बेटिसका गोलरक्षक