‘होस्टेल ३’को छायाङ्कन सुरु, यी चार कलाकारले गर्दैछन् डेब्यू « Khabarhub

‘होस्टेल ३’को छायाङ्कन सुरु, यी चार कलाकारले गर्दैछन् डेब्यू


३० भाद्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


525
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- घोषणादेखि नै चर्चामा रहको फिल्म ‘होस्टल’को छायाङ्कन सुरु भएको छ । ललितपुरको कार्यविनायक मन्दिरमा आइतबार शुभमुहूर्त गर्दै निर्माण पक्ष छायाङ्कनमा निस्किएको हो ।

फिल्ममका मुख्य कलाकार पारस बम ‘कुल ब्वाई’ र सिम्रन पन्तले मुहूर्त सट दिएका हुन् । निर्देशक सशान कँडेलका अनुसार भक्तपुरको बोडेमा पहिलो चरणको छायाङ्कन हुनेछ । त्यहाँ २५ दिनको छायाङ्कन तालिका रहेको उनले बताए । दोस्रो चरणको छायाङ्कन भने तिहारपछि हुने बुझिएको छ ।

यस फिल्ममा पारस र सिम्रनसहित रिहान गिरी, आशिष घिमिरे, पदम तामाङ, हेना नगरकोटीलगायतका कलाकार मुख्य भूमिकामा छन् । मुख्य भूमिकामा रहेका धेरैको यो डेब्यू फिल्म हो ।

टिकटकबाट चर्चामा आएका पारस, कलाकार केदार घिमिरे मग्ने बुढाका छोरा आशीष, भोइस अफ नेपालबाट चर्चामा आएका गायक रिहानको यो डेब्यू फिल्म हो ।

त्यस्तै,  युट्युबबाट भिडियोबाट चर्चामा आएका पदमले पनि यही फिल्ममार्फत ठूलो पर्दामा डेब्यू  गर्न लागेका हुन् । उनीहरू चारैजना फिल्मको केन्द्रीय भूमिकामा रहेको निर्माण पक्षले बताएको छ ।

त्यस्तै फिल्मकी नायिका सिम्रनको पनि यो डेब्यू फिल्म हो । उनीसँग केही म्युजिक भिडियो र एक दर्जन विज्ञापनमा काम गरेको अनुभव छ । उनी पनि फिल्मको मुख्य भूमिकामा रहेको बताइएको छ ।

नायक आर्यन सिग्देल होस्टल वार्डेन र नायिका परीक्षा लिम्बू विशेष भूमिकामा रहेको निर्माण पक्षले बताएको छ ।

यो फिल्मको स्क्रिप्ट माधव शर्माले लेखेका हुन् भने कथा निर्देशक कँडेलको हो । होस्टेलमा बसेर अध्ययन गरिरहेका किशोर-किशोरी र उनीहरूको भविष्यका घटनाहरूमा आधारित कथामा फिल्म बन्न लागेको निर्माण पक्षले जनाएको छ ।

यो फिल्मको प्रदर्शन मिति फागुन १६ लाई तोकिएको छ ।

प्रकाशित मिति : ३० भाद्र २०८१, आइतबार  १ : ५२ बजे

उपभोग्य वस्तुमा कृत्रिम अभाव र मूल्यवृद्धि नगर्न प्रशासनको आग्रह

ताप्लेजुङ- जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले चाडपर्वका बेला दैनिक उपभोग्य वस्तुको कृत्रिम

स्कुल बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

नवलपुर– नवलपरासी (बर्दघाट-सुस्तापूर्व)को गैँडाकोटमा स्कुल बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

बाढीबाट बचेका सामान निकाल्दै स्याउली बजारका बासिन्दा (तस्बिरहरू)

काठमाडौं– त्रिपुरासुन्दरी गाउँपालिका–२, स्याउली बजारका बासिन्दा बाढीबाट जोगाउन सफल भएका

चुम उपत्यका पुगेका पर्यटक अलपत्र

गोरखा– भ्रमणका क्रममा चुम उपत्यका पुगेका पर्यटकहरू अलपत्र परेका छन्