म्याग्दीमा ४२ खानेपानी आयोजना सम्पन्न « Khabarhub

म्याग्दीमा ४२ खानेपानी आयोजना सम्पन्न


१ श्रावण २०८१, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


24
Shares
  • change font
  • change font
  • change font

म्याग्दी– म्याग्दीका करिब सात सय घरपरिवारमा खानेपानीको सुविधा विस्तार भएको छ ।

खानेपानी, जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालय म्याग्दीले आर्थिक वर्ष २०८०–८१ मा सञ्चालन गरेका खानेपानी योजनाबाट ६ सय ९८ घरमा खानेपानीको पहुँच पुगेको हो ।

प्रदेश सरकारबाट प्राप्त ३४ र सङ्घीय सरकारबाट प्राप्त आठवटा खानेपानी योजना सञ्चालन भएकामा यस वर्ष खानेपानीका ट्याङ्की निर्माण, पाइप लाइन विस्तार र मिटर जडानका काम भएको कार्यालयका सूचना अधिकारी इन्जिनियर शिवशङ्कर शाहले जानकारी दिए ।

उनका अनुसार गत आर्थिक वर्षमा विभिन्न सात खानेपानी योजना सम्पन्न भएर दुई सय नौ घरमा खानेपानीको मिटर जडान गरिएको छ ।

घोडेपानी खानेपानी, तोरीपानीको खसपधेरा खानेपानी, डम्मरा खानेपानी, रणबाङ खानेपानी, तुसारेपानी खानेपानी, सिजलगाउँ चुनेपानी खानेपानी योजनाको निर्माण सम्पन्न भएर मिटर जडान गरी घरघरमा खानेपानीको पहुँच पु¥याइएको कार्यालयले जनाएको छ ।

कार्यालयले सञ्चालन गरेका खानेपानी योजनामा एक वर्षको अवधिमा २८ इन्टेक, १६ सङ्कलन चेम्बर, ११ वितरण चेम्बर, चार बिटिसी चेम्बर र २४ पानी सङ्कलन ट्याङ्की निर्माण भएको छ ।

एक वर्षमा कुल २७ दशमलव ६७ प्रतिशत किलोटिमर मुख्य पाइप लाइन र ४९ दशमलव ७१ किलोमिटर वितरण पाइप लाइन निर्माण भएको कार्यालयका सबइन्जिनियर धनेश शाहले जानकारी दिए ।

प्रकाशित मिति : १ श्रावण २०८१, मंगलबार  ७ : ३० बजे

विष्णु पौडेललाई साधारण तारेखमा छाड्दा विशेष अदालतले लिएका चार आधार

काठमाडौं – विशेष अदालतले सम्पत्ति शुद्धीकरण मुद्दामा नेकपा (एमाले)का उपाध्यक्ष

वर्तमान सरकार चौतर्फी असफल, अर्थतन्त्र संकटग्रस्त : आजपा 

काठमाडौं– आम जनता पार्टी (आजपा)ले वर्तमान सरकार चौतर्फी असफल भएको निश्कर्ष

उपत्यका डुबान : मुख्य निकास साँघुरिँदा बढ्दो सास्ती

काठमाडौं– अनामनगर, नयाँ बानेश्वर, जमल, रानीवन तथा सिंहदरबारलगायत आसपासको क्षेत्र

मधेस प्रदेश सरकारद्वारा ५६.३१ प्रतिशत बजेट खर्च

जनकपुरधाम– मधेस प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ मा कुल बजेटको

‘रासायनिक मलको दीर्घकालीन समाधान गर्न नीतिगत सुधार आवश्यक’

काठमाडौं– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले रासायनिक मलको दीर्घकालीन