साउन १८ गतेलाई तोकियो ‘मोदीबेनी’ को प्रदर्शन मिति « Khabarhub

साउन १८ गतेलाई तोकियो ‘मोदीबेनी’ को प्रदर्शन मिति


१ जेठ २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


195
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– शंकर कोइरालाको डेब्यु निर्देशन रहेको फिल्म  ‘मोदीबेनी’ आगामी साउन १८ गते प्रदर्शनमा आउने भएको छ । निर्माण पक्षले मंगलबार फिल्मको प्रदर्शन मिति टुंगो लगाएको हो । 

यस फिल्मबाट अभिनेत्री रेजिना उप्रेती करिब १२ वर्षपछि अभिनयमा फर्किएकी छन् । यही फिल्मबाट नायक अमर प्रताप श्रेष्ठले ठूलो पर्दाको मुख्य भूमिकामा डेब्यु गर्दै छन् । उनीसँगै नायिका वर्षा सिवाकोटी मुख्य भूमिकामा रहेको बताइएको छ । 

फिल्ममा अमर, वर्षा र रेजिनासहित प्रवीण खतिवडा, सरोज खनाल, दिलीप केसी, कमलमणि नेपाल, जीवन भट्टराईलगायतको अभिनय रहने बताइएको छ । 

निर्देशक कोइरालाका अनुसार फिल्म पर्वत जिल्लाको मोदीबेनी क्षेत्रमा घटेको अविश्वसनीय घटनामा आधारित छ । 

डिनेस्ट इन्टरटेनमेन्टको प्रस्तुतिमा बनेको यो चलचित्रलाई आनन्द बिक्रम क्षेत्रीले लेखेका छन् । दिलीप के.सी. निर्माता र हरि श्रेष्ठ सह-निर्माता रहेका छन् ।

प्रकाशित मिति : १ जेठ २०८१, मंगलबार  २ : ३७ बजे

इबोला प्रकोपले बढायो विश्व चिन्ता, दुई महिनामै एक हजारभन्दा बढी मानिसको गयो ज्यान

अबुजा– कङ्गोमा फैलिएको इबोला प्रकोपले दुई महिनाभन्दा केही बढी अवधिमै

चितवनको इच्छाकामनामा लालपुर्जा वितरण, ३४ परिवार बने जग्गाधनी

काठमाडौं– जिल्ला भूमि समस्या समाधान समिति, चितवनले इच्छाकामना गाउँपालिकाका ३४

यी हुन् गत वर्षमा सबैभन्दा धेरै आयात र निर्यात हुने वस्तु

काठमाडौं– गत आर्थिक वर्ष ०८२/८३ मा नेपालको वैदेशिक व्यापारमा अघिल्लो

राष्ट्रिय एकताको बलमा नै मुलुकलाई समृद्ध बनाउनुपर्छ : राष्ट्रपति पौडेल 

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय एकताको बलमा नै मुलुकलाई समृद्ध

कञ्चनपुरमा लागूऔषध ओसारपसार नियन्त्रण चुनौती बन्दै

महेन्द्रनगर– समाजमा बढ्दो लागूऔषध नियन्त्रण र फैसला कार्यान्वयनमा कञ्चनपुर प्रहरीले