एमाले चन्द्रपुरको अध्यक्षमा शिव आचार्य विजयी « Khabarhub

एमाले चन्द्रपुरको अध्यक्षमा शिव आचार्य विजयी


३ बैशाख २०८१, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


57
Shares
  • change font
  • change font
  • change font

चन्द्रपुर– नेकपा एमाले चन्द्रपुरको अध्यक्षमा शिव आचार्य विजयी भएका छन् । नेकपा एमाले चन्द्रपुर नगर कमिटीको पदाधिकारी चयनका लागि आइतबार निर्वाचन भएको थियो । 

अध्यक्षका उम्मेदवार शिव आचार्यले १३९ मत प्राप्त गर्दा अध्यक्षका अर्का उम्मेदवार राम बहादुर घलानले ३४ मत प्राप्त गरेका थिए । 

त्यस्तै उपाध्यक्ष पदमा लाल बहादुर दोङ निर्वाचित भएका छन् दोङले १५१ मत प्राप्त गर्दा अर्का उपाध्यक्षका उम्मेदवार रवि रानाले ३० मत प्राप्त गरेका थिए । त्यस्तै उप सचिव पदमा जयनारायण साहले १४७ मत ल्याउँदै विजयी भएका छन् । 

अर्का उप सचिवका उम्मेदवार डोलबहादुर ठाडा मगरले ३४ मत प्राप्त गरेका थिए । त्यस्तै सचिव पदमा राम शिहासन यादव निर्विरोध निर्वाचित भएका थिए । उप सचिव पदमा समेत सरिता पाण्डे निर्विरोध निर्वाचित भएकी थिइन् । 

नेतृत्व चयनका लागि सर्वसम्मत प्रयास भएको भएपनि त्यसो हुन नसकेपछि निर्वाचन प्रक्रियाबाट पदाधिकारी चयन भएको निर्वाचन कमिटीका सदस्य रमेश तिमल्सिनाले जानकारी दिएका    छन् । 

नेकपा एमाले चन्द्रपुरको पदाधिकारी चयनमा सर्वसम्मत हुन नसक्नुले नेकपा एमाले चन्द्रपुरमा स्पष्ट दुई धार देखा परेको छ । 

अध्यक्षमा निर्वाचित आचार्य यस पटक निर्वाचित भएसँगै तेस्रो कार्यकालका लागि अध्यक्ष भएका हुन । उनी नेकपा एमाले रौतहटको सचिव पदमा पराजित भएपनि पुन नगर अध्यक्ष भएका हुन । 

प्रकाशित मिति : ३ बैशाख २०८१, सोमबार  १ : १५ बजे

आत्मदाह गरेका गणेशको परिवारलाई काठमाडौँ महागनरले रोजगारी र सन्ततिलाई निःशुल्क शिक्षा दिने

काठमाडौँ । काठमाडौँ महानगसपालिकाले आत्मदाहपछि उपचारको क्रममा वीर अस्पतालमा ज्यान

९ कन्सल्टेन्सी सञ्चालक पक्राउ

काठमाडौँ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले ९ जना कन्सल्टेन्सी

तस्करीमा संलग्नलाई समात्न प्रहरीले चलायो गोली

काठमाडौँ । रुपन्देहीमा तस्करीमा संलग्नलाई पक्राउ गर्न प्रहरीले गोली चलाएको

फुटपाथ, पार्किङ र सडक सुरक्षा सुधार्न राष्ट्रियस्तरको अधिकार सम्पन्न निकाय आवश्यकः गगन थापा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सडक सुरक्षा, फुटपाथ

नेपालले घरेलु मैदानमा भारत ‘ए’सँग तीन खेलको टी–२० सिरिज खेल्ने

काठमाडौं – नेपालले यसै वर्ष घरेलु मैदानमा भारत ‘ए’ टोलीसँग