आजका समाचार : सहकारी छानबिन समितिमा छलफल जारी, उपसभामुखको बचाउमा माओवादी र गाजामा इजरायली आक्रमण झन बढ्दो « Khabarhub

आजका समाचार : सहकारी छानबिन समितिमा छलफल जारी, उपसभामुखको बचाउमा माओवादी र गाजामा इजरायली आक्रमण झन बढ्दो


२९ भाद्र २०८१, शनिबार  

पढ्न लाग्ने समय : 3 मिनेट


213
Shares
  • change font
  • change font
  • change font

नेपाललाई समृद्धिको बाटोमा बढ्न नदिने प्रयास भइरहेको छ :  प्रधानमन्त्री
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई सुशासनको व्यवस्थित मार्ग समातेको देशको रूपमा अगाडि बढ्न नदिने प्रयासहरू भइरहेका बताएका छन् ।

नेकपा (एमाले)ले शनिबार बूढानीलकण्ठमा आयोजना गरेको ‘स्थानीय तहमा जनसंगठन सुदृढीकरण राष्ट्रिय कार्यशाला’ सम्बोधन गर्दै पार्टी अध्यक्षसमेत रहेका ओलीले नेपाललाई विकास र समृद्धिको बाटोमा अगाडि बढ्नै नदिने प्रयासहरू भइरहेका बताएका हुन् ।


‘नेपालमा शान्ति, सु–व्यवस्था, ल एन्ड अर्डर कायम हुन नदिने, नेपाललाई सुशासनको एउटा व्यवस्थित मार्ग समातेको देशको रूपमा अघि बढ्न नदिने प्रयासहरू भइरहेका छन्,’ ओलीले भने, ‘नेपाललाई विकास र समृद्धिको बाटोमा अगाडि बढ्नै नदिने प्रयासहरू भइरहेका छन् । यसरी नेपाली जनताको समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षालाई सफल हुनै नदिने भनेर कतिपय एउटा माहोल खडा गर्ने कोसिस भइरहेको छ ।’

सहकारी छानबिन समिति बैठक सुरु, प्रधानमन्त्री ओली पनि सहभागी

नियमसङ्गत चलाएमा सहकारीहरू डुब्दैनन् : प्रधानमन्त्री

निर्णायक राष्ट्रिय शक्ति निर्माणमा कटिबद्ध हुनुहोस् : प्रधानमन्त्री

सडक बालबालिकालाई २०८१ भित्रै सडकबाट मुक्त गर्नेछौँः प्रधानमन्त्री ओली

उपसभामुख हटाउने विषयबाट कांग्रेस–एमाले आफैं ब्याक हुन्छन् : प्रचण्ड

नयाँ दलहरूलाई कांग्रेस नेता सिटौलाको सुझाव- उत्ताउलो भएर नबोल्नुहोस्

राष्ट्रपतिद्वारा स्रष्टा अभिनन्दन तथा देउडा उत्सवको उद्‌घाटन, विभिन्न व्यक्तित्वहरू सम्मानित

१०औं राष्ट्रिय खेलकुद प्रतियोगिता निर्धारित समयमै हुन्छ : मन्त्री चौधरी

नेवाः संस्कृति नेपालको वैभवशाली संस्कृति : प्रधानमन्त्री

नेपालमा साहसिक खेलको प्रचुर सम्भावना छ: राष्ट्रपति

नारायण क्याम्पस स्ववियुमा एमालेनिकट अनेरास्ववियुको प्यानल विजयी
दैलेखको नारायण क्याम्पसमा भएको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनमा नेकपा एमालेनिकट अनेरास्ववियुको प्यानल निर्वाचित भएको छ ।

शुक्रबार भएको निर्वाचनमा अनेरास्ववियुविरुद्ध नेपाली कांग्रेस,नेकपा माओवादी केन्द्र,नेकपा एकीकृत समाजवादी , विप्लनिकट नेकपा र राप्रपानिकट विद्यार्थी संगठनहरुले गठबन्धन बनाएका थिए ।


शनिबार सम्पन्न मतगणनामा चार दलीय गठबन्धनलाई पछि पार्दै अनेरास्ववियुका हिमबहादुर बस्नेत ६ मतको अन्तरमा सभापति निर्वाचित भएका हुन् । उनले १६६ मत पाएर सभापति बिजयी हुँदा निकटतम प्रतिद्वन्द्वी गठबन्धनबाट नेविसंघका उम्मेदवार विष्णु प्रसाद कोइरालाले १५७ मत पाएका छन् ।

सुदूरपश्चिम सरकारको बजेट सोमबार सार्वजनिक हुने

स्काउटले राष्ट्र र समाजप्रति सेवाभावले काम गर्नुपर्छ : मुख्यमन्त्री कार्की

धर्मभन्दा माथि उठेर देश र जनताका निम्ति काम गर्न आवश्यक : उपराष्ट्रपति

चालु आर्थिक वर्षभित्र चन्द्रागिरिका सबै वडा ‘बालश्रममुक्त वडा’ घोषणा गरिने

सङ्खुवासभामा स्क्रब टाइफस परीक्षण गर्ने अभाव

दसैँको आगमनसँगै बढ्यो मूर्तिकारको व्यस्तता

बागलुङमा घर भत्काउने क्रममा एकको मृत्यु, ११ जना घाइते
बागलुङको बुर्तिबाङमा घर भत्काउने क्रममा च्यापिएर एक जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् । जिल्लाको ढोरपाटन नगरपालिका–१ बुर्तिबाङ बजारमा घर भत्काउने क्रममा ५५ वर्षीय बेगबहादुर विकको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक प्रताप पौडेलका अनुसार पुनः निर्माणका क्रममा एक्कासि घर भत्किँदा काम गरी रहेका घर धनी विकसहित अन्य ११ जना मजदुर घाइते भएका थिए । विकको उपचारका क्रममा बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा निधन भएको प्रहरी निरीक्षक पौडेलले जानकारी दिए।

कुपन्डोलमा मेलम्ची खानेपानीको पाइप फुट्दा भासियो सडक (तस्बिरहरू)

चौधर नदीले कटान गर्दा बेदकोटको एक बस्ती जोखिममा

दाउरा बटुल्न जाँदा महाकालीमा दुई किशोर बगे, एक जनाको शव भेटियो, एक बेपत्ता

पहिरोले बाटो भत्किँदा विद्यालय बन्द, पठनपाठन प्रभावित

गोलभेँडामा भेटियो अत्यधिक विषादी, एक क्विन्टल गोलभेँडा नष्ट गरियो

अन्तरिक्ष स्टेशनमाबाट सुनिता र बुचको पत्रकार सम्मेलन
अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनमा फसेका अन्तरिक्ष यात्री सुनिता विलियम्स र बुच विलमोरले मिडियासँग कुरा गरेका छन्।

मिडियासँग कुराकानीको क्रममा सुनिता विलियम्सले उडानको तयारी गर्दै गर्दा आफूहरू आठदिनको लागि मात्र जान लागेको भएपनि समस्या आएमा लामो समयसम्म बस्नुपर्ने हुनसक्ने अनुमान रहेको बताएकी छन् ।


अन्तरिक्ष यात्री सुनिताले भनिन्, ‘जब बुच र म यो उडानको तयारी गरिरहेका थियौं, हामीले परीक्षण उडानको बारेमा कुरा गर्यौं । हामीलाई थाहा थियो कि यो आठ दिनको लागि निर्धारित छ, हामीलाई थाहा थियो कि त्यहाँ केही चीजहरू छन् जसले हामीलाई धेरै लामो समयसम्म यहाँ राख्न सक्छ ।’

उनले भनिन्, ‘हामीले स्टारलाइनरका लागि मात्र होइन अन्तर्राष्ट्रिय अन्तरिक्ष स्टेशनका लागि पनि धेरै वर्षदेखि तालिम लिइरहेका छौं । हामी दुवैजना पहिले पनि यहाँ आएका छौं, त्यसैले हामीसँग केही अनुभव छ ।’

कश्मिरमा विधानसभा निर्वाचन नजिकिँदै गर्दा झडप बढ्दै

रुसी मिडिया च्यानल आरटीमाथि अमेरिकाको प्रतिबन्ध

रूससँगको सम्बन्ध प्रगाढ बनाउन उत्तर कोरिया प्रतिबद्ध

गाजामा इजरायली आक्रमण, एकै परिवारका ११ जनाको मृत्यु

सुडानका महिला तथा बालबालिकालाई विशेष सुरक्षा आवश्यक : राष्ट्रसङ्घ

चीन र माल्दिभ्सबीच ऋणसम्बन्धी नयाँ सम्झौता

प्रकाशित मिति : २९ भाद्र २०८१, शनिबार  ७ : ५९ बजे

मनसुनजन्य विपद् न्यूनीकरणमा समन्वय तीव्र : प्राधिकरण

काठमाडौं– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मनसुनजन्य विपद्को

मधेश प्रदेशसभा : बजेटलगायतका समस्या समाधान गर्न कार्यदल गठन

जनकपुरधाम– मधेश प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटलगायतका विषयमा

नगर प्रहरी नदेखिएपछि न्युरोडको फुटपाथ फेरि अस्तव्यस्त (तस्बिरहरू)

काठमाडौं– केही दिनअघिसम्म काठमाडौं महानगरपालिकाका नगर प्रहरी नियमित रूपमा सडकमा

इरान–अमेरिका तनावबीच ओमान नजिक जहाजमा आक्रमण, १० भारतीयको उद्धार

मस्कट- इरान–अमेरिका तनावकाबीच ओमान नजिक व्यावसायिक जहाजमाथि भएको आक्रमणमा परेका

दुर्गा प्रसाईंको दाबी : वालेन्द्रको सरकार दशैँसम्म जाँदैन, टिकाएर देखाओ

काठमाडौं- ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’का संयोजक