मनकामनादेखि गोरखकालीसम्मको म्याराथन दौड प्रतियोगिताको उपाधि रावतलाई « Khabarhub

मनकामनादेखि गोरखकालीसम्मको म्याराथन दौड प्रतियोगिताको उपाधि रावतलाई


२९ मंसिर २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


816
Shares
  • change font
  • change font
  • change font

गोरखा – गोरखाको प्रसिद्ध धार्मिकस्थल मनकामना मन्दिरदेखि गोरखकाली मन्दिरसम्मको म्याराथन दौड प्रतियोगिताको उपाधि नेपाली सेनाका करन रावतले जितेका छन् । आज सम्पन्न प्रतियोगितामा निर्धारित ४२ किलोमिटर एक सय ९५ मिटर दूरी उनले दुई घण्टा ३६ मिनेट ७ सेकेण्डमा पूरा गर्दै पहिलो हुन सफल भएका हुन् ।

उपाधि विजेता रावतले रु एक लाख ५० हजारसहित मेडल र प्रमाणपत्र प्राप्त गरे । यस्तै प्रतियोगितामा नेपाली सेनाकै हेमलाल श्रेष्ठले निर्धारित दूरी दुई घण्टा ४० मिनेट ४४ सेकेण्डमा पूरा गरेर दोस्रो भए । उनले  एक लाखसहित मेडल र प्रमाणपत्र प्राप्त गरेको आयोजक जिल्ला खेलकुद विकास समिति गोरखाका अध्यक्ष शान्तासिंह बस्नेतले जानकारी दिइन्।

प्रतियोगितामा नेपाली सेनाका गजेन्द्र राई तेस्रो भए । उनले निर्धारित दूरी दुई घण्टा ४४ मिनेट ६ सेकेण्डमा पूरा गर्दै ७५ हजारसहित मेडल र प्रमाणपत्र हात पार्न सफल भए ।

खेलकुदको माध्यमबाट गोरखाको पर्यटन प्रवर्द्धनमा टेवा पुर्‍याउने उद्देश्यसहित जिल्ला खेलकुद विकास समितिले दुईवटा धार्मिक स्थललाई जोडेर म्याराथन दौड प्रतियोगिता आयोजना गरिएको हो ।

प्रकाशित मिति : २९ मंसिर २०८१, शनिबार  ६ : ३० बजे

उम्मेदवारलाई मतदाताको सुझाव : वन्यजन्तु-मानव द्वन्द्व व्यवस्थापन गर्नुहोस्

काठमाडौं– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि बर्दिया क्षेत्र नं २

पाकिस्तानमा सडक दुर्घटना: ४ जनाको मृत्यु, २७ घाइते

इस्लामाबाद– पूर्वी पाकिस्तानमा शुक्रबार भएको सडक दुर्घटनामा ४ जनाको मृत्यु

चुनावी मैदानमा नवयुवा : समयको माग कि उत्तेजनाको सौदाबाजी ?

काठमाडौं– देशमा जेन–जी पुस्ताले थालेको आन्दोलन राजनीतिक असन्तुष्टिको एउटा क्षणिक

नेपाली फिल्म नचल्दा हलिउड ‘अवतार’ मा झुम्मिए दर्शक, ‘बोर्डर २’ को राम्रो सुरूवात

काठमाडौं – कात्तिक १४ मा प्रदर्शनमा आएको ‘परान’ यता प्रदर्शनमा

दोलखामा गर्माउँदै चुनावी माहौल, कांग्रेसका शिवाकोटीलाई पहिलो अवर

दोलखा– दोलखामा फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनको सरगर्मी