एकीकृत समाजवादीको महाधिवेशनमा प्यानल बनाएर चुनाव लड्न नपाइने « Khabarhub

एकीकृत समाजवादीको महाधिवेशनमा प्यानल बनाएर चुनाव लड्न नपाइने


३२ जेष्ठ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एकीकृत समाजवादीले आगामी असार १६ देखि २० गतेसम्म काठमाडौंमा हुने १०औँ महाधिवेशनमा प्यानल बनाएर चुनाव लड्न रोक लगाएको छ ।

शुक्रबार पार्टी अध्यक्ष माधव कुमार नेपालले अन्तर पार्टी निर्देशिका (अपानि) जारी गर्दै प्यानल बनाएर चुनाव लड्न रोक लगाउने उल्लेख गरेका छन् । ‘महाधिवेशन प्रतिनिधि चयनका लागि समूह बनाएर निर्वाचन लड्न पाइने छैन’ अपानिमा भनिएको छ ।

त्यस्तै महाधिवेशनमा १८७८ जना प्रतिनिधि सहभागी हुने भएका छन् ।

एकीकृत समाजवादी भूगोलका संघीय निर्वाचन क्षेत्रबाट ११५७, उपत्यका प्रदेशका जिल्ला कमिटीका कार्यक्षेत्रबाट २३, प्रदेश सम्पर्क कमिटी क्षेत्रबाट २२, भारत प्रवास क्षेत्रबाट ८, अन्य प्रवास क्षेत्रबाट १५ जना महाधिवेशन प्रतिनिधि रहनेछन् ।

त्यस्तै, केन्द्रीय सल्लाहकार परिषद्‌बाट ५, केन्द्रीय ज्येष्ठ कम्युनिस्ट मञ्चबाट ५, विभिन्न महासंघहरूबाट ८५, जनसंगठनहरूबाट ५६ जना प्रतिनिधि रहनेछन् ।

त्यस्तै, केन्द्रीय कमिटीबाट ३४६, केन्द्रीय आयोगहरूबाट १०४, केन्द्रीय विभाग र केन्द्रीय कार्यालयबाट ३२ र मजदुर विशेष आरक्षणबाट २० जना प्रतिनिधि सहभागी हुनेछन् ।

एकीकृत समाजवादी ०७८ सालमा एमालेबाट फुटेर नयाँ दल बनेको भए पनि एमाले हुँदाकै अवस्थालाई निरन्तरता दिँदै १०औँ महाधिवेशन गर्दै छ ।

प्रकाशित मिति : ३२ जेष्ठ २०८१, शुक्रबार  ४ : ०८ बजे

कांग्रेसलाई एकढिक्का बनाउन विशेष संवाद अभियान चलाउनुपर्छ : गगन थापा

पोखरा- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई एकढिक्का बनाउन विशेष

झिनो अंकले बढ्यो नेप्से परिसूचक, कारोबार कति ?

काठमाडौँ– धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज झिनो

आन्द्रे रसेल ३३ रन बनाएर आउट

काठमाडौँ– विराटनगर किंग्सका आन्द्रे रसेल ३३ रन बनाएर आउट भएका

नेपाललाई गाभीबाट आठ अर्ब ५९ करोडको खोप सहायता

काठमाडौँ– नेपाललाई ग्लोबल एलाइन्स फोर भ्याक्सिन्स एन्ड इमुनाइजेसन (गाभी) ले

१४ औँ महाधिवेशनलाई अदालतले मान्यता नदिए बाटो अलग : एनपी साउद

काठमाडौं- नेपाली कांग्रेस अहिले गगन थापा पक्ष, शेरबहादुर देउवा पक्ष