नेदरल्याण्डसमाथि नेपाल ९ विकेटले विजयी « Khabarhub

नेदरल्याण्डसमाथि नेपाल ९ विकेटले विजयी


५ फाल्गुन २०८०, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आईसीसी विश्वकप लिग २ अन्तर्गत नेदरल्याण्ड्सविरुद्धको खेलमा नेपाल ९ विकेटले विजयी भएको छ ।

किर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा भएको खेलमा नेदरल्याण्ड्सले दिएको १ सय ३८ रनको लक्ष्य नेपालले १५ ओभर २ बलमा १ विकेट गुमाउँदै भेट्टायो ।

नेदरल्याण्ड्सका म्याक्स ओडडको बलमा अनिल साहले चौका प्रहार गर्दै नेपाललाई फराकिलो जित दिलाए । नेपालका लागि आशिफ शेख र अनिल साहले अर्धशतक प्रहार गरे ।

३६ बलको सामना गरेका अनिल साहले ६ चौका र ४ छक्का प्रहार गर्दै ५७ रन बनाए । त्यसैगरी, ४५ बल खेलेका आशिफ शेखले ४५ बलमा ८ चौका र १ छक्का प्रहार गर्दै ५४ रन बनाए । यसअघि ओपनर कुशल भुर्तेलले ११ बलमा २८ रन बनाएर आउट भएका थिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेदरल्याण्ड्सले ३९ ओभरमा सबै विकेट गुमाउँदै केबल १ सय ३७ रनमा समेटियो । नेपालका लागि कुशल भुर्तेल एक्लैले ४ विकेट लिए ।

प्रकाशित मिति : ५ फाल्गुन २०८०, शनिबार  २ : ०३ बजे

बेनीबाट म्याग्दीको सदरमुकाम स्थानान्तरण गर्न मन्त्री पुनको प्रस्ताव

म्याग्दी– विज्ञान, प्रविधि तथा नवप्रर्वतनमन्त्री महाविर पुनले म्याग्दीको सदरमुकाम बेनी

प्रधानमन्त्री कार्यालयको नियमित प्रेस ब्रिफिङ : विभिन्न निकायमा ६११ जनाको नियुक्ति

काठमाडौं– सरकारले सार्वजनिक पदाधिकारीको पदमुक्तिसम्बन्धी विशेष व्यवस्था अध्यादेश, २०८३ जारी

मधेस सरकारबाट बाहिरियो एमाले

काठमाडौँ- नेकपा एमाले मधेस प्रदेश सरकारबाट बाहिरिएको छ । शुक्रबार

साउदी अरबमाथि हुथी हमलाको सुरक्षा परिषदद्वारा निन्दा

न्यूयोर्क- संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्ले साउदी अरबमाथि नागरिक उड्डयन र

चिकित्सा शिक्षामा ४१८ सिट थप, निजी कलेजको सिट यथावत् राखेर सरकारीलाई प्रोत्साहन

काठमाडौं– चिकित्सा शिक्षा आयोगले चालु शैक्षिक सत्रका लागि चिकित्सा शिक्षाका