संघीय निजामती सेवा विधेयक प्रतिनिधिसभामा पेस « Khabarhub

संघीय निजामती सेवा विधेयक प्रतिनिधिसभामा पेस


१ चैत्र २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


4.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– लामो प्रतीक्षापछि संघीय निजामती सेवा विधेयक प्रतिनिधिसभामा पेस भएको छ । प्रतिनिधिसभाको आजको बैठकमा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले ‘संघीय निजामती सेवा विधेयक, २०८०’ पेस गरे।

विधेयक पेस गर्दै मन्त्री जोशीले राज्यको पुनःसंरचना सँगसँगै प्रशासनिक पुनःसंरचना प्रस्ताव संघीय निजामती सेवा सञ्चालनका लागि कर्मचारीको सेवा, सर्त र सुविधासम्बन्धी कानुनलाई संघीयताअनुरूप सञ्चालन, व्यवस्थापन गर्नुपर्ने आवश्यकतालाई सम्बोधन गर्न कानुन ल्याइएको बताए ।

उनले मुलुकको प्रशासनिक प्रणालीलाई शासकीय व्यवस्थाअनुरूप सुव्यवस्थित, कार्यात्मक र नतिजामुखी तुल्याउन एवं प्रशासनिक संघीयतालाई प्रभावकारी बनाउन संघीय निजामती सेवा ऐन जारी गर्नुपर्ने आवश्यकता रहेका औँल्याए ।

मन्त्री जोशीले निजामती कर्मचारीलाई राजनीतिकरूपमा तटस्थ, पेसागतरुपमा सक्षम, समावेशी, व्यावसायिक, सहभागितमूलक, उच्च मनोबलयुक्त र नैतिकवान् बनाइ राज्यका तर्फबाट प्रदान गरिने सेवालाई प्रभावकारीरूपमा सञ्चालन गर्न संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवा सर्तसम्बन्धी व्यवस्था गरिनु वाञ्छनीय भएकाले विधेयक ल्याइएको बताए ।

उनले निजामती सेवालाई राष्ट्रहित, संघीय लोकतान्त्रिक गणतन्त्रप्रति प्रतिबद्ध, राजनीतिकरूपमा तटस्थ, पेसागतरुपमा सक्षम, सुदृढ, उत्तरदायी र व्यावसायिक बनाउँदै सुशासनमुखी संयन्त्रका रुपमा व्यवस्था गर्न आवश्यक भएकाले संघीय  निजामतीसम्बन्धी विधेयक प्रतिनिधिसभामा प्रस्तुत भएको बताए। मन्त्री जोशीले विधेयकले सङ्घ, प्रदेश र स्थानीय तहमा कर्मचारी व्यवस्थापन गर्न सहज हुने बताए।

प्रकाशित मिति : १ चैत्र २०८०, बिहीबार  २ : २१ बजे

चुनाव नलड्ने पूर्वऊर्जामन्त्री दीपक खड्काको घोषणा

काठमाडौं- पूर्वऊर्जामन्त्री एवम् नेपाली कांग्रेसका नेता दीपक खड्काले आगामी चुनाव

नागरिक उन्मुक्तिलाई नेकपामा विलय गराएकी रञ्जिता चुनाव नलड्ने, अर्कैलाई दिइन् टिकट

काठमाडौं– टीकापुर आन्दोलनबाट थारू समुदायको बलमा उदाएको नागरिक उन्मुक्ति पार्टीलाई

सेन्सीले सार्वजनिक गर्‍यो वानखेडे स्टेडियममा नेपाली टोलीको खेल प्रत्यक्ष हेर्न पाउने विजेता

काठमाडौं –जापानी प्रविधिमा आधारित घरेलु उपकरण ब्रान्ड सेन्सीले भारतको मुम्बईस्थित

प्रतिनिधिसभा सदस्य निर्वाचन : मनोनयनपत्र दर्ताको तयारी पूरा

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि