टी-२० विश्वकपमा भारतको कप्तान रोहित शर्मा नै हुने « Khabarhub

टी-२० विश्वकपमा भारतको कप्तान रोहित शर्मा नै हुने


४ फाल्गुन २०८०, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


891
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आगामी जुनमा हुने टी-२० विश्वकपमा भारतको कप्तान रोहित शर्मा नै रहने भएका छन् । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसीसीआई) का सचिव जय शाहले आगामी टी-२० विश्वकपका लागि भारतको कप्तान रोहित शर्मा नै हुने बताएका छन् ।

जय शाहले सन् २०२३ को एकदिवसीय विश्वकपको फाइनल हारे पनि, त्यहाँ लगातार १० खेल जितेर मन जितेको बताउदै रोहित शर्माको कप्तानीमा भारतले २०२४ को टी-२० विश्वकप खेल्ने बताएका हुन् ।

मुम्बई इण्डियन्सले आईपीएलबाट कप्तानी हटाए पछि रोहितले विश्वकप खेल्नेमा शंका उत्पन्न भएको बेला उनले विश्वकपमा राष्ट्रिय टिमको कप्तानी गर्ने निश्चित भएको हो ।

मुम्बई इन्डियन्सले आईपीएलमा रोहितबाट कप्तानी खोसेर हार्दिक पाण्डेलाई दिएको थियो । त्यसबेलादेखि रोहितको टी-२० खेल्ने र भारतीय टोलीको कप्तानीमा शंका उत्पन्न भएको थियो । हार्दिक टी-२० विश्वकप २०२२ देखि राष्ट्रिय टी-२० टिमको कप्तानी गर्दै आएका थिए ।

जनवरीमा अफगानिस्तानविरुद्धको घरेलु टी-२० सिरिजका लागि रोहितलाई पुन: टी-२० कप्तान बनाइएको थियो ।

चोटका कारण हार्दिक पाण्डेय हाल ठिक हुने चरणमा छन् । गत वर्ष विश्वकपमा बंगलादेशविरुद्धको खेलमा उनी घाइते भएका थिए । उनी आईपीएल अघि फिट हुने अपेक्षा गरिएको छ, जहाँ उनले रोहितको स्थानमा मुम्बई इन्डियन्सको कप्तानको रूपमा नेतृत्व गर्नेछन् । 

प्रकाशित मिति : ४ फाल्गुन २०८०, शुक्रबार  ७ : ०० बजे

एन्फा राष्ट्रिय लिगमा मच्छिन्द्रको लगातार तेस्रो जीत

काठमाडौं- काठमाडौंमा जारी एन्फा राष्ट्रिय लिगमा मच्छिन्द्र फुटबल क्लबले लगातार

आँट गरेरै सर्लाहीबाट उम्मेदवारी दिएको हुँ : सभापति थापा

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगन थापाले यसपटक आँट गरेर सर्लाही–४

विश्व राजनीति : ईयु– अमेरिका सम्बन्धमा नयाँ अध्याय सुरु

एजेन्सी– युरोपेली सङ्घ (ईयु) ले ग्रिनल्याण्ड विवादका कारण बढ्दो तनावको

उम्मेदवारको वैयक्तिक विवरण सार्वजनिक

काठमाडौं– निर्वाचन आयोगले उम्मेदवारको वैयक्तिक विवरण सार्वजनिक गरेको छ ।

सन् २०२७ सम्ममा युरोपेली ऊर्जा बजारमा पूर्ण एकीकरण हुने युक्रेनी लक्ष्य

एजेन्सी– युक्रेनले सन् २०२७ सम्ममा युरोपेली युनियन (ईयू)को ऊर्जा बजारमा