शीतल निवासमा अशोक राई मुस्कुराए, प्रेमले प्रदीपलाई फूलको बुके थमाए (तस्बिरहरू) « Khabarhub

शीतल निवासमा अशोक राई मुस्कुराए, प्रेमले प्रदीपलाई फूलको बुके थमाए (तस्बिरहरू)


३१ बैशाख २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- गत आइतबार मात्रै जनता समाजवादी पार्टी नेपालबाट विभाजित भएर बनेको जनता समाजवादी पार्टीका दुईजना सांसद मन्त्री बनेका छन् ।

नवगठित जसपाका सांसद प्रदीप यादवले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री र समानुपातिक सांसद हसिना खातुनले स्वास्थ्य राज्यमन्त्रीको जिम्मेवारी पाएका छन् ।

सोमबारै मन्त्रीमा नियुक्त यादवलाई राष्ट्रपति रामचन्द्र पौडेलले र खातुनलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शीतल निवासमा पद तथा गोपनीयताको शपथ दिलाएका छन् ।

स्वास्थ्यमन्त्री बनेका यादव पर्सा निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा विजयी भएका हुन् ।

राई नेतृत्वको नयाँ जसपातिर खुलेका वन तथा वातावरण मन्त्री नवलकिशोर साह सुडीलाई पार्टीले यथावत राखेको छ ।

यी दुईले मन्त्रीको शपथ लिँदा नवगठित जसपा अध्यक्ष अशोक राई पनि शीतल निवासमा देखिए । उनी नयाँ पार्टी खोलेर अध्यक्ष भएलगत्तै दुई सांसदलाई मन्त्री बनाउन सकेकोमा प्रसन्न मुद्रामा देखिए ।

अशोक राई खुलेर मुस्कुराउँदै गर्दा मन्त्री यादवलाई एकीकृत समाजवादीका सांसद प्रेम आलेले फूलको बुके थमाए ।

जसपा नेपालको उपेन्द्र यादव पक्षमा खुलेका दीपक कार्कीले पनि सोमबार राजीनामा दिएपछि उनको स्थानमा जसपाले हसिना खातुनलाई पठाएको छ । उनी एक महिनाअघि मात्रै जसपा नेपालकी समानुपातिक सांसद भएकी थिइन् ।

समानुपातिक सांसद मञ्जु शर्मा अन्सारीको निधन भएपछि रिक्त कोटामा बाँकेकी हसिना खानले मौका पाएकी थिइन् । उनलाई स्वास्थ्य राज्यमन्त्रीका रुपमा सिफारिस गरिएको थियो ।

प्रकाशित मिति : ३१ बैशाख २०८१, सोमबार  ७ : ३१ बजे

कांग्रेसले बोलायो केन्द्रीय कार्यसमितिको बैठक

काठमाडौं- नेपाली कांग्रेसले वैशाख २१ गते केन्द्रीय कार्यसमितिको बैठक बोलाएको

‘स्वतन्त्र र खुला हिन्द–प्रशान्त’ सुनिश्चित गर्ने जापानको प्राथमिकता : प्रधानमन्त्री ताकाइची

हनोई- जापानका प्रधानमन्त्री साने ताकाइचीले शनिबार ‘स्वतन्त्र र खुला हिन्द–प्रशान्त’

बल्खुमा भत्किएका संरचना प्राचीन होइनन् : पुरातत्व विभाग

काठमाडौं- काठमाडौंका अव्यवस्थित बस्ती व्यवस्थापनका क्रममा अनधिकृत संरचना हटाउँदा भत्किएका

तिलगङ्गामा पशुपति क्षेत्रका अतिक्रमित घर भत्काइँदै

काठमाडौं- काठमाडौं महानगरपालिका–९ तिलगङ्गास्थित पशुपति क्षेत्रमा अतिक्रमण गरी निर्माण गरिएका

चीनमा मे दिवसका दिन दुई करोड ४८ लाख रेल यात्रुलाई सेवा प्रदान

बेइजिङ- चीनको रेलमार्गले मे दिवसमा दुई करोड ४८ लाख यात्रुलाई