राष्ट्रपतीय चुनाव जितेको इन्डोनेसियाका रक्षामन्त्री सुबियान्तोको दाबी « Khabarhub

राष्ट्रपतीय चुनाव जितेको इन्डोनेसियाका रक्षामन्त्री सुबियान्तोको दाबी


२ फाल्गुन २०८०, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


27
Shares
  • change font
  • change font
  • change font

जकार्ता- इन्डोनेसियाका रक्षामन्त्री प्रबोवो सुबियान्तोले बुधबार भएको राष्ट्रपतिको निर्वाचनको पहिलो चरणमा विजयी भएको दाबी गरेका छन्  । प्रारम्भीक नतिजाले आफूलाई दक्षिणपूर्वी एसियाको सबैभन्दा ठूलो अर्थतन्त्रको नेता निर्वाचित गर्ने सङ्केत गरेपछि उनले यस्तो दाबी गरेका हुन् ।

आधिकारिक नतिजा आगामी महिनासम्म आउने छैन तर कम्तीमा दुई स्वतन्त्र मतदाता सर्वेक्षकले कथित ‘द्रुत गणना’ का लागि मतदान केन्द्रहरूमा मतपत्रहरूको नमूना सङ्कलन गरेका थिए । करिब दुई तिहाइ नमूना मतगणना गर्दा सुबियान्तोलाई ५५ प्रतिशतभन्दा धेरै मत आएपछि विजय विश्वसनीय देखाएको थियो ।

उनले मध्य जाकर्ताको एक मैदानमा जम्मा भएको भीडलाई सम्बोधन गर्दै भने, “सबै गणना, सबै सर्वेक्षणकर्ताका आँकडाले प्रबोवो–जिब्रानले एउटै चरणमा जित हासिल गरेको देखाएका छन्, यो जित सबै इन्डोनेसियाली जनताको जित हुनुपर्छ ।”

प्रारम्भिक नतिजाले उनलाई आफ्ना प्रतिद्वन्द्वी अनिस बास्वेदन र गान्जर प्रणवोलाई दोस्रो चरणको रनअफ भोटबाट जोगाउन बहुमतको लाइनमा राखेको छ । दोस्रो चरणको मतदान जुनमा हुने तालिका छ ।

सुबियान्तोलाई राष्ट्रपति पद सुरक्षित गर्नका लागि कूल मतको ५० प्रतिशतभन्दा धेरै र मुलुकको आधाभन्दा धेरै ३८ प्रान्तमा खसालिएको मतपत्रको कम्तीमा पनि पाँचौँ भाग प्राप्त गर्नुपर्ने आवश्यकता छ ।

जितको दाबी गर्दै सुबियान्तोले निर्वाचन आयोगको ‘आधिकारिक नतिजा’ को प्रतीक्षा गर्ने बताए । “इन्डोनेसियाली लोकतन्त्र राम्रोसँग चलिरहेको हामीलाई विश्वास छ, जनताले दृढ सङ्कल्प गरेका छन् र निर्णय गरेका छन्”, उनले समर्थकहरूसँग भने ।

प्रकाशित मिति : २ फाल्गुन २०८०, बुधबार  ८ : ४७ बजे

एआईको तीव्र विस्तारसँगै अमूर्त लगानीमा नयाँ कीर्तिमान, विश्वव्यापी लगानी एक हजार खर्ब डलर नाघ्यो

काठमाडौं- कृत्रिम बौद्धिकता (एआई) को तीव्र विस्तारसँगै सन् २०२५ मा सफ्टवेयर,

अर्जेन्टिनाले फिफासँग कुन कोठामा, कति करोडको ‘सेटिङ’ गर्‍यो ? रेफ्री कतिमा बिके ?

काठमाडौं- नेपालका परमपूज्य सर्वज्ञानी फुटबल पण्डितहरूका नाममा एकमुष्ट र निःशुल्क

धरानबाट दश जना विचौलिया पक्राउ

धरान– बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानबाट १० जना विचौलियालाई

काठमाडौं उपत्यका विकास आयुक्तमा सुरज शाक्य नियुक्त गर्ने सरकारको निर्णय

काठमाडौं– सरकारले काठमाडौं उपत्यका विकास प्राधिकरणको विकास आयुक्त पदमा सुरज शाक्यलाई

तिलिचो ताल पदमार्गमा ५० पर्यटक अट्ने आश्रयस्थल निर्माण

मुस्ताङ-  तिलिचो ताल जाने पदमार्गमा पर्यटकको सुविधाका लागि नयाँ आश्रयस्थल निर्माण