आजका समाचार : माओवादीको विधान पारितदेखि ललिता निवास जग्गा प्रकरणसम्म | Khabarhub Khabarhub

आजका समाचार : माओवादीको विधान पारितदेखि ललिता निवास जग्गा प्रकरणसम्म


३ फाल्गुन २०८०, बिहीबार  

पढ्न लाग्ने समय : 4 मिनेट


873
Shares
  • change font
  • change font
  • change font

 दिनभर आजमा माओवादीको विधान पास, ललिता निवास जग्गा प्रकरण  : रामकुमार सुवेदी र शोभाकान्त ढकालसहित १२ जना दोषी ठहर, एमालेको केन्द्रीय कमिटी बैठक आह्वान, कांग्रेस कार्यसमिति बैठक लम्बियो, तीन प्रस्तावमा शुक्रबार र शनिबार छलफल हुने,  निर्वाचन आयोगको दलहरूलाई १५ बुँदे निर्देशन, म्याद गुर्जेको औषधि बेच्ने दुईवटा फार्मेसी बन्द, शीर्षक्रमका ब्याट्सम्यान नचल्दा नेपालको हार, पानामा तटमा डुंगा पल्टिंदा चार जनाको मृत्यु, सात बेपत्ता लगायत रहने छन् । 

माओवादीको विधान पास
नेकपा माओवादी केन्द्रको प्रथम विधान अधिवेशनले पार्टीको विधान पास गरेको छ ।

प्रधानमन्त्री एवं पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यही फागुन १ गते प्रस्तुत गरेको विधान मस्यौदामाथि समूहहरूबाट आएको छलफललाई समेटेर विधान पास गरेका हुन् । मङ्गलबारदेखि काठमाडौँको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा सुरु भएको अधिवेशनमा सहभागीलाई विभिन्न २० समूहमा विभाजन गरिएको थियो । ती समूहबाट आएको सुझावलाई संकलन गरेर विधान पास गरिएको बताइएको छ ।

माओवादी केन्द्रको प्रथम विधान अधिवेशनमा समूहगत छलफलबाट सुझाव संकलन गर्ने कार्य सम्पन्न भएपछि पदाधिकारी बैठक बसेको थियो ।

प्रत्यक्ष निर्वाचनको विधिबाटै पदाधिकारी चयन गर्ने निष्कर्षमा पुगेँ : प्रचण्ड

माओवादी महाधिवेशन प्रतिनिधि बन्न १० वर्षको अनुभव हुनुपर्ने

माओवादीले पार्टीभित्र गुटबन्दी गरेमा कारबाही गर्ने

यस्तो छ माओवादीको विधान (पूर्णपाठसहित)

विधानबारे पदाधिकारीबीच छलफल जारी, सहमति जुटेपछि अध्यक्षले सार्वजनिक गर्ने

माओवादी अधिवेशन : अध्यक्षको विधान मस्यौदामाथि सुझाव संकलन सकियो

माओवादी पार्टीको नाम नफेरिने, चिह्न फेर्न प्रचण्ड पनि लचिलो

उच्च शिक्षाका लागि नेपालबाट हुँदै आएको आर्थिक बहाव रोक्नुपर्छ: प्रधानमन्त्री

ललिता निवास जग्गा प्रकरण  : रामकुमार सुवेदी र शोभाकान्त ढकालसहित १२ जना दोषी ठहर
विशेष अदालतले ललिता निवास जग्गा प्रकरणमा रामकुमार सुवेदी र शोभाकान्त ढकालसहित १२ जनालाई दोषी ठहर गरेको छ ।

विशेष अदालतका न्यायाधीशहरु डा. खुसीप्रसाद थारु, रितेन्द्र थापा र रामबहादुर थापाको इजलासले ललिता निवासको जग्गा प्रकरणमा उनीहरूलाई दोषी ठहर गरेको हो ।


यस्तै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेकामध्ये ६५ जनासँग जग्गा जफत गर्न माग गरेको थियो।

विशेष अदालतले अख्तियारको मागदाबीअनुसार नै उक्त जग्गा जफत हुने फैसला सुनाएको छ।

ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा नामसारी गरेर भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदारसहित ३ मन्त्री, उच्च पदस्थ सरकारी कर्मचारी र जग्गाधनीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो ।

बालुवाटार जग्गा प्रकरण : नेताहरुलाई सफाई, कर्मचारी र विचौलिया दोषी ठहर

बालुवाटार प्रकरण : विजयकुमार गच्छदारले पाए सफाइ

ललितानिवास प्रकरण : तत्कालीन सचिव दीप बस्न्यात दोषी ठहर

बालुवाटार प्रकरण : भाटभटेनीका मालिक गुरुङलाई २ वर्ष कैद सजाय

एमालेको केन्द्रीय कमिटी बैठक आह्वान
नेकपा एमालेले फाल्गुन ८ गतेदेखि केन्द्रीय कमिटीको बैठक आह्वान गरेको छ ।

पार्टी कार्यालय च्यासलमा बिहीबार बसेको एमाले सचिवालय बैठकले फागुन ८ देखि १० गतेसम्म बस्नेगरी बैठक बोलाउने निर्णय गरेको हो । बैठकमा राजनीतिक स्थिति समीक्षा गर्नुका साथै संगठनात्मक कामका बारेमा छलफल हुने महासचिव शंकर पोखरेलले जानकारी दिए ।


सचिवालय बैठकले केन्द्रीय कमिटीको एजेण्डा तयार गरेको उनले बताए । मिसन ग्रासरुटको प्रतिवेदन, मध्यपहाडी लोकमार्ग केन्द्रित अभियान लगायतका विषयमा पनि केन्द्रीय कमिटीमा छलफल हुने महासचिव पोखरेलले जानकारी दिए ।

एमाले बैठक : पार्टी कार्यालय बनाउन कार्यकर्ताबाट पैसा उठाउने

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक दुई दिनसम्म चल्ने, चार प्रतिवेदन पारित हुने

कांग्रेस महासमिति बैठक : निःशुल्क बस सेवा सञ्चालन गरिने

कांग्रेस कार्यसमिति बैठक लम्बियो, तीन प्रस्तावमा शुक्रबार र शनिबार छलफल हुने

कांग्रेस बैठक : महामन्त्री थापाले पेस गरे ४६ पृष्ठको प्रतिवेदन

निर्वाचन आयोगको दलहरूलाई १५ बुँदे निर्देशन
निर्वाचन आयोगले राजनीतिक दलहरूलाई १५ बुँदे निर्देशन दिएको छ ।

बिहीबार बसेको आयोगको बैठकले निर्वाचन आयोगमा दर्ता भएका सबै राजनीतिक दलहरूलाई १५ बुँदे निर्देशन दिएको हो ।


राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ५७ बमोजिम पार्टी कमिटी, पद, पदाधिकारी हेरफेर, सदस्यता लगायतका विषयमा निर्देशन दिएको आयोगका सहायक प्रवक्ता डा. थानेश्वर भुसालले जानकारी दिए ।

म्याद गुर्जेको औषधि बेच्ने दुईवटा फार्मेसी बन्द

मुलुक समृद्धि बनाउन राष्ट्रिय सहमति आवस्यक : सभामुख घिमिरे

खेलकुद…

आईसीसी क्रिकेट विश्वकप लिग २ को पहिलो खेलमा नामिबियासँग हार्‍यो नेपाल
आईसीसी क्रिकेट विश्वकप लिग २ को पहिलो खेलमा नेपाल नामिबियासँग ४ विकेटले पराजित भएको छ । कीर्तिपुर स्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको नेपालले दिएको १३३ रनको लक्ष्य नामिबियाले ३३ ओभरमा भेट्टायो ।

बलिङमा नेपालका सोमपाल कामीले तीन विकेट लिए । ललितराज वंशीले दुई विकेट लिँदा रोहित पौडेलले एक विकेट लिए ।

शीर्षक्रमका ब्याट्सम्यान नचल्दा नेपालको हार

अन्तर्राष्ट्रिय…

प्रदूषण बढेपछि बैंककमा घरबाटै काम गर्न आग्रह
थाइल्याण्डको राजधानी बैंककमा बिहीबार धुवाँको बाक्लो तह फैलिएपछि हानिकारक वायु प्रदूषणबाट बच्न बैंकक शहरका कर्मचारीहरूलाई घरबाट काम गर्न भनिएको छ ।

करिब एक करोड १० लाख जनसङ्ख्या रहेको यस शहरमा कामदारहरूलाई प्रदूषणबाट बच्नका लागि शहरका अधिकारीहरूले कम्तीमा शुक्रबारसम्म सकेसम्म घरबाट नै आफ्नो सेवा प्रवाह गराई सहयोग गर्न त्यहाँका सरकारी अर्ध–सरकारी, निजी कार्यालय सङ्घसंस्था र रोजगारदाताहरूसँग आग्रह गरेका छन् । वायु निगरानी गर्ने वेबसाइट आईक्यूएयरले बिहीबार बिहान बैंककलाई विश्वका १० सबैभन्दा प्रदूषित शहरको सूचीमा राखेको छ ।

पानामा तटमा डुंगा पल्टिंदा चार जनाको मृत्यु, सात बेपत्ता

जापानलाई उछिन्दै जर्मनी बन्यो विश्वको तेस्रो ठूलो अर्थतन्त्र

दक्षिण कोरियाको आधा जनसङ्ख्या सियोल क्षेत्रमा

इजरायलले राफाहमा आक्रमण बढाए सङकट उत्पन्न हुने डब्लुएचओको चेतावनी

श्रीलंकाबाट फरार ४२ अपराधीलाई पक्राउ गर्न इन्टरपोलमार्फत पक्राउ पुर्जी जारी

प्रकाशित मिति : ३ फाल्गुन २०८०, बिहीबार  ८ : १२ बजे

चितवनमा ६४ जनामा डेङ्गु सङ्क्रमण

चितवन– चितवनमा ६४ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ । तीन

मनाङबाट ३२ किलो यार्सागुम्बा निकासी

मनाङ– मनाङको तल्लो क्षेत्रमा यार्सागुम्बा सङ्कलन कार्य सम्पन्न भएको छ

म्याग्दीको रुममा चारसय परिवारलाई खानेपानी

म्याग्दी– म्याग्दीको मालिका गाउँपालिका–२ रुममा ‘एक घर, एक धारा’ सहितको

काठमाडौं उपत्यका : एकै दिन घुम्न सकिन्छ सात सम्पदा

काठमाडौं – खुला संग्रहालयको रुपमा विश्वसामु परिचित काठमाडौं उपत्यका जहाँ

तीन दशकपछि सडक कालोपत्र

तनहुँ– करिब तीन दशकअघि रेखाङ्कन गरिएको तनहुँको भानु नगरपालिकास्थित कालीमाटीदेखि