निर्मला प्रकरण टुङ्ग्याउन नयाँ शिराबाट अनुसन्धान गर्दै सीआईबी « Khabarhub

निर्मला प्रकरण टुङ्ग्याउन नयाँ शिराबाट अनुसन्धान गर्दै सीआईबी


२९ कार्तिक २०८१, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


768
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- निर्मला पन्त हत्या प्रकरणमा विभिन्न अनुसन्धान गर्न एक महिनादेखि प्रहरीले नयाँ प्रक्रियाबाट अनुसन्धान गरिरहेको छ ।

कञ्चनपुरको भीमदत्तनगरकी १३ वर्षीया पन्तको बलात्कारपछि हत्या प्रकरणमा अनुसन्धान गर्न एक महिनाअगाडिबाट नयाँ प्रक्रियाबाट अनुसन्धान अघि बढाएको हो ।

केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) का प्रमुख एवम् एआईजी दीपक थापाको नेतृत्वमा टोली बनाएर अनुसन्धान अघि बढाइएको हो । सीआईबी प्रवक्ता एवम् प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले नयाँ प्रक्रियाबाट अनुसन्धान अघि बढाइएको पुष्टि गरेका छन् ।

बोगटीका अनुसार नयाँ शिराबाट छानबिन र अनुसन्धान अघि बढेको छ। अनुसन्धा टोलीमा एआईजी थापासहित, प्रवक्ता बोगटी र एसएसपी भूपेन्द्र खत्री छन् ।

बोगटीले भने, ‘हामीले थप अनुसन्धान गरिरहेका छौँ । निचोड निस्किने गरी लागेका छौँ । अहिले सूरु देखिका प्रतिवेदन अध्याय गरिरहेका छौँ ।’

कञ्चनपुरको भीमदत्त नगरपालिका-२ उल्टाखामकी १३ वर्षीया बालिका पन्तको बलात्कारपछि हत्या भएको ६ वर्ष बितिसकेको छ।

२०७५ साउन १० गते साथी रोशनी बमको घर गएकी निर्मलाको शव त्यसको भोलिपल्ट बिहान सालघारीको खोला किनारस्थित उखुबारीमा फेला परेको थियो ।

घटनापछि दोषीलाई कारबाही माग गर्दै लामो समय आन्दोलन भयो । त्यही आन्दोलनका कारण पनि प्रहरीको अनुसन्धान प्रभावित भयो । प्रहरीले घटनामा संलग्न भएको आशंकामा एक सयभन्दा बढीलाई नियन्त्रणमा लिएर अनुसन्धान गरेको थियो । तर कुनै निचोड निस्किन सकेन ।

सरकारले घटनामा संलग्नको अझै पनि पहिचान गर्न सकेको छैन । निर्मलाको परिवारले अपराधी पत्ता लाग्ने आश मारिसकेको अवस्थामा फेरि अनुसन्धान सुरु भएको हो ।

निर्मलाको बलात्कारपछि हत्या प्रकरण सडकदेखि सदनसम्म पुगेको थियो । दोषीलाई कारबाही माग राख्दै भएको आन्दोलनमा सन्नी खुनाले ज्यान गुमाए । अहिलेसम्म घटनामा संलग्नको पहिचान नहुँदा पीडित परिवार तनावमा छन् ।

यसैबीच निर्मलाको बलात्कारपछि हत्या प्रकरणमा टेलिभिजन अन्तर्वार्तामा सनसनीपूर्ण कुरा बोलेर गोरखाका नवराज अर्याल चर्चामा आएका छन् । उनले सोमबार एक टेलिभिजन कार्यक्रममा निर्मलाको हत्या हुँदा आफूले देखेको बताएका थिए ।

यस प्रकरणमा सीआईबीले प्रस्तोता ऋषि धमलासँग पनि सोधपुछ गरेको छ। अर्यालले विवादित अभिव्यक्ति दिएपछि मंगलबार र बुधबार दुई पटक नियन्त्रणमा लिएर प्रहरीले सोधपुछ गरेको छ । उनलाई बिहीबार हाजिर जमानीमा छाडिएको छ ।

प्रकाशित मिति : २९ कार्तिक २०८१, बिहीबार  २ : ५१ बजे

पर्वतमा बाढीपहिरोबाट तीन सय परिवार विस्थापित

पर्वत– पर्वतमा बाढीपहिरोबाट तीनसय परिवार विस्थापित भएका छन् । जिल्लाभर

देउवाबाट गगनको निम्तो अस्वीकार, महाधिवेशनमा नजाने

काठमाडौँ– नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा संस्थापन पक्षको आजबाट सुरु

कांग्रेसको महाधिवेशनस्थल खुलामञ्च (तस्बिर)

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशन आजदेखि काठमाडौँको खुलामञ्चमा सुरु

यूईएफए नेसन्स लिग : चेकियामाथि स्पेनको सहज जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा स्पेनले चेकियालाई हराएको छ । गएराति

बागलुङको गलकोटमा प्राकृतिक विपत्ति, ६३ घरमा क्षति

बागलुङ– गलकोट नगरपालिका क्षेत्रमा असोज ९, १० र ११ गतेको