ट्रम्पको फेसबुक र इन्स्टाग्रामको प्रतिबन्ध हट्यो « Khabarhub

ट्रम्पको फेसबुक र इन्स्टाग्रामको प्रतिबन्ध हट्यो


२९ असार २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं मेटाले नोभेम्बरमा हुने अमेरिकी राष्ट्रपति चुनावअघि पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको फेसबुक र इन्स्टाग्राम खातामाथिको प्रतिबन्ध हटाएको छ ।

२०२१ को जनवरी ६ मा अमेरिकी क्यापिटलमा आक्रमण गर्ने समर्थकहरूको प्रशंसा गरेपछि पूर्व अमेरिकी राष्ट्रपतिको फेसबुक र इन्स्टाग्राम खाताहरू २०२१ मा निलम्बन गरिएको थियो। यस मामिलामा ट्रम्पलाई पनि दोषी ठहर गरिएको थियो।

मेटाले एक ब्लगमा मेटाका सबै प्लेटफर्महरूमा ट्रम्पका ६० मिलियन भन्दा बढी फलोअरहरू रहेको उल्लेख गर्दै उनका एकाउन्टहरू २०२३ मा पुनर्स्थापित गरिएको भएपनि उनका एकाउन्ट थप निगरानीको अधीनमा रहेकोमा अहिले सबै प्रतिबन्ध हटाइएको जानकारी दिएको छ ।

मेटाले राजनीतिक अभिव्यक्तिलाई अनुमति दिनु आफूहरूको जिम्मेवारी भएको र अमेरिकीहरूले राष्ट्रपति पदका उम्मेदवारहरूबाट सुन्नको लागि समान अवसर पाउनुपर्ने उल्लेख गरेको छ ।

मेटाले भनेको छ- ‘अमेरिकी राष्ट्रपति पदका उम्मेदवारहरू सबै फेसबुक र इन्स्टाग्राम प्रयोगकर्ताहरू जस्तै सामुदायिक मापदण्डहरूको अधीनमा हुनेछन्, जसमा घृणायुक्त भाषण र हिंसालाई उक्साउने नीतिहरू समावेश छन् ।’ 

प्रकाशित मिति : २९ असार २०८१, शनिबार  ६ : ४३ बजे

विश्लेषक भरत दाहाललाई २४ घण्टाभित्र उपस्थित गराउन सर्वोच्चको आदेश, लिखित जवाफ पनि माग्यो

काठमाडौं- सर्वोच्च अदालतले भरतमणि दाहालको बन्दीप्रत्यक्षीकरणसम्बन्धी रिटमा सरकारसँग लिखित जवाफ

दसैँमा घर जान सहज यातायातको व्यवस्था गर्न सरकारसँग रास्वपा सचेतक परियारको माग

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सचेतक प्रकाशचन्द्र परियारले

फुर्केखोला पुल निर्माण गर्न उद्योगी–व्यवसायीको माग

धादिङ– रसुवा बाढीले बगाएको फुर्केखोला पुल तत्काल निर्माण गरी पृथ्वी

बागलुङमा डेङ्गु फैलँदो, अनुसन्धानमा खटियो सरकारी विज्ञ टोली (तस्बिरहरू)

बागलुङ– देशभरमै सबैभन्दा धेरै डेङ्गु संक्रमण फैलन थालेपछि बागलुङमा संक्रमणको कारण,

डायनाको संस्मरणले बेलायतमा नयाँ बहस

लण्डन- बेलायतकी दिवङ्गत राजकुमारी डायनाका भाइ चार्ल्स स्पेन्सरको संस्मरण सार्वजनिक