आजका समाचार : गृहमन्त्रीका सय दिने उपलब्धि सार्वजनिक, गण्डकीमा ‘फ्लोर क्रस’ले गयो देवकोटाको पद | Khabarhub Khabarhub

आजका समाचार : गृहमन्त्रीका सय दिने उपलब्धि सार्वजनिक, गण्डकीमा ‘फ्लोर क्रस’ले गयो देवकोटाको पद


३२ जेठ २०८१, शुक्रबार  

पढ्न लाग्ने समय : 4 मिनेट


204
Shares
  • change font
  • change font
  • change font

दीर्घकालीन विद्युत् व्यापार सम्झौता कार्यान्वयन हुँदैछ : प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल–भारतबीचको दीर्घकालीन विद्युत् व्यापार सम्झौता कार्यान्वयनमा महत्त्वपूर्ण उपलब्धि हासिल हुने विश्वास व्यक्त गरेका छन् ।

हेटौंडा सबस्टेसन उद्घाटन समारोहलाई आज सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले भारत भ्रमणका क्रममा भएको दीर्घकालीन विद्युत् व्यापारको प्रारम्भिक सहमति र त्यसपछि भएको अन्तिम सम्झौताले नेपालमा रहेको अपार जलविद्युतको सम्भावनालाई विकास गर्न बजार सुनिश्चित गरेको उल्लेख गरे ।

पार्टीभित्र मनोनयन प्रणाली अन्त्य गरी प्रत्यक्ष निर्वाचन गर्छौँ :  प्रधानमन्त्री 

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा(माओवादी केन्द्र) को विधान अधिवेशनबाट प्रत्यक्ष निर्वाचन गर्ने निर्णय भएकाले आगामी दिनमा पार्टीभित्र प्रत्यक्ष निर्वाचन गर्ने र मनोनयन प्रथा अन्त्य गरिने बताएका छन् ।

अनेरास्ववियू (क्रान्तिकारी)को चौथो पूर्ण बैठकलाई आज यहाँ सम्बोधन गर्दै प्रधानमन्त्री एवं पार्टी अध्यक्ष प्रचण्डले पार्टीका सबै निकायमा निर्वाचन प्रणाली लागु गरिने बताए ।

‘विधान अधिवेशनबाट पार्टीमा प्रत्यक्ष निर्वाचन गर्ने निर्णय गरिएको छ,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘मनोनयन गर्ने प्रथा अब रहँदैन, विद्यार्थीमा पनि प्रत्यक्ष निर्वाचन हुन्छ ।’ उनले नेपालका कम्युनिस्टहरू एकताबद्ध गर्नुपर्नेमा जोड दिँदै उनले एकीकृत पार्टीको नेतृत्व आफू नेतृत्वको पार्टीले गर्न सक्नुपर्ने बताए ।

गृहमन्त्रीले सार्वजनिक गरे सय दिनका ७८ बुँदे उपलब्धि (पूर्णपाठ)

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले कार्यभार सम्हालेको १०० दिनका उपलब्धि शुक्रबार सार्वजनिक गरेका छन्।

२०८० फागुन २३ गतेदेखि दोस्रो पटक गृह मन्त्रालयको नेतृत्व लिएका उनले शुक्रबार पत्रकार सम्मेलन गरेर आफ्ना सय दिने उपलब्धि सुनाएका हुन् ।

कांग्रेस सांसदको प्रस्ताव – नयाँ संसद्‍ भवन परिसरमा मदिराको बार खोलौँ

विभिन्न अभिव्यक्तिका कारण विवादमा आइरहने नेपाली कांग्रेसका सांसद राजेन्द्र बजगाईँले सिंहदरबारभित्रको नयाँ संसद् भवनमा मदिराको बार बनाउनुपर्ने बताएका छन् ।

प्रतिनिधिसभाको शुक्रबार बसेको बैठकलाई सम्बोधनका क्रममा उनले विदेशी पाहुनाहरू आउँदा ‘सोसेलाइजेसन’ गर्न नयाँ संसद् भवनमा मदिरा बार बनाउनुपर्ने बताएका हुन् ।

गण्डकी प्रदेशसभा सदस्य देवकोटा पदमुक्त, कांग्रेस नेतृत्वको सरकार अल्पमतमा

गण्डकी प्रदेशसभामा सदस्य एवम् ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्री फणिन्द्र देवकोटा पदमुक्त भएका छन् ।

प्रदेशसभाका सभामुख कृष्णप्रसाद धितालले शुक्रबारको प्रदेशसभा बैठक सुरु हुनेबित्तिकै देवकोटाको सांसद पद गएको सूचना सुनाएका हुन् ।

एकीकृत समाजवादी गण्डकीमा सबैभन्दा कमजोर, मनाङमा ५ जना मात्रै पार्टी सदस्य

सत्ता साझेदार नेकपा एकीकृत समाजवादीको दसौँ राष्ट्रिय महाधिवेशनमा १८ सय ७८ जना प्रतिनिधिहरू सहभागी हुने भएका छन् ।

आगामी असार १६ देखि २० गतेसम्म काठमाडौंमा हुने महाधिवेशनका लागि प्रतिनिधि संख्या शुक्रबार सार्वजनिक गरिएको हो ।

राप्रपाले नेताहरूलाई तोक्यो विभिन्न विभागको जिम्मेवारी

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले नेताहरूलाई विभिन्न विभागको जिम्मेवारी दिएका छन् ।

पार्टीको विधान बमोजिम केही विभाग प्रमुखको जिम्मेवारी अध्यक्ष लिङ्देनले हेरफेर गरेका हुन् ।

उपेन्द्र यादवको दाबी- सत्ता टिकाउन प्रधानमन्त्री प्रचण्डले हाम्रो पार्टी फुटाइदिए

जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले मुलुकमा देखिएको राजनीतिक अस्थिरताको शिकार आफ्नो पार्टीलाई बनाइएको बताएका छन् ।

शुक्रबार जनकपुरमा पत्रकार सम्मेलन गर्दै अध्यक्ष यादवले राजनीतिक अस्थिरताको दौडमा राज्यको प्रयोग गरेर आफ्नो पार्टी फुटाइएको बताए ।

जनकपुरमा भारतसँग सम्बन्ध सुधार्न सुझाव, महाधिवेशनमै चीन पुग्यो जसपाको टोली

जनता समाजवादी पार्टी (जसपा) नेपालको महाधिवेशन बिहीबार जनकपुरमा समापन भएको छ ।

तर एकताको नाम दिएर गरिएको महाधिवेशनको बीचमै केही नेताहरू चीनतिर उडेका छन् ।

बागमती प्रदेश मन्त्रिपरिषद् बैठक : प्रदेश स्वास्थ्य नीति स्वीकृत

अर्थसंक्षेप : स्पन्ज आइरनको भन्सार वृद्धि मन्त्रिपरिषद्ले फिर्ता गर्नुपर्ने, असारमा ११ वाणिज्य बैंकले घटाए ब्याजदर

सप्तकोशी डेभलपमेन्ट बैंकका पूर्वसीईओ सुवेदीलाई तीन वर्ष तीन महिना कैद

सप्तकोसी डेभलपमेन्ट बैंकका पूर्वप्रमुख कार्यकारी अधिकृत (सीईओ) नवीन सुवेदीलाई ३ वर्ष ३ महिना जेल सजायको फैसला भएको छ ।

विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर तथा सदस्यहरू रामबहादुर थापा र मुरारीबाबु श्रेष्ठको इजलासले शुक्रबार सुवेदीलाई ३ वर्ष ३ महिना १८ दिन सजाय निर्धारण गरेको हो ।

राष्ट्रिय परिचय पत्रका लागि टाइम कार्डअनुसार आउन आग्रह

जिल्ला प्रशासन कार्यालय , काठमाडौँले राष्ट्रिय परिचय पत्रको विवरण दर्ता गर्न टाइम कार्ड अनुसार आउन अनुरोध गरेको छ ।

बिहिबार एक सूचना जारी गर्दै जिल्ला प्रशासन कार्यालयले अशक्त तथा जेष्ठ नागरिक लगायत सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सेवाग्राहीले अनलाइन फारममै मिति र समय बाट पालो आउने व्यवस्था गरिएको जानकारी दिँदै सोही अनुसार कार्यलयमा आउन अनुरोध गरेको छ ।

तनावपछि कावासोतीमा सहमति – मृतक तीन महिलाका परिवारलाई जनही १० लाख

बिहीबार ढल खन्ने क्रममा तीनजना महिला मजदुरको मृत्यु भएपछि बढेको तनाव हटाउन सहमति भएको छ ।

शुक्रबार मेयर विष्णुप्रसाद भुलासको घर र नगरपालिकाको कार्यालयमा तोडफोड भइसकेपछि भएको वार्ताका क्रममा दुई पक्षबीच १० बुँदे सहमति भएको हो ।

झापामा आमा र दुईजना नाबालक छोरासमेत घरभित्रै मृत भेटिए

फिस्लिङ दुर्घटना : कार चालकको उपचारको क्रममा मृत्यु

पृथ्वी राजमार्गअन्तर्गत चितवनको इच्छाकामना–३ फिस्लिङ बजार नजिकै शुक्रबार बिहान भएको सवारी दुर्घटनामा परी घाइते भएका कार चालकको मृत्यु भएको छ ।

दुर्घटनामा कार चालक कास्कीको पोखरा महानगरपालिका–५ का ३५ वर्षीय समीर ओझाको उपचारका क्रममा पुरानो मेडिकल कलेज भरतपुरमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ ।

अन्तर्राष्ट्रिय…

पश्चिममा रुसी सम्पत्ति रोक्का गर्नु ‘चोरी’ हो : पुटिन

रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले शुक्रबार विदेशमा रुसी सम्पत्ति रोक्का गर्ने कार्यलाई ‘चोरी’ को संज्ञा दिँदै यसलाई ‘दण्डित’ गरिने चेतावनी दिएका छन्  ।

जी७ का नेताहरूले बिहीबार फ्रिज भएको रुसी सम्पत्तिबाट नाफा प्रयोग गरेर युक्रेनका लागि ५० अर्ब डलरको नयाँ ऋणमा सहमति व्यक्त गरेका छन् ।

भारतमा आगलागी हुँदा चार वन अधिकारीको मृत्यु

उत्तरी भारतीय राज्य उत्तराखण्डको वन्यजन्तु आरक्षणमा भएको आगो निभाउँदा चार जना वन अधिकारीको मृत्यु हुनुका साथै अन्य चार जना जलेको अधिकारीहरूले शुक्रबार बताएका छन् ।

उत्तराखण्डको राजधानी सहर देहरादुनबाट करिब तीन सय ७० किलोमिटर पूर्वमा रहेको अल्मोडा जिल्लाको सिभिल सोयाम वन डिभिजनअन्तर्गत रहेको बिनसर वन्यजन्तु आरक्षणमा आगलागी भएको उनीहरूले बताएका छन् ।

खेलकुद…

सांसद आचार्यको आरोपप्रति क्यानको खण्डन- क्रिकेटको गरिमा घटायो

नेपाल क्रिकेट संघ (क्यान) ले नेकपा एमालेका सांसद भीम आचार्यले संसदमा टी–२० विश्वकप क्रिकेट प्रतियोगिताका सवालमा क्यानका पदाधिकारीले गरेका गलत काम कारबाहीहरूको छानबिन गर्न माग गरेकोप्रति खण्डन गरेको छ ।

क्यानका अध्यक्ष चतुर बहादुर चन्दले शुक्रबार एक विज्ञप्ति जारी गर्दै सांसद आचार्यले संसदमा नेपाली क्रिकेटको विषयमा उठाएको विषयले नेपाली क्रिकेट, संसद् र सांसदको गरिमा घटाएको उल्लेख गरेका छन् । उनले हुँदै नभएको कपोकल्पित कुरा सांसदले उठाएको बताएका छन् ।

प्रकाशित मिति : ३२ जेठ २०८१, शुक्रबार  ८ : ०२ बजे

महाधिवेशनको दस्तावेज टुङ्गो लगाउन सचिवालय बैठक आह्वान

काठमाडौं – नेकपा (एकीकृत समाजवादी) ले महाधिवेशनमा छलफल गरिने दस्तावेजमा

रुसी सेनामा कार्यरत तनहुँका एक युवाको मृत्यु

तनहुँ – तनहुँको आँबुखैरेनी गाउँपालिका–५ भोटेश्वारा घर भई हाल रुसी

दिपेन्द्र र जयन्ती सर्वोत्कृष्ट खेलाडी घोषित

कैलाली – ‘एसपिए सुदूरपश्चिम स्पोर्टस अवार्ड–२०८०’ मा नेपाल क्रिकेट टोलीका

महोत्तरी पूर्ण खोपयुक्त जिल्ला घोषणा

महोत्तरी – महोत्तरी जिल्लालाई आज पूर्ण खोपयुक्त घोषणा गरिएको छ

विपद् व्यवस्थापनमा परिचालन हुन प्रहरीलाई निर्देशन

काठमाडौं – निमित्त प्रहरी महानिरीक्षक दीपक थापाले प्राकृतिक प्रकोपबाट हुनसक्ने