चौँवन्न लाख बालबालिकाले दादुरा-रुबेलाविरुद्ध खोप लगाए « Khabarhub

चौँवन्न लाख बालबालिकाले दादुरा-रुबेलाविरुद्ध खोप लगाए


५ चैत्र २०८०, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


207
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले सञ्चालन गरेको दादुरा-रुबेलाविरुद्धको खोप अभियानमा करिब ५४ लाख ४२ हजार चार सय ६९ बालबालिकाले खोप लगाइसकेका छन् । 

बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख डा अभियान गौतमले खोप अभियानमा करिब ९३ प्रतिशतले खोप लगाएको जानकारी दिए। गत फागुन १३ गतेदेखि दादुरा–रुबेलाको सङ्क्रमणको जोखिमलाई मध्यनजर गर्दै सरकारले पश्चिमरुकुमजाजरकोटबाहेक ७५ जिल्लामा खोप अभियान सञ्चालन गरेको छ । ती जिल्लाका कूल ५७ लाख ४२ हजार नौ सय ९३ बालबालिकालाई खोप लगाउने लक्ष्य राखिएको छ । 

उनले यही चैत ७ गतेसम्म सबै लक्ष्य हासिल गर्नेसमेत बताए। 

‘हामीले सोचेजस्तो नै सबै बालबालिकाले खोप लगाएका छन्’, उनले भने, ‘हामीले निर्धारण गरेको लक्ष्यअनुसार सबै बालबालिकाले खोप लगाउँछन् ।’ दादुरा–रुबेलाको अतिसङ्क्रमित भारतसँग सीमा जोडिएका २१ तथा काठमाडौँ उपत्यकाका तीन गरी २४ जिल्लामा नौ महिनादेखि १५ वर्ष मुनिका र ५१ जिल्लाका नौ महिनादेखि पाँच वर्षसम्मका बालबालिकालाई पनि खोप लगाइँदैछ । 

खोप बिहान १० देखि अपराह्न ४ बजेसम्म बालबालिकालाई विद्यालय तथा खोपकेन्द्रमा लगाइएको छ । खोप अभियानका लागि देशभरि ४८ हजार सात सय ९८ खोपकेन्द्र रहेका छन् । यस्तै ४९ हजार नौ सय ३७ स्वास्थ्यकर्मी र ५९ हजार नौ सय छ स्वयंसेवक परिचालन गरिएको छ । 

प्रकाशित मिति : ५ चैत्र २०८०, सोमबार  १२ : ४८ बजे

एमालेका ठाकुर गैरेले पाल्पा २ बाट उम्मेदवारी दर्ता गरे

काठमाडौं – नेकपा एमालेका ठाकुर गैरेले पाल्पा क्षेत्र नम्बर २

बैतडीबाट दामोदर भण्डारीको मनोनयन दर्ता

बैतडी– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

झापा–५ मा ओलीले गरे उम्मेदवारी दर्ता

काठमाडौं– नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले झापा–५

झापामा एमाले र रास्वपाका कार्यकर्ताबीच झडप

काठमाडौं- झापामा उम्मेदवारी दर्ता गराउने क्रममा नेकपा एमाले र राष्ट्रिय

भोजपुरबाट शेरधन राईको मनोनयन दर्ता

टक्सार– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृतको कार्यालयमा