झलनाथको ठाउँमा किसान, एमालेमाथि निशाना | Khabarhub Khabarhub

झलनाथको ठाउँमा किसान, एमालेमाथि निशाना

जीतबहादुरको उम्मेदवारीले सुहाङलाई अप्ठ्यारो ?



काठमाडौं- इलाम–२ को भूगोलसँग नजिक भएर काम गरेका जितबहादुर राई नेकपा एकीकृत समाजवादीका उम्मेदवार हुन् । उनले पूरा समय राजनीतिमै समर्पण गरेका छन् ।
राईले आफूलाई बलियो उम्मेदवार भएको दाबी गरेका छन् । उनलाई निर्वाचनमा सघाउनका लागि एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल स्वयं खटिरहेका छन् ।

खनालले इलाम–२ मा सिटी कलेज र विभिन्न विकासका योजनाहरू पुर्‍याएको हुनाले नेकपा एकीकृत समाजवादीले जित्ने  सो पार्टीका नेताहरुको दाबी छ ।

०७९ को निर्वाचनमा कांग्रेससहितको गठबन्धनले आफ्ना कुल मतदाताको संख्या हेक्का राख्न नपाएको समाजवादीलाई योपटक जाँच गर्ने अवसर मिलेको छ । तथापि समानुपातिक भने ०७९ मा यस क्षत्रेबाट एकीकृत समाजवादीले ५८६ मत मात्र पाएको थियो ।

कांग्रेस उम्मेदवार डम्बर खड्कालाई ०७९ को निर्वाचनमा मत हाल्नुपर्ने बाध्यतामा भएको नेकपा एकीकृतका मतदाताले यो पटक आफ्नौं उम्मेदवारलाई मत दिने बाटो खुलेको छ ।
हुन त डम्बरलाई मत नदिएर केही उम्मेदवारले भने यो क्षेत्रमा विद्रोह स्वरूप ६४७ मतदाताले उम्मेदवार नै नभएको कलम चिह्रमा समेत मत हालेका थिए ।

को हुन् जितबहादुर ?

जोगमाई गाउँपालिका वडा नम्बर ६ का स्थायी बासिन्दा राई अनेरास्यवियुको विद्यार्थी राजनीतिबाट उदाएका नेता हुन् । युवावस्था देखि नै राजनीतिमा होमिएका उनी अविवाहित छन् । झलनाथ खनाल र एमाले नेता स्व सुवासचन्द्र नेम्बाङ निकट व्यक्ति रहेका राई ०५६ सालदेखि ०५८ सालसम्म अनेरास्यवियुको जिल्ला अध्यक्ष थिए ।

विद्यार्थी र युवाले रुचाएका उनी युवा संघ नेपाल इलामको जिल्ला अध्यक्षसमेत बने । ०६३ युवा संघ नेपालको केन्द्रीय सदस्य भएका उनी बुटवल महाधिवेशनमा भने युवा संघको केन्द्रीय सचिवमा पराजित भएका थिए । उनी आफू हालसम्मका कुनै पदमा हार नखाएको बताउँछन् ।

युवा संगठनपछि पार्टीको राजनीतिमा प्रवेश गरेका राईले स्नातक तहसम्म अध्ययन गरेका छन् । एमाले जिल्ला कमिटी सचिवालय सदस्य हुँदै ०७४ को स्थानीय तहको निर्वाचनमा इलामको माईजोगमाई गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए । त्यो बेला राईले ५ हजार ६ सय ३९ मत प्राप्त गरेका थिए भने उनका निकटतम प्रतिद्वन्द्वी कांग्रेसका सिटी शेर्पाले ३ हजार ९ सय ३६ मत प्राप्त गरेका थिए ।

राईले आफू गाउँपालिकामा अध्यक्ष हुँदा कृषि, पर्यटन, शिक्षा र पुर्वधारको क्षेत्रमा उल्लेखनीय काम गरेको बताउँछन् । नेकपा हुँदा जिल्ला कमिटी सचिवालय सदस्य समेत भएका राई नेकपा फुटेपछि झलनाथ निकट रहे । उनी जिल्ला खेलकुद विकास समितिको अध्यक्षसमेत भइसकेका छन् ।

संघर्षशील कृषकको समेत छवि बनाएका राई अचेल कृषिकर्ममा सक्रिय छन् । जनताले आफूलाई उम्मेदवार बन्न आग्रह गरेको र पार्टीले पनि विश्वास गरेका कारण फेरि राजनीतिमा होमिएको उनी बताउँछन् ।
राईको माईजोगमाई गाउँपालिका २ मा ‘जोरकटेरी कृषि फार्म’ छ । आफू पशुपालन व्यवसाय तथा कृषिबालीसँगै इलाम–२ का जनताको समस्या बुझेको उम्मेदवार भएको दाबी गर्छन् । स्थानीय उत्पादनलाई प्रवद्र्धन र बजारीकरण गर्दै हरेक व्यक्तिलाई आधुनिक कृषिमा जोड्ने राईको योजना छ ।

 

राई इमान्दार व्यक्ति भए पनि इलाम–२ को विगतको अंकगणितमा भने नेकपा एकीकृत समाजवादीको मत एमाले र कांग्रेसभन्दा धेरै कमजोर देखिन्छ । तथापि आफ्नै सत्ता गठबन्धनमा रहेको एमालेको मत काट्नका लागि भने जीतबहादुरको उम्मेदवारीले भूमिका खेल्न सक्छ ।

त्यसो त एकीकृत समाजवादीले जस्तै सत्ताघटककै अर्को दल रास्वपाले पनि मिलन लिम्बुलाई उठाएका कारण एमालेको पकड रहेको इलाममा विपक्षीलाई फाइदा हुने आकलन पनि गरिँदैछ ।

पूर्वप्रधानमन्त्री झलनाथ खनालले भने इलाममा चमत्कार हुने र जीतबहादुर जित्ने दाबी गरेका छन् । उनले भनेका छन्, ‘नामै काफी छ, जीतबहादुरले जित्छन् ।’

याे पनि-

गणितीय भ्रममा अल्झिएको इलामको उपचुनाव

परीक्षणको कसीमा सुहाङ : विरासतमा रमाउने कि विश्वास कमाउने ?

डम्बरको उम्मेदवारी : सुवाससँग टेस्ट, सुहाङसँग फाइनल

डकेन्द्रको पहिचान : छोराछोरी गायक, बाबु हेडसर !

इलाममा घण्टी बजाउँदै एक भाइ पत्रकार

पहाडमा सिके राउतको ‘बहु-पहिचान’

 

प्रकाशित मिति : ६ बैशाख २०८१, बिहीबार  ६ : ४० बजे

नेपाल अर्थोपेडिक्स अस्पतालको निःशुल्क स्वास्थ्य शिविर

काठमाडौं– नेपाल अर्थोपेडिक अस्पतालको संयोजन र फ्रन्टलाइन अस्पताल तथा दावाली

आजको तरकारी तथा फलफूलको मूल्य निर्धारण

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी विकास समितिले आजका लागि कृषि

नेपाल–भारत सैन्य अभ्यास मङ्गलबारदेखि

काठमाडौं– साझा सुरक्षा उद्देश्य प्राप्ति तथा द्विपक्षीय सम्बन्ध विस्तार गर्ने

दक्षिण कोरियामा १८१ जना सवार विमान दुर्घटना, हालसम्म ४७ जनाको मृत्यु पुष्टि

सियोल– दक्षिण कोरियामा विमान दुर्घटना भएको छ । कोरियाको योनहाप

चिया बेचेरै विरसले छोराछोरीलाई स्नातकोत्तर पढाइन्

खोटाङ- खोटाङकाे दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलाकी ४७ वर्षीया विरस