दक्षिण कोरियाको आधा जनसङ्ख्या सियोल क्षेत्रमा « Khabarhub

दक्षिण कोरियाको आधा जनसङ्ख्या सियोल क्षेत्रमा


३ फाल्गुन २०८०, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


147
Shares
  • change font
  • change font
  • change font

सियोल दक्षिण कोरियाको कूल जनसङ्ख्याको आधाभन्दा बढी सियोल क्षेत्रमा रहेको बिहीबार सार्वजनिक सरकारी तथ्यांकले देखाएको छ ।

सरकारी तथ्यांकलाई उद्धृत गर्दै योनहाप समाचार एजेन्सीले लेखेको छ, ‘देशको कूल जनसङ्ख्याको आधा सङ्ख्या सियोल महानगरीय क्षेत्रमा बसोबास गर्ने र आधाभन्दा बढी रोजगार व्यक्ति पनि सोही क्षेत्रमा बसोबास गर्ने गरेका छन् ।’

राजधानी सियोल, यसको आसपासको ग्योन्गी प्रान्त र पश्चिमी शहर इन्चोनमा दर्ता भएका बासिन्दाहरूको सङ्ख्या डिसेम्बर २०२३ को अन्त्यसम्ममा दुई करोड ६० लाख १४ हजार २६५ रहेको थियो । यो कूल जनसङ्ख्याको ५०.७ प्रतिशत हो ।

हालैका वर्षहरूमा सियोलमा बसोबास गर्ने नागरिकको सङ्ख्या घट्दो क्रममा रहेको भएपनि ग्योन्गी र इन्चोनमा बसोबास गर्नेको सङ्ख्यामा वृद्धि भएको छ । 

सन् २०१९ मा महानगरको कूल जनसङ्ख्याको अनुपात ५०.० प्रतिशत रहेकोमा सन् २०२१ मा ५०.४ प्रतिशत र सन् २०२३ मा ५०.७ प्रतिशत पुगेको छ ।

महानगरीय क्षेत्रमा बसोबास गर्ने कर्मचारीहरूको सङ्ख्या डिसेम्बर २०२३ को अन्त्यमा करिब एक करोड ४४ लाख ८० हजार पुगेको थियो । यो देशको संयुक्त कामदारहरूको ५१.६ प्रतिशत हो । 

महानगरीय क्षेत्रमा आधारित व्यवसायले सन् २०२२ मा देशको कूल व्यवसायको ४९.१ प्रतिशत ओगटेको थियो । 

प्रकाशित मिति : ३ फाल्गुन २०८०, बिहीबार  ४ : ३७ बजे

चालिस माइक्रोनभन्दा कमका प्लास्टिक झोला बिक्रीवितरण गर्नेलाई कारबाही

काठमाडौं– प्लास्टिकको अत्यधिक उत्पादन र बिक्री वितरणका कारण वातावरण संरक्षणमा

आजको मौसम : तराईका अधिकांश स्थानमा हुस्सु लाग्ने

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

माघ ३ गतेदेखि आचारसंहिता लागू हुने

काठमाडौं– निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई स्वच्छ मर्यादत बनाउने लक्ष्यका

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौं– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

आज २०८२ साल पुस २६ गते शनिबारको राशिफल

काठमाडौं– आज २०८२ साल पुस २६ गते शनिबार तदनुसार सन्