लरेन्स विश्नोई समूहले लियो बाबा सिद्दिकीको हत्याको जिम्मा | Khabarhub Khabarhub

लरेन्स विश्नोई समूहले लियो बाबा सिद्दिकीको हत्याको जिम्मा


२७ आश्विन २०८१, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


684
Shares
  • change font
  • change font
  • change font

काठमाडौं भारतीय राष्ट्रवादी कांग्रेस पार्टी (एनसीपी)का नेता बाबा सिद्दिकीको हत्याको जिम्मा लरेन्स विश्नोई समूहले लिएको छ । सामाजिक सञ्जालमार्फत बिश्नोई समूहले नेता सिद्दिकीको हत्याको जिम्मेवारी लिएको हो । 

उक्त समूहले बलिउड अभिनेता सलमान खानलाई सहयोग गर्ने व्यक्तिले आफ्नो हिसाब–किताब गरेर बस्न चेतावनीसमेत दिएको भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् । विश्नोई समूह बेलाबेला अभिनेता सलमान खानलाई मार्ने धम्की दिँदै आएको छ । 

मुम्बईको बान्द्रामा गएराति आक्रमणकारीले नेता सिद्दिकीमाथि दर्जनौँ गोली प्रहार गरेका थिए । भारतीय सञ्चार माध्यमहरूका अनुसार हत्यामा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । 

एक जना फरार रहेका छन् । पक्राउ परेका मध्ये एक उत्तर प्रदेश र अर्का आरोपी हरियाणाका भएको बताइएको छ । सिद्दिकीले महाराष्ट्र विधानसभामा बान्द्रापश्चिमबाट तीन पटक प्रतिनिधित्व गरेका थिए ।

झण्डै पाँच दशक कांग्रेसमा रहेर राजनीति गरेका सिद्दिकी यसै वर्ष कांग्रेस छाडेर राष्ट्रवादी कांग्रेस पार्टी (एनसीपी) प्रवेश गरेका थिए । गोली प्रहारबाट गम्भीर घाइते सिद्दिकीलाई लीलावती अस्पताल लगिएको थियो । तर, चिकित्सकले तत्कालै मृत घोषित गरेका थिए ।

को हुन् लरेन्स विश्नोई?

सन् १९९३ फेब्रुअरी १२ मा जन्मिएका लरेन्स विश्नोई स्नातक अध्ययन गरेका युवक हुन् ।

पञ्जाबको फिरोजपुरमा उनको घर छ । लरेन्सका बुवा उनी जन्मिुनभन्दा एक वर्षअघि हरियाणा पुलिसमा कन्स्टेबलका रूपमा भर्ना भएका थिए । तर, उनले ५ वर्षपछि जागिर छाडेर कृषि पेशा अँगाले । लरेन्सले पञ्जाब विश्वविद्यालयबाट एलएलबीको अध्ययन पूरा गरेका छन् ।

सन् २००९ मा अध्ययनका क्रममा उनी पञ्जाब युनिभर्सिटीको एक विद्यार्थी संगठनसँग जोडिए । सोही समयमा उनको भेट विद्यार्थी संगठनका अध्यक्ष गोल्डी बराडसँग हुन्छ । 

 विद्यार्थी राजनीतिबाट अपराधतिर 
गोल्डीसँगको भेट र विश्वविद्यालयको विद्यार्थी राजनीतिमा आएपछि लरेन्सका कदमहरू अपराधको दुनियाँतिर बढ्न पुगे । उनी अवैध गतिविधिहरूमा सहभागी हुन थाले ।

लरेन्स विश्नोई भारत सरकारको नजरमा एक ‘आतंकवादी’ हुन् । उनीविरुद्ध राष्ट्रिय जाँच एजेन्सी र दिल्ली पुलिसले गैरकानूनी गतिविधि रोकथाम अधिनियमअन्तगर्त मुद्दा दायर गरेको छ ।

विश्नोई समूहले पञ्जाबी गायक सिद्धु मुसेवालाको हत्या गरेको दाबी गरेको थियो । लरेन्स अहिले दिल्लीको तिहाड जेलमा कैद छन् । उनीविरुद्ध दुई दर्जन आपराधिक मुद्दा दर्ता छन् ।

 कस्तो छ विश्नोई समूह ?

विश्नोई समूहमा पेशेवर निशानेबाजहरू समावेश छन् । उनीहरू पञ्जाब, हरियाणा, राजस्थान, दिल्ली र हिमाचल प्रदेशबाट समूहका लागि काम गर्दछन् । उनीहरूको सञ्जाल विश्वभर फैलिएको दाबी भारतीय सञ्चार माध्यमहरूको छ । 

लरेन्सका साथी सन्दीप भनिने काला जठेडीलाई दिल्ली पुलिस स्पेसल सेलले महाराष्ट्र संगठित अपराध नियन्त्रण अधिनियम (मकोका) मामिलामा ५ लाख रुपैयाँ पुरस्कार घोषणा गरेर पक्राउ गरेको थियो । 

सन्दीप यतिबेला जेलमा बन्दी जीवन बिताइरहेका छन् । विश्नोई समूहमा ७ सयभन्दा बढी ‘शुटर्स’हरू रहेका अनुमान छ ।

प्रकाशित मिति : २७ आश्विन २०८१, आइतबार  १ : ०६ बजे

चीनमा हुने ‘ट्रेडिसनल आर्चरी’ मा नेपाल सहभागी

काठमाडौं– चीनको युनान प्रान्तको लिजियाङ सहरमा ‘फाल्कन कप अन्तरराष्ट्रिय ‘ट्रेडिसनल

किवी खेतीप्रति गुल्मीका किसानको बढ्दो आकर्षण, वार्षिक छ लाख आम्दानी

गुल्मी– गुल्मीको सत्यवती गाउँपालिका–८ भार्सेका ५६ वर्षे यमबहादुर थापा यति

पर्यटकको आकर्षणमा ‘कन्यादह मङ्गलबारे देवस्थल’

भोजपुर–  पौवादुङमा गाउँपालिका–६ ठूलोदुम्मास्थित बिस्कुट्नेडाँडामा रहेको ‘कन्यादह मङ्गलबारे देवस्थल’ पछिल्ला

दूध प्रशोधन गर्दै दुग्ध उत्पादक सहकारी सङ्घ

चितवन– जिल्लाका दुग्ध उत्पादक सहकारी सङ्घको छाता संस्था चितवन जिल्ला

पर्सामा छठ घाट सजाइयो

वीरगञ्ज– छठ पर्व नजिकिएसँगै यहाँका पोखरी तथा नदी तटमा झकिझकाउ सजावटसहित