प्रचण्ड भन्छन्- सरकार बनाउने र भत्काउने खेलमा माओवादी लाग्दैन   « Khabarhub

प्रचण्ड भन्छन्- सरकार बनाउने र भत्काउने खेलमा माओवादी लाग्दैन  


३० भाद्र २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


231
Shares
  • change font
  • change font
  • change font

सुरुङ्गा– नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकार बनाउने र भत्काउने खेलमा माओवादी पार्टी नलाग्ने बताएका छन्  ।

माओवादी केन्द्र झापाले आज बिर्तामोडमा आयोजना गरेको राजनीतिक प्रशिक्षण तथा पार्टी प्रवेश कार्यक्रममा उनले अब माओवादी सरकारमा जाने र नयाँ समीकरण बनाउने पक्षमा नरहेको बताए। ‘नेकपा माओवादी केन्द्र अब जनतासँग जाने र जनतालाई सङ्गठित गर्दै अघि बढ्ने काममा लाग्छ । सत्ताको खेलमा लाग्दैन’, अध्यक्ष दाहालले भने ।

उनले नेकपा (एमाले) र नेपाली कांग्रेससहितको सरकार अगाडि बढ्ने र फेरि आफूहरूसँग मिल्न नआइदिए हुन्थ्यो भन्ने लागेको धारणा राखे  ।

कार्यक्रममा पुराना कम्युनिष्ट नेता झापा बिर्तामोडका लोकबन्धु कन्दङवासहित विभिन्न पार्टीबाट नेता तथा कार्यकर्ता माओवादी केन्द्रमा प्रवेश गरेका जनाइएको छ । कन्दङ्वा तत्कालीन अनारमनी नगरोन्मुख गाविसका उपाध्यक्ष छन् ।

कार्यक्रममा पार्टी अध्यक्ष दाहालसहित उपमहासचिव तथा कोशी प्रदेश इन्चार्ज हरिबोल गजुरेलले नवप्रवेशीहरूलाई पार्टीमा स्वागत गरेका थिए ।

प्रकाशित मिति : ३० भाद्र २०८१, आइतबार  ६ : २८ बजे

बाढी प्रभावित क्षेत्रको लागि प्राधिकरणले उपलब्ध गरायो २० थान स्याटेलाइट फोन

काठमाडौं– भोटेकोसी बाढी प्रभावित क्षेत्रमा सञ्चार सम्पर्क कायम गर्ने उद्देश्यले

बाढीपीडितका लागि अन्तरराष्ट्रिय झापाली समाजको १५ लाख सहयोग

भद्रपुर– भोटेकोशी बाढीपीडितको राहत तथा पुनःस्थापनाका लागि अन्तरराष्ट्रिय झापाली समाजले प्रधानमन्त्री

भोटेकोसी बाढीका ७६ जना घाइतेहरूको विभिन्न अस्पतालमा उपचार जारी

काठमाडौं– भोटेकोसी नदीमा आएको बाढीका कारण घाइते भएका ७६ जना

शवको खोजीमा पोखरामा परिवार र आफन्त (तस्बिरहरू)  

पोखरा– रसुवा बाढीमा परेर ज्यान गुमाएका १ सय २ जनाको शव

केरूङ बन्दरगाह नजिकै चिनियाँ उद्धारकर्मी, अध्येताको निष्कर्ष : लाङटाङ लिरुङको हिमपहिरोले विनाश निम्त्यायो

काठमाडौं– नेपालतर्फ रहेको लाङटाङ लिरुङ हिमालको दक्षिणी मोहडामा करिब ५