रोहितको शतकले पनि जोगिएन मुम्बई : चेन्नई २० रनले विजयी « Khabarhub

रोहितको शतकले पनि जोगिएन मुम्बई : चेन्नई २० रनले विजयी


३ बैशाख २०८१, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


951
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इन्डियन प्रियमर लिग (आईपिएल) अन्तर्गत गएराति भएको खेलमा चेन्नई सुपर किंग्सले मुम्बई इन्डियन्समाथि २० रनको शानदार जित निकालेको छ।

टस जितेर सुरुमा चेन्नईलाई ब्याटिङको निम्तो दिएको मुम्बईले २०७ रनको लक्ष्य पाएको थियो। अन्तिम ओभरमा चार बल खेल्दै महेन्द्रसिंह ध्वनीले हार्दिक पाण्डेयको बलमा लगातार तीन छक्कासहित २० रन जोडेपछि ४ विकेटको क्षतिमा चेन्नईले २०६ रनको विशाल योगफल बनाएको थियो। २०७ रनको लक्ष्य पछ्याउनेक्रममा रोहित शर्माले शतकीय इनिङ खेले पनि मुम्बई ६ विकेटको क्षतिमा १८६ रनमा समेटिएको हो।

तीन ओभर बलिङ गरेका मुम्बईका कप्तान पाण्डेयले २ विकेट लिएर ४३ रन खर्चिए। मुम्बईका लागि हार्दिकले बलिङ गरेको अन्तिम ओभरको चार बल घातक भयो। अन्तिम ओभरमा १ विकेट लिए पनि उनले ध्वनीलाई तीन बलमा लगातार छक्का दिए। हार्दिकको बलिङमा मात्र चार बल खेलेका ध्वनीले २० रन बनाएका थिए। हार्दिकले उनले ब्याटिङतर्फ ६ बल खेल्दै २ रनमात्र जोडे।

सुरुमा ब्याटिङ गरेको चेन्नईका लागि कप्तान रुतुराज गायकवाड र शिवम दुबेले अर्धशतकीय इनिङ खेले। कप्तान रुतुराजले ४० बलमा ६९ रन बनाउँदा दुबेले नटआउट ३८ बलमा ६६ रन बनाए। ध्वनीले नटआउट ४ बलमा २० रन बनाउँदा रचिन रविन्द्र २१, डेरिल मिचेल १७ रन बनाए। ओपनर अजिंक्य रहाणे ५ रनमा आउट भएका थिए।

महेन्द्रसिंह ध्वानी ।

मुम्बईका लागि हार्दिक पाण्डेयले दुई विकेट लिँदा श्रेयस गोपाल र जिराल्ड कोटेजले एकएक विकेट हात पारे।

२०७ रनको चुनौती पछ्याउनेक्रममा मुम्बईका लागि ओपनर रोहित शर्माले नटआउट ६३ बलमा ५ छक्का र ११ चौकाको मद्दतमा १०५ को शतकीय इनिङ प्रहार गरे। उसका लागि दिलक बर्मा ३१ र इशन किसनले २३ रन जोडे। अन्य ब्याट्सम्यानले भने दोहोरो अंक जोड्न सकेनन्।

मुम्बईलाई सस्तैमा समेट्न चेन्नईका माथीशा पाथिरानाले एक्लै चार विकेट लिए। उनले मात्र २८ रन खर्चिएर चार विकेट हात पारेका हुन्। उसका लागि तुषार देशपाण्डे र मुस्ताफिर रहमानले एकएक विकेट हात पारे।

रोहित शर्मा ।

यो हारसँगै मुम्बई ६ खेलमा दुई जित, चार हार व्यहोर्दै आठौं स्थानमा समेटिएको छ। चेन्नई भने ८ अंकसहित तेस्रो स्थानमा छ। दोस्रो स्थानको कलकत्ता किंग्स राइजर्ससँग समान अंक भए पनि रनरेटको आधारमा चेन्नाई तेस्रो स्थानमा पुगेको हो।

आईपिएल अन्तर्गत सोमबार एक खेल हुँदैछ। साँझ ७:४५ मा सुरु हुने खेलमा आरसिबी र सनराइजर्स हैदरावादले प्रतिस्पर्धा गर्नेछन्।

प्रकाशित मिति : ३ बैशाख २०८१, सोमबार  ६ : १७ बजे

मर्स्याङ्दी नदीको बाढीले तालगाउँ फेरि डुबानमा

पोखरा– लगातारको अविरल वर्षाका कारण मर्स्याङ्दी नदीमा आएको बाढीले मनाङको

नारायणी नदीले खतराको तह पार गर्यो: जलसतह ११ मिटर पुग्यो, चितवन र नवलपरासीमा उच्च सतर्कता

काठमाडौँ – अविरल वर्षाका कारण नारायणी नदीमा पानीको बहाव बढेर

नारायणगढ–मुग्लिन खण्डको सिमलतालमा सडक भासियो

चितवन — नारायणगढ–मुग्लिन सडक खण्ड अन्तर्गत सिमलतालमा त्रिशूली नदीको कटानका

तिनाउ नदीमा आएको बाढीले बुटवलमा ६ घर बगायो, बस्ती जोखिममा (तस्बिर)

बुटवल– रुपन्देहीको तिनाउ नदीमा आएको बाढीले बुटवल उपमहानगरपालिका– ११ टप

डायस्पोरालाई नेपालको आर्थिक रूपान्तरणको साझेदार बनाउने सरकारको नीति : परराष्ट्रमन्त्री खनाल

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालले नेपाली डायस्पोरालाई नेपालको आर्थिक रूपान्तरणका