‘होस्टेल ३’को छायाङ्कन सुरु, यी चार कलाकारले गर्दैछन् डेब्यू « Khabarhub

‘होस्टेल ३’को छायाङ्कन सुरु, यी चार कलाकारले गर्दैछन् डेब्यू


३० भाद्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


525
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- घोषणादेखि नै चर्चामा रहको फिल्म ‘होस्टल’को छायाङ्कन सुरु भएको छ । ललितपुरको कार्यविनायक मन्दिरमा आइतबार शुभमुहूर्त गर्दै निर्माण पक्ष छायाङ्कनमा निस्किएको हो ।

फिल्ममका मुख्य कलाकार पारस बम ‘कुल ब्वाई’ र सिम्रन पन्तले मुहूर्त सट दिएका हुन् । निर्देशक सशान कँडेलका अनुसार भक्तपुरको बोडेमा पहिलो चरणको छायाङ्कन हुनेछ । त्यहाँ २५ दिनको छायाङ्कन तालिका रहेको उनले बताए । दोस्रो चरणको छायाङ्कन भने तिहारपछि हुने बुझिएको छ ।

यस फिल्ममा पारस र सिम्रनसहित रिहान गिरी, आशिष घिमिरे, पदम तामाङ, हेना नगरकोटीलगायतका कलाकार मुख्य भूमिकामा छन् । मुख्य भूमिकामा रहेका धेरैको यो डेब्यू फिल्म हो ।

टिकटकबाट चर्चामा आएका पारस, कलाकार केदार घिमिरे मग्ने बुढाका छोरा आशीष, भोइस अफ नेपालबाट चर्चामा आएका गायक रिहानको यो डेब्यू फिल्म हो ।

त्यस्तै,  युट्युबबाट भिडियोबाट चर्चामा आएका पदमले पनि यही फिल्ममार्फत ठूलो पर्दामा डेब्यू  गर्न लागेका हुन् । उनीहरू चारैजना फिल्मको केन्द्रीय भूमिकामा रहेको निर्माण पक्षले बताएको छ ।

त्यस्तै फिल्मकी नायिका सिम्रनको पनि यो डेब्यू फिल्म हो । उनीसँग केही म्युजिक भिडियो र एक दर्जन विज्ञापनमा काम गरेको अनुभव छ । उनी पनि फिल्मको मुख्य भूमिकामा रहेको बताइएको छ ।

नायक आर्यन सिग्देल होस्टल वार्डेन र नायिका परीक्षा लिम्बू विशेष भूमिकामा रहेको निर्माण पक्षले बताएको छ ।

यो फिल्मको स्क्रिप्ट माधव शर्माले लेखेका हुन् भने कथा निर्देशक कँडेलको हो । होस्टेलमा बसेर अध्ययन गरिरहेका किशोर-किशोरी र उनीहरूको भविष्यका घटनाहरूमा आधारित कथामा फिल्म बन्न लागेको निर्माण पक्षले जनाएको छ ।

यो फिल्मको प्रदर्शन मिति फागुन १६ लाई तोकिएको छ ।

प्रकाशित मिति : ३० भाद्र २०८१, आइतबार  १ : ५२ बजे

सञ्चारमन्त्री खरेल र राप्रपा अध्यक्ष लिङ्देनबीच भेटवार्ता

ललितपुर – सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेल र

रसुवामा ३६ मतस्थल ५७ मतदान केन्द्र कायम

रसुवा – आगामी फागुन २१ गते सम्पन्न हुने प्रतिनिधिसभा सदस्यका

कांग्रेस,एमाले र नेकपा भन्छन्: प्रतिनिधिसभामा गठबन्धन गरेर जाने छलफल भएको छैन

काठमाडौं – गणतन्त्र पक्षधर दलले राष्ट्रिय सभामा भागबण्डा मिलाएर जाने

एमालेले राष्ट्रिय सभाका उम्मेदवारको नाम टुंगो लगायो : लुम्बिनीबाट रामकुमारी झाँक्री

काठमाडौं – नेकपा (एमाले)ले राष्ट्रिय सभाका ६ उम्मेदवारको नाम टुंगो

विनोद भण्डारी र कुशल मल्ल विश्वकप टिममा नपर्दा सञ्जालमा आक्रोश

काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान)ले टी–२० विश्वकपका लागि नेपाली