पुस महिनाका लागि अधिकांश वाणिज्य बैंकको ब्याजदर स्थिर « Khabarhub

पुस महिनाका लागि अधिकांश वाणिज्य बैंकको ब्याजदर स्थिर


३० मंसिर २०८१, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पुस महिनाका लागि व्यक्तिगत मुद्दतीतर्फ अधिकांश वाणिज्य बैंकको ब्याजदर स्थिर रहने भएको छ । २० वटा वाणिज्य बैंकहरूले पुस महिनाका लागि सार्वजनिक गरेको ब्याजदरअनुसार ६ वटाले ब्याजदर परिवर्तन गरेका छन् भने बाँकी १४ वटाको भने स्थिर रहेको छ ।

पुस महिनाका लागि कृषि विकास, प्राइम कमर्सियल र एनएमबि बैंकले भने व्यक्तिगततर्फको मुद्दतीमा ब्याजदरमा केही प्रतिशतले वृद्धि गरेका छन् । जसमा प्राइम कमर्सियल बैंकले मंसिर महिनामा व्यक्तिगत मुद्दतीतर्फ रहेको ५.५७ प्रतिशत ब्याजदरलाई वृद्धि गरेर पुस महिनाका लागि ६.२५ प्रतिशत पुर्‍याएको छ भने एनएमबि बैंकले ५.७५ प्रतिशतबाट ६.६ प्रतिशत पुर्‍याएको छ ।

कृषि विकास बैंकले पनि मंसिर महिनाको तुलनामा पुसका लागि व्यक्तिगत तर्फको मुद्दतीमा झिनो अंकले ब्याजदर वृद्धि गरेको छ । बैंकले मंसिर महिनामा ५.५३ रहेको ब्याजदरलाई पुस महिनाका लागि ५.५७ प्रतिशत पुर्‍याएको हो ।

पुस महिनाका लागि तीन वटा बैंकहरूले ब्याजदर घटाएका छन् । जसमा, एनआइसी एशिया बैंकले मंसिर महिनामा कायम रहेको व्यक्तिगत मुद्दतीतर्फको ब्याजदर ६.७९ प्रतिशतबाट घटाएर ६.६ प्रतिशत कायम गरेको छ ।

त्यस्तै, सानिमाले मंसिर महिनामा कायम रहेको ६.१५ प्रतिशत ब्याजदरलाई घटाएर पुसका लागि ६.०५ प्रतिशत कायम गरेको छ भने नेपाल बैंकले पनि मंसिर महिनामा रहेको ५.९५ प्रतिशत ब्याजदरलाई ५.६ प्रतिशतमा कायम गरेको छ ।

पुस महिनामा एभरेष्ट, कुमारी, नेपाल एसबीआई, लक्ष्मी सनराइज, ग्लोबल आइएमई, सिटिजन्स, प्रभु, माछापुच्छ्रे, स्टान्डर्ड चाटर्ड, हिमालयन, एनआइएमबि, सिद्धार्थ, नबिल र राष्ट्रिय वाणिज्य बैंकको ब्याजदर भने मंसिर महिनामा कायम भएकै व्यक्तिगत मुद्दतीतर्फको ब्याजदर लागू हुनेछ ।

प्रकाशित मिति : ३० मंसिर २०८१, आइतबार  १२ : ३० बजे

नवलपरासीमा बस दुर्घटना, ६ जनाको मृत्यु, १० घाइते

नवलपरासी– नवलपरासी (बर्दघाट सुस्ता पूर्व)को विनयी त्रिवेणी गाउँपालिका–२ एस मोडस्थित

बाढीपछि उजाडियो सेतीवेणी, करोडौँको क्षति

पर्वत– असोज ८ गतेदेखि लगातार वर्षा हुने पूर्वसूचना पाए पनि

उडिरहेको जहाजमा चक्कु प्रहारबाट घाइते पाइलट स्मित मच्छरसँग भारतीय प्रधानमन्त्री मोदीको टेलिफोन संवाद

काठमाडौँ– भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले फ्लाईदुबईका घाइते पाइलट क्याप्टेन स्मित

धादिङको फुर्केखोला वैकल्पिक सडक पाँच घण्टा बन्द हुने

धादिङ– पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–२ स्थित फुर्केखोलाको पुल बगाएपछि

यी भूभागमा हल्कादेखि मध्यम वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल