प्रचण्ड सरकारको उपलब्धि १०० दिन टिक्नु हो : राजेन्द्र लिङदेन « Khabarhub

प्रचण्ड सरकारको उपलब्धि १०० दिन टिक्नु हो : राजेन्द्र लिङदेन


१ असार २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


603
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले प्रचण्ड नेतृत्वको सरकारको उपलब्धि भनेकै सय  दिन टिक्नु भएको दाबी गरेका छन् । 

पार्टीको प्रशिक्षण कार्यक्रमलाई शनिबार सम्बोधन गर्दै उनले जनताको जीवनस्तर जहाँको त्यहीँ भएको दाबी गरे ।

उनले भने, ‘प्रचण्ड नेतृत्वको सरकारको उपलब्धि भनेकै सय दिन टिक्नु हो । सरकार भ्रष्टाचारीको रक्षाकवच बनेको छ ।’ 

उनले अगाडि भने, ‘ज्ञानेन्द्र शाही पार्टीमा जोडिएपछि मैले उहाँलाई जुम्लामा चुनाव लड्नुपर्छ भनेँ । उहाँले स्विकार्नुभयो । उहाँको व्यक्तित्व र हाम्रो विश्लेषणले काम गर्‍यो । सहकार्यको विषयमा कुरा गर्दा हामीले केपी ओलीसँग कुरा गर्‍यौँ । कांग्रेस र माओवादी गठबन्धनको ३६ हजार मत छ । हाम्रो ५०० मात्रै छ । तपाईँहरूको १२ हजार मात्रै छ । एमालेले जित्दैन, दुइटा प्रदेश लिएर सहयोग गरिदिनुस् भन्दा उहाँले कडा खिस्याएर ५०० लाई केको लागि सहयोग गर्ने भन्नुभयो । मान्नुभएन । तर, परिणाम आयो ।’

उनले ओलीलाई आफूले जुम्लामा  सहयोग गर्नुभन्दा खिस्याएको सम्झना समेत गरे ।

प्रकाशित मिति : १ असार २०८१, शनिबार  ५ : ४९ बजे

साउदी–पाकिस्तान–टर्कीबीच सैन्य क्षमता र सुरक्षा सहकार्य विस्तारमा जोड

एजेन्सी– साउदी अरब, पाकिस्तान र टर्कीएका सैन्य प्रमुखहरूले शुक्रबार रियादमा

तीन महिनामा मधेसबाट २७ करोडका सामान बरामद

काठमाडौं– पछिल्लो तीन महिनामा सशस्त्र प्रहरीले मधेस प्रदेशबाट झण्डै रु

चितवन राष्ट्रिय निकुञ्ज र मध्यवर्ती क्षेत्रमा सतर्कता अपनाउन आग्रह

नारायणगढ – अविरल वर्षासँगै बाढी र डुबानको जोखिम बढेपछि चितवन

नारायणी नदी पसेपछि सुस्ताका स्थानीयलाई सुरक्षित स्थानमा सारिँदै

एजेन्सी– नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), १० असोजः पश्चिम नवलपरासीको सुस्ता

परराष्ट्रमन्त्री खनालद्वारा न्युयोर्कमा नेपाली डायस्पोरासँग अन्तरक्रिया

काठमाडौं– परराष्ट्रमन्त्री शिशिर खनालले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सहभागी हुने क्रममा