अर्थसंक्षेप : अमेरिकी डलर बेचेर सरकारले किन्यो थप भारु, काम खोज्दै देश छाड्ने झन् बढे, ३१ अंकले बढ्यो नेप्से | Khabarhub Khabarhub

अर्थसंक्षेप : अमेरिकी डलर बेचेर सरकारले किन्यो थप भारु, काम खोज्दै देश छाड्ने झन् बढे, ३१ अंकले बढ्यो नेप्से


२९ आश्विन २०८१, मंगलबार  

पढ्न लाग्ने समय : 3 मिनेट


186
Shares
  • change font
  • change font
  • change font

अमेरिकी डलर बेचेर सरकारले किन्यो थप भारु

सरकारले भारतीय रुपैयाँ खरिद गर्न गत आर्थिक वर्षको भदौ महिनाको तुलनामा यो भदौमा १२ करोड २० लाख बढी अमेरिकी डलर बिक्री गरेको छ ।

नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनका अनुसार गत भदौमा अमेरिकी डलर ४४ करोड बिक्री गरी ५८ अर्ब २६ करोड बराबर भारतीय रुपैयाँ खरिद गरेको थियो ।

आर्थिक शिथिलताको असर – दशैँमा रङ्गिएनन् घर

हिन्दु नेपालीहरूको महान पर्व दशैँ नजिकिँदै गर्दा घर तथा आवास रङयाउन प्रयोग गरिने पेन्टस् कारोबार घटेको छ ।

विगत वर्षको तुलनामा यस पटकको दशैँमा नयाँ घर नबनेको र उपभोक्ताले पनि त्यति घर रङरोगन नगर्दा पेन्टस्को कारोबार ह्वात्तै घटेको व्यवसायीहरू बताउँछन् ।

गत वर्षको दशैँको पूर्वसन्ध्यामा पेन्टस् तथा रङरोगनको कारोबार राम्रो भए पनि यसपालि भने कारोबार ३० प्रतिशतले घटेको नेपाल पेन्टस् उद्योग संघका अध्यक्ष विश्वप्रकाश शाखाले खबरहबलाई बताए ।

दशैँ खर्च जोगाउनुभयो ? आउँदैछन्‌ ३५ कम्पनीका आइपीओ

दशैँ लगायत चाडपर्वका बेला नेपालीहरूले साविकभन्दा बढी रकम खर्च गर्छन् । कारण – यी चाडमा आफन्त तथा साथीभाइ जमघट हुने र खानपिन गरी रमाउने मौका !

परिवार र साथीभाइसँग आवश्यक खर्च गर्नु त ठीकै पनि हुन्छ, तर चाडबाडकै बेलामा घुम्ने र बाहिर रमाउने पनि गरिन्छ । यो समयमा अनावश्यक खर्च हुने सम्भावना अधिक हुन्छ ।

जनप्रतिनिधिको भत्ता रकम विकास– निर्माणमा खर्च

बन्दीपुर गाउँपालिकाका जनप्रतिनिधिले बैठक भत्ता विकास–निर्माणका काममा खर्च गरेका छन् । पालिकाका ३४ जना जनप्रतिनिधिले भत्ता सडक, पानी, स्वास्थ्य, शिक्षालगायत क्षेत्रमा खर्च गरेका हुन् ।

विसं २०७९ मा निर्वाचन भएपछि वडागत र कार्यपालिका बैठक भत्ता नलिइएको गाउँपालिका प्रवक्ता शिवकुमार श्रेष्ठले जानकारी दिए ।

एक हजार बढी पर्यटक मन्थलीमा रोकिए

सोलुखुम्बुको लुक्ला जान मन्थली आएका एक हजार बढी विदेशी पर्यटक दुई दिनदेखि रोकिएका छन् ।

काठमाडौँबाट मन्थलीसम्म सडकबाट आउने र मन्थलीबाट लुक्ला हवाईजहाजमा जान भनी आएका एक हजार तीन सय विदेशी पर्यटक लुक्लामा मौसम प्रतिकुल भएपछि रोकिएका हुन् ।

सुपथ मूल्य पसलबाट ३८ लाखको चामल बिक्री

धनगढीस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले ३८ लाख मूल्य बराबरको चामल बिक्री गरेको छ । यही असोज ७ गतेदेखि सञ्चालन गरेको चाडपर्व लक्षित सुपथ मूल्य पसलबाट उक्त रकमको चामल बिक्री भएको हो ।

सुदूरपश्चिमका डोटी, डडेल्धुराका एक–एक र कैलालीका दुई स्थानमा सञ्चालित सुपथ मूल्य पसलबाट तीनथरीका पाँच सय ४० क्विन्टल चामल बिक्री भएको कार्यालयका निमित्त प्रमख कल्पना बिष्टले जानकारी दिए।

दशैँ अघिको झरीले बिथोल्यो ग्वार्को फ्लाइओभर निर्माण

ललितपुरको ग्वार्कोमा निर्माणाधीन फ्लाइओभर निर्माण दशैँ अघिको अविरल झरीका कारण प्रभावित भएको छ । दशैँसम्म निर्माण सम्पन्न गरी सवारीसाधन चलाउने भनिए पनि सरकारी अधिकारीहरूले सो लक्ष्य पूरा गर्ने भाका तीन महिना पछिका लागि सारेका छन् ।

असोज १० देखि १३ गतेसम्म परेको अविरल वर्षाका कारण फ्लाइओभरको मूख्य पुलतर्फ माथि जाने स्ल्याब ढलानलगायत काम अवरुद्ध रोकिएको थियो । निरन्तरको वर्षाका कारण निर्माणकार्य नै अवरुद्ध भएको थियो ।

विश्वव्यापी सार्वजनिक ऋण एक सय ट्रिलियन डलर पुग्ने अनुमान

आईएमएफले धेरै देशका लागि वित्तीय अवस्था अपेक्षाभन्दा खराब हुन सक्ने चेतावनी दिँदै मंगलबार विश्वव्यापी सार्वजनिक ऋण यस वर्ष एक सय ट्रिलियन डलर पुग्नसक्ने चेतावनी दिएको छ ।

वित्तीय नीति सम्बन्धी पछिल्लो प्रतिवेदनमा, आइएमएफले यस वर्ष विश्वव्यापी सार्वजनिक ऋण कुल ग्राहयस्थ उत्पादन (जीडीपी) को ९३ प्रतिशत र सन् २०३० सम्ममा जीडीपीको १०० प्रतिशतमा पुग्ने अपेक्षा गरेको छ । यो तथ्यांक कोभिड–१९ महामारी आउनुभन्दा पहिले को तुलनामा १० प्रतिशतले बढी हो ।

एकल पुरुषलाई सामाजिक सुरक्षा भत्ता

यहाँको महावै गाउँपालिकाले एकल पुरुषलाई सामाजिक सुरक्षा भत्ता दिन थालेको छ । चालु आर्थिक वर्षबाट गाउँपालिकाले एकल पुरुषलाई सामाजिक सुरक्षा भत्ता दिन थालेको हो ।

चालु आवको तीन महिनाको सामाजिक सुरक्षा भत्ता लाभग्राहीलाई दिइसकेको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले ४९ देखि ५९ वर्ष उमेर समूहका एकल पुरुषलाई मासिक रु एक हजारका दरले सामाजिक सुरक्षा भत्ता दिन थालेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशमान सिंहले जानकारी दिए।

खरबारी फाँडेर केराखेती, वार्षिक दुई करोड रुपैयाँ आम्दानी

पूर्वउत्तर मोहोडा गरेको भिरालो जमिन । शिरानमा ऐतिहासिक ज्यामरुककोट र पुछारमा कलकल बगेको कालीगण्डी । बिचमा बेनी नगरपालिका– २ को खबरा गाउँ । केही वर्ष अघिसम्म खर र सिरुघारीले ढाकिएको यो गाउँ अहिले केरा बगैँचाले मनोहर छ ।

करिब एक सय ५० घरपरिवारको बस्ती रहेको यो गाउँको मुख्य आम्दानी अहिले केराखेती बनेको छ । यहाँ बसोबास गर्ने प्रत्येक परिवारले पाखोबारी, खरबारी र अन्न उत्पादन हुने जग्गामा व्यावसायिक रुपमा केराखेती गरेका स्थानीय कृषक नारायण सापकोटाले बताए । गाउँभर केराखेती गरिएको छ । केरा बिक्री गरेर वार्षिक दुई करोड बढी रुपैयाँ रकम भित्रिने गरेको उनी बताउँछन् ।

दशैँमा नेपालीले कति खाए मासु ?

यतिबेला देश हिन्दू धर्मालम्बीहरूको महान पर्व दशैैंमय छ । कोजाग्रत पूर्णिमा (भोलि बुधबार) सम्म टिकाटालो लगाउँदै र भएसम्म मीठोमसिनो खाँदै दशैँ मनाउने गरिन्छ ।

जाति, समुदाय र भूगोलअनुसार भिन्न–भिन्न विशेषतामा दशैँ मनाइने भए पनि धेरै परिवारमा यतिबेला मुख्य परिकार मासु बन्ने गर्छ ।

उपभोगका हिसाबले अन्य देशको तुलनामा नेपाल पछाडि नै रहे पनि दशैँका बेला भने अत्यधिक मासु खपत हुने गर्छ । मासु खपतको विषयले पनि दशैँकै बेला प्राथमिकता पाउने गर्छ ।

शेयर बजारमा ३१ अंकको वृद्धि

दशैँपछिको कारोबारको पहिलो दिनमा नेप्से परिसूचक ३१.४८ अंकले बढेको छ । मंगलबार नेप्से ३१.४८ अंकले बढेर २६९९.६६ विन्दुमा बन्द भएको छ ।

आज कुल ३०७ कम्पनीका ६४ लाख १७ हजार २६७ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ६ करोड २३ लाख ३७ हजार बराबरको कारोबार भएको थियो ।

सुनको मूल्य बढ्यो, कतिमा भइरहेको छ कारोबार ?

आज सुनचाँदीको मूल्य बढेको छ ।

दशैको बिदापछि आज सुनको मूल्य तोलामा १४ सयले बढेर छापावाल सुन तोलाको एक लाख ६० हजार ५०० मा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

प्रकाशित मिति : २९ आश्विन २०८१, मंगलबार  ६ : ५३ बजे

ललितपुरमा १५ दिनभित्र खानेपानी सेवा पुनःसञ्चालनमा आउँछ : मन्त्री यादव

पाटन । खानेपानीमन्त्री प्रदीप यादवले आज ललितपुरको गोदावरी नगरपालिकाका नल्लु,

पात्रोपिच्छे आश्विन शुक्ल पूर्णिमा व्रत फरक लेखिएकाले अन्योल

काठमाडौं – नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले स्वीकृति दिएका पात्रो

कांग्रेस केन्द्रीय सदस्य अजयबाबु शिवाकोटी रिहा

काठमाडौं – नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु शिवाकोटी रिहा भएका

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

काठमाडौं – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ

इराकी हवाई आक्रमणमा चार आईएस लडाकूको मृत्यु

बग्दाद – इराकी प्रान्त किर्कुकमा आईएस लडाकू लुकेको ठाउँमा सेनाले