ट्यांकर चालक आन्दोलित हुँदा काठमाडौंमा पेट्रोलियम हाहाकार (तस्बिरहरू) « Khabarhub

ट्यांकर चालक आन्दोलित हुँदा काठमाडौंमा पेट्रोलियम हाहाकार (तस्बिरहरू)


३ असार २०८१, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


10.4k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल पेट्रोलियम ट्यांकर चालक संघका ट्यांकर चालकहरूले आइतबारदेखि नेपाल आयल निगमको डिपोबाट इन्धन नउठाउँदा उपत्यकामा पेट्रोलियम संकट देखिएको छ ।

चालहरूले डिपोबाट इन्धन नउठाउँदा उपत्यकाका जसोसबै पम्पमा डिजेल र पेट्रोल रित्तिएर हाहाकार भएको हो ।

निजी क्षेत्रका पम्पमा इन्धन रित्तिएपछि सोमबारदेखि साझा, नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीको पम्पमा हजारभन्दा धेरै सवारीसाधनको लाइन छ ।

यी सरकारी पम्पहरूले इन्धन ओसार्न आफ्नै ट्यांकर प्रयोग गर्छन् । डिपोबाट इन्धन उठाएर उपभोक्तालाई बिक्री गरिरहेकाले अहिले ती पम्पमा उपभोक्ताको थेगिनसक्नु लाइन देखिएको हो ।

शनिबारदेखि निजी क्षेत्रका पम्पहरूमा इन्धनको आपूर्ति नहुँदा केही सीमित सरकारी पम्पमा चाप बढेको हो ।

नेपाल पेट्रोलियम डिलर्स एशोसिएसनका अध्यक्ष लीलेन्द्र प्रधानले चालकको आन्दोलन डिपोबाट इन्धन ढुवानी नहुँदा अभाव बढेको बताए ।

अत्यावश्यक वस्तु सञ्चालन ऐन २०१४ र अत्यावश्यक पदार्थ नियन्त्रण ऐन २०१७ अनुसार अत्यावश्यक वस्तु वा पदार्थमा हड्ताल, बन्द वा विरोध गरी आपूर्ति प्रणालीलाई अवरोध गर्न पाइँदैन ।

अहिले आन्दोलित चालक र नेपाल आयल निगमबीच उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालयमा वार्ता हुँदैछ । वार्ता मिलेमा आजैदेखि इन्धन संकट हल हुने बताइएको छ ।

प्रकाशित मिति : ३ असार २०८१, सोमबार  १२ : ४० बजे

कानुनविपरित काम गरे चारित्रिक प्रमाणपत्रमा उल्लेख हुन्छ, सचेत हुनू : गृह मन्त्रालय

काठमाडौँ । गृह मन्त्रालयले कानुन विपरित गतिविधि गरे चारित्रिक प्रमाणपत्रमा

बालेन आज डोटीमा बस्ने, भोलि अछाम जाने

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) यति

अभ्यास खेलमा नेपालले एमसीए प्रेसिडेन्ट–११ लाई ७ विकेटले हरायो

काठमाडौं – आईसीसी टी–२० विश्वकपको तयारी स्वरूप खेलिएको अभ्यास खेलमा

निर्वाचन सुरक्षाका लागि काठमाडौँमा कुकुरसहितको संयुक्त गस्ती

काठमाडौँ – आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि भरपर्दो सुरक्षा व्यवस्था

पाकिस्तान–बङ्गलादेशबीच सिधा उडान १४ वर्षपछि पुनः सुरु

ढाका – बङ्गलादेश र पाकिस्तानबीच लामो समयदेखि असहज रहेको सम्बन्ध