आजका समाचार : राष्ट्रपति र प्रधानमन्त्रीको भेटदेखि एकीकृत समाजवादीको महाधिवेशन सर्‍योसम्म | Khabarhub Khabarhub

आजका समाचार : राष्ट्रपति र प्रधानमन्त्रीको भेटदेखि एकीकृत समाजवादीको महाधिवेशन सर्‍योसम्म


५ बैशाख २०८१, बुधबार  

पढ्न लाग्ने समय : 4 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

राष्ट्रपति पौडेल र प्रधानमन्त्रीबीच भेटवार्ता
राष्ट्रपति रामचन्द्र पौडेललाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भेटेका छन् ।

बुधबार अपराह्न प्रधानमन्त्री प्रचण्डले शीतल निवास पुगेर राष्ट्रपति पौडेलसँग भेटवार्ता गरेका हुन्। भेटवार्तामा देशको समसामयिक विषयमा छलफल भएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ ।

देशका लागि योगदान दिनेलाई राष्ट्रले सम्मान गर्नुपर्छ : पूर्वराष्ट्रपति यादव

सभामुख घिमिरेद्वारा पेय पदार्थ निर्यात गर्ने उद्योगको निरीक्षण

एकीकृत समाजवादीको महाधिवेशन सर्‍यो

गृहमन्त्रीको राजीनामा माग गर्दै नेविसंघको प्रदर्शन

सुहाङलाई भोट माग्न ओली इलाममा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली एमाले उम्मेदवार सुहाङ नेम्बाङलाई भोट माग्न इलाम पुगेका छन् ।

इलाम क्षेत्र नम्बर २ को आसन्न उपनिर्वाचनका लागि बुधबार आज हुने चुनावी सभालाई सम्बोधन गर्न ओली इलाम पुगेको एमाले जिल्ला अध्यक्ष तथा प्रतिनिधि सभा सांसद महेश बस्नेतले बताए । उनले खबरहबलाई भने, ‘अध्यक्ष यु आउने भएपछि करिब ३ हजार हाराहारीमा जनताहरू उपस्थित हुनुहुन्छ । सुहाङको जित्ने सम्भावना पक्का पक्की छ ।’

एमालेले आज देउमाई नगरपालिकाको मंगलबारे बजारमा चुनावी सभाको आयोजना गरेको छ । त्यहाँ ओलीले सम्बोधन गर्ने छन् ।

सुहाङलाई जिताउन ओलीको अपिल

निर्वाचन आचारसंहिता पालन नगरे कारबाही हुने

ऐन परिमार्जन गरेर महिला, बालबालिकाको अधिकार स्थापित गर्छौँ : मन्त्री चौधरी

पश्मिना उद्योगको प्रवर्द्धनमा सरकार प्रतिबद्ध :  मन्त्री भण्डारी

अमेरिकी लगानीकर्ताहरुलाई अर्थमन्त्री पुनको आग्रह
अर्थमन्त्री वर्षमान पुनले नेपालमा यसै महिना हुन लागेको लगानी सम्मेलनमा सहभागी भई लगानीका अवसरहरु पहिचान गर्न अमेरिकी लगानीकर्ताहरुलाई आग्रह गरेका छन् ।

हाल अमेरिकामा रहेका अर्थमन्त्री पुनले अमेरिकी च्याम्वर अफ कमर्सद्वारा वासिङ्गटन डिसीमा आयोजना गरेको राउण्ड टेवल छलफलमा सो आग्रह गरेका हुन् ।


कार्यक्रममा अमेरिकी सहयोग नियोगकी उपसहायक प्रशासक अञ्नली कौर, अमेरिकाका लागि नेपालका राजदूत श्रीधर खत्री, अमेरिकी च्याम्वर अफ कमर्सको दक्षिण एसियाका लागि वरिष्ठ उपाध्यक्ष अतुल कश्यपलगायतले नेपालको उक्त लगानी सम्मेलनको बारेमा धारणा राखेका थिए ।

अर्थमन्त्री पुन र विश्व बैंकका दुई उपाध्यक्षबीच भेटवार्ता

नेपाल अन्तर्राष्ट्रिय लगानीकर्ताको आकर्षक गन्तव्य : अर्थमन्त्री पुन

नेपाल र बंगलादेशबीच तेस्रो परराष्ट्र मन्त्रालयस्तरीय परामर्श बैठक सम्पन्न

सुदूरपश्चिममा एकीकृत समाजवादीले सोडारीलाई नै मुख्यमन्त्रीमा अगाडि सार्ने
नेकपा एकीकृत समाजवादीले सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा दीर्घ सोडारीलाई मुख्यमन्त्रीमा अगाडि सार्ने निर्णय गरको छ ।

बुधबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बसेको सचिवालय बैठकले सुदूरपश्चिम संसदीय दलका नेता सोडारीलाई मुख्यमन्त्रीमा अगाडि सार्ने निर्णय गरेको हो ।


यस अघि मंगलबार एकीकृत समाजवादीले सोडारीलाई मुख्यमन्त्रीमा अगाडि सार्ने निर्णय गरेपनि उनी विवादित व्यक्त भएको भन्दै सत्ता समीकरणको प्रमुख दल नेकपा एमालेले विकल्प दिन आग्रह गरेको थियो । सोडारीमाथि सम्पत्ति शुद्धिकरणको मुद्दा रहेको र विगतमा मन्त्री हुँदा समेत विवादमा रहेको एमालेको आरोप रहेको छ ।

एकीकृत समाजवादीको साङ्गठनिक प्रगति विवरण केन्द्रमा बुझाइयो

गण्डकी प्रदेश अधिवेशन आह्वानप्रति कांग्रेसको आपत्ति

गण्डकी प्रदेशसभा अधिवेशन आह्वान

रुपन्देहीमा पेट्रोलियम भण्डारण गृह निर्माण प्रक्रिया अघि बढ्यो

विराटनगरस्थित रानी क्षेत्रमा तनाव
मोरङको विराटनगरस्थित रानीमा तनाव भएको छ । एक समूहले निकालेको मोटरसाइकल र्‍यालीलाई अर्को समूहले अवरोधको प्रयास गरेपछि दुवै पक्षबीच झडप भएको प्रहरीले जनाएको छ ।

झडपका क्रममा दुवै पक्षबीच ढुंगा हानाहान समेत भएको थियो ।

सो क्षेत्रमा अवस्था नियन्त्रणमा लिन व्यापक प्रहरी परिचालन गरिएको र नियन्त्रणका लागि प्रहरीले केही सेल अश्रुग्याससमेत प्रहार गरेको छ । अहिले अवस्था सामान्य हुँदै गएको प्रहरीले जनाएको छ ।

नेपालगञ्जको बागेश्वरीमा प्रजापतिले १५औँ पटक जिब्रो छेडे

ई-रिक्सा चालकलाई सवारीचालक परिचयपत्र

सुदूरपश्चिमका सीमानाका शुक्रबारसम्मका लागि बन्द

नेपालसँग साउदी ६ विकेटले पराजित
नेपालले साउदी अरेबियालाई पराजित गरेको छ । एसीसी प्रिमियर कप अन्तर्गत समुह चरणको अन्तिम खेलमा नेपालले साउदी अरबलाई ६ विकेटले पराजित गरेको हो ।

गएराती आएको वर्षाका कारण पिचमा समस्या भएपछि यो खेल ८(८ ओभर खेलाइएको थियो ।


साउदी अरबले दिएको ७४ रनको लक्ष्य पछाएको नेपालले ७।२ ओभरमा ४ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको थियो । नेपालका लागि गुलशन झाले सर्वाधिक ३२ रन बनाए भने दिपेन्द्र सिंह ऐरीले १७ रन बनाएका थिए त्यस्तै कप्तान रोहित पौडेलले अविजित १६ रन बनाए ।

यस अघि टस हारेर पहिला ब्याटिङ गरेको साउदी अरेबियाले ८ ओभरमा ७ विकेट गुमाउँदै ७३ रन बनाएको थियो ।

साउदीले दियो नेपाललाई ७४ रनको लक्ष्य

साउदी अरेबियाविरूद्ध टस जितेर बलिङ गर्दै नेपाल

युएई एसीसी प्रिमियर कपको सेमिफाइनलमा

दुबईमा भारी वर्षा, विमानस्थल डुवानमा
संयुक्त अरब इमिरेट्स (युएई) का अबुधाबी, दुबई, अल ऐनलगायत आसपासका क्षेत्रमा भारी वर्षा भएको छ ।

मंगलबारदेखि सडक, रेल र उडान प्रभावित भएका छन् । यी सहरहरूमा कार्यालय र विद्यालयहरू बन्द गरिएका छन् । मानिसहरूलाई घरबाट काम गर्न भनिएको छ ।


बहराइन, कतार र साउदी अरबमा भारी वर्षाका कारण पनि अवस्था खराब छ । ओमानमा भारी वर्षाका कारण १८ जनाको मृत्यु भएको छ ।

खाडी मुलुकमा मौसम बदली हुनुको मुख्य कारण दक्षिण–पश्चिमबाट बनेको न्यून चापीय प्रणाली हो । राष्ट्रिय मौसम विज्ञान केन्द्र ९एनसीएम० ले २ दिन अघि युएई र साउदी अरबमा भारी वर्षा हुने भविष्यवाणी गरेको थियो ।

गाजाको शरणार्थी शिविरमा आक्रमण, १३ जनाको मृत्यु

उत्तरी युक्रेनमा रुसी आक्रमण, नौ जनाको मृत्यु

सुकीलाई जेलबाट निकालेर घरमै नजरबन्दमा राखियो

पाकिस्तानमा भारी वर्षाले ७१ जनाको मृत्यु, ६७ घाइते

सरकारलाई एक साताभित्र एक्स पुनःस्थापना गर्न पाकिस्तान उच्च अदालतको आदेश

गाजा युद्धविराममा इजराइल-हमास वार्ता रोकियो-मध्यस्थकर्ता कतार

प्रकाशित मिति : ५ बैशाख २०८१, बुधबार  ८ : ०० बजे

आफ्नै सन्तानको हत्या आरोपमा आमा पक्राउ

उर्लाबारी– मोरङको मिक्लाजुङमा नवजात शिशुको हत्या गरेको आरोपमा प्रहरीले एक

जाँगरिली दिलकुमारी : मकै पोलेको कमाइले छोरी युरोप पठाइन्

सिन्धुलीकी दिलकुमारी माझी (४५) ले मकै काठमाडौंमा मकै पोल्न थालेको

नेपाल र भारतका निजी क्षेत्रबीच बैठक, सहकार्यका सम्भावना खोजी

काठमाडौं – भारतीय राजदूतावासले नेपाल लगानी बोर्ड र नेपाल–भारत उद्योग

पूर्वाञ्चल र मध्यपश्चिममा उपकुलपति नियुक्त

काठमाडौं– प्रधानमन्त्री तथा विश्वविद्यालयका कुलपति पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दुई विश्वविद्यालयका

आम जनता पार्टीले वैशाख २० मा भन्सार विभाग घेराउ गर्ने

काठमाडौं– आम जनता पार्टी (आजपा)को काठमाडौं उपत्यका विशेष कमिटीको बैठक