अफगानी निर्वासन रोक्न पाकिस्तानलाई मलालाको आग्रह « Khabarhub

अफगानी निर्वासन रोक्न पाकिस्तानलाई मलालाको आग्रह


२९ असार २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– नोबेल पुरस्कार विजेता मलाला युसुफजाईले विशेष गरी महिला र बालिकाहरूको अन्धकार भविष्यप्रति चिन्ता व्यक्त गर्दै पाकिस्तानलाई कागजातविहीन अफगानीहरूको निर्वासन रोक्न आग्रह गरेका छन्  । 

‘पाकिस्तानले त्यहाँ रहेका अफगानी शरणार्थीहरूलाई फिर्ता जान बाध्य गरिरहेको छ भन्ने कुरा गहिरो चिन्ताको विषय हो । म विशेषत महिला र बालिकाहरूको बारेमा चिन्तित छु’, सन् २०१४ मा नोबेल शान्ति पुरस्कारबाट पुरस्कृत मलालाले शुक्रबार बताए । 

इस्लामाबादले यस हप्ता अवैध आप्रवासीहरूलाई हटाउने बताएको हो । गत वर्ष इस्लामाबादले कागजातविहीन आप्रवासीहरूलाई तुरुन्तै पाकिस्तान छोड्न वा गिरफ्तारीको सामना गर्न आदेश दिएपछि ६ लाख भन्दा बढी अफगानहरू पाकिस्तानबाट भागेका थिए । 

पाकिस्तानबाट अफगानिस्तानमा फिर्ता पठाइएका केहीले तालिबानद्वारा उत्पीडनको सामना गर्नुपरेको मानव अधिकार पर्यवेक्षकहरूले चेतावनी दिएका छन् । 

सन् २०२१ मा सत्ता नियन्त्रणमा लिएको तालिबानले इस्लामको कठोर रूप लागू गरेका छन्, बालिकाहरूलाई उच्च शिक्षाबाट प्रतिबन्ध लगाइएको छ र महिलाहरूको सार्वजनिक जीवनमा प्रतिबन्ध लगाइएको छ ।

‘पाकिस्तानमा बालिकाहरूले पढ्ने मौका पाइरहेका थिए, महिलाहरू रोजगारमा संलग्न हुँदै थिए’, २७ वर्षीया मलालाले भने । 

‘मलाई आशा छ कि अफगानिस्तानमा महिलालाई हुनसक्ने उत्पीडनलाई मध्यनजर गर्दै पाकिस्तानले आफ्नो नीतिलाई परिवर्तन गर्नेछ’, उनले बताए । 

प्रकाशित मिति : २९ असार २०८१, शनिबार  ५ : ०७ बजे

बाढीपछि कति आयो अन्तरराष्ट्रिय सहयोग ?

काठमाडौं – रसुवाको भोटेकोशीमा यही भदौ १० गते बिहान आएको

भोटेकोशी बाढीमा ज्यान गुमाएका सशस्त्रका परिवारलाई २५ लाख राहत, एपीएफबाट १५ करोड ५० लाख सहयोग

काठमाडौं – सशस्त्र प्रहरी बल नेपालले रसुवाको भोटेकोशी नदीमा आएको

भोटेकोशी बाढीमा ज्यान गुमाएकाको सम्झनामा बौद्धमा दीप प्रज्वलन (तस्बिरहरू)

काठमाडौं – भोटेकोशीमा आएको बाढीमा परी ज्यान गुमाएकाहरूको चिरशान्तिको कामना

भोटेकोशी बाढी : १२ हजार ३८ जनाको उद्धार, एक हजार २८२ शव फेला

काठमाडौं – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी मृत्यु

उद्धार गर्न गएको सेना नै जब टनेलभित्र रात बिताउन बाध्य भयो

काठमाडौं – रसुवाको चिलिमे जलविद्युत् आयोजनाको आउटलेट टनेल क्षेत्रमा उद्धार