ओटीटीमा ‘चपली हाइट ३’ « Khabarhub

ओटीटीमा ‘चपली हाइट ३’


२ जेठ २०८१, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली फिल्म ‘चपली हाइट ३’ ओटीटी प्लेटफर्म ‘सिनेमाघर एप’ मा  सार्वजनिक भएको छ । कोरोनाका कारण सिनेमा हलहरुमा दुई पटक प्रदर्शनमा आएको यो फिल्म मंगलबार एपमार्फत सार्वजनिक गरिएको हो । 

२०७८ पुष ३० गते हलमा रिलिज भएको र तीन दिनमा नै कोभिड-१९ को महामारीले लकडाउन भएपछि यो चलचित्र दोस्रो पटक फागुन २०७८ मा रिलिज भएको थियो । सो समयमा पनि दर्शकले कोभिड खोप कार्ड अनिवार्य लिएर हल जानुपर्ने भएपछि पुनः समस्या आएको थियो । 

सो समयमा निकै चर्चामा रहेको यो चलचित्र अब भने सिनेमाघर एपमार्फत सजिलै हेर्न सकिने छ। यस फिल्ममा स्वस्तिमा खड्का, अर्पण थापा, महेश त्रिपाठी, लक्ष्मी वर्देवा, दीपाश्री निरौला लगायतको अभिनय छ। 

सस्पेन्स-थ्रिलर जनरामा बनेको चलचित्रका निर्माता अर्जुन कुमार हुन् । यो चलचित्र चर्चित चलचित्र सिरिज ‘चपली हाइट’को तेस्रो शृङ्खला हो। यसअघि सिनेमाघर एपमा ‘जय भोले’, ‘कबड्डी ४,’ ‘महापुरुष,’ ‘जारी’, ‘पानी फोटो’ जस्ता बहुचर्चित चलचित्रहरू सार्वजनिक भएका छन् । 

सिनेमाघर एप सबै प्रकारका स्मार्ट डिभाइसमा एप उपलब्ध रहेका छन् । एपमा उपलब्ध चलचित्रहरू  डिजिटल वालेट र विदेशबाट गुगल पे, पेपल, डेबिट-क्रेडिट कार्डबाट पैसा तिरेर हेर्न सकिन्छ साथै, गुगल प्लेबाट सिधा पेमेन्ट गर्न सकिन्छ।

‘चपली हाइट ३’ हेर्न  दुई सय रकम तिर्नुपर्ने हुन्छ । 

प्रकाशित मिति : २ जेठ २०८१, बुधबार  ७ : २५ बजे

कांग्रेस विशेष महाधिवेशन : प्रतिनिधिको नाम दर्ता आज पनि जारी

काठमाडौं– नेपाली कांग्रेसका महामन्त्रीद्वयको अगुवाइमा आइतबारदेखि सुरु भएको विशेष महाधिवेशनमा

शुक्लाफाँटा नगरपालिकाद्वारा ६ महिनामा ७१ लाखभन्दा बढी राजस्व सङ्कलन

कञ्चनपुर– कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाले चालु आर्थिक वर्ष २०८२–०८३ को पहिलो

कांग्रेस विशेष महाधिवेशनमा बन्दसत्र सुरु हुँदै, यस्तो छ कार्यतालिका

काठमाडौं– नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन अन्तर्गत आज बन्द सत्र

कांग्रेस सभापति देउवा भृकुटीमण्डप नजाने

काठमाडौं – सामाजिक संजालमा केही व्यक्तिले कांग्रेस सभापति देउवा विशेष

विशेष महाधिवेशनका प्रतिनिधिको आवाजप्रति देउवा कति सकारात्मक, के छ सहमतिको आधार ?

काठमाडौं – नेपाली कांग्रेसका दुई महामन्त्री गगन थापा र विश्वप्रकाश