रोचक समीकरणमा आईपिएल : आज जिते चेन्नई प्लेअफमा, हारे गणितले गर्छ भाग्य निर्धारणा « Khabarhub

रोचक समीकरणमा आईपिएल : आज जिते चेन्नई प्लेअफमा, हारे गणितले गर्छ भाग्य निर्धारणा


५ जेठ २०८१, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


795
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल)मा प्लेअफ पुग्ने अन्तिम टोलीको टुंगो शनिबार राति लाग्नेछ । १४ अंकसहित तालिकाको चौथो स्थानमा रहेको चेन्नई सुपर किंग्स र १२ अंकसहित सातौ स्थानमा रहेको रोयल्स च्यालेन्जर्स बैंग्लोरु (आरसिबी)को नतिजाले प्लेअफ पुग्ने अन्तिम टोलीको टुंगो लाग्न लागेको हो । यो महत्त्वपूर्ण प्रतिस्पर्धा शनिबार साँझ ७:४५ बजे बैग्लोरुमा हुँदैछ ।

चेन्नईले जित निकाले १६ अंकसहित प्लेअफ पुग्नेछ भने फराकिलो अन्तरमा पराजित भएमा रनरेटको आधारमा प्लेअफ पुग्ने टिमको टुंगो लाग्नेछ । मौसम पूर्वानुमानले बैंग्लोरुमा वर्षाको सम्भावना देखाएको छ । वर्षाले खेल अवरुद्ध भएमा चेन्नईलाई फाइदा हुनेछ । खेल अवरुद्ध भएर अंक बाँडिए चेन्नईको १५ अंक हुनेछ भने आरसिबी १३ अंकमा समेटिने छ ।

शनिबार हुने खेलमा चेन्नई पराजित भए मात्र आरसिबीको प्लेअफ पुग्ने गणितीय सम्भावनाको ढोका खुल्नेछ ।

शनिबार राति मुम्बई इन्डियन्समाथि १८ रनको जित निकालेर १४ अंक जोडे पनि लखनउ सुपर जायन्ट्सको प्लेअफ पुग्ने सम्भावना सकिएको छ । १४ अंक बनाएको दिल्लीकोसमेत रनरेटकै आधारमा प्लेअफको सपना सकिएको छ ।

सिजनको आईपिएलमा कोलकाता नाइट राइडर्स, राजस्थान रोयल्स र सनराइजर्स हैदरावाद यसअघि नै प्लेअफमा पुगिसकेका छन् । कोलकाता १९ अंकसहित शीर्ष स्थानमा छ । अब कुनै पनि टिमले कोलकातालाई दोस्रो स्थानमा झार्न सक्ने छैनन् । दोस्रो स्थानको राजस्थानको १६ अंक मात्र छ । उसले समूह चरणको अन्तिम खेल कोलकातासँगै खेल्नेछ । उक्त खेलमा विजयी भए राजस्थानले १८ अंक बनाउँछ । तर कोलकाता विजयी भएमा उसको २१ अंक हुनेछ ।

आइतबार हुने अन्तिम खेलमा कोलकातासँग राजस्थान पराजित भएर अर्को खेलमा सनराइजर्स हैदरावाले पञ्जाब किंग्समाथि जित निकाले उसको १७ अंक बन्नेछ । यी दुई खेलको नतिजाले मात्र दोस्रो स्थानको टिमको निर्धारण हुनेछ ।

प्लेअफ पुग्ने अन्तिम टोलीको टुंगो लाग्ने भएकाले यो सिजनको आईपिएलमा समूह चरणमा सबैभन्दा प्रतिक्षापूर्ण खेल शनिबारको चेन्नई र आरसिबीको हुने देखिन्छ ।

यो सिजनमा यसअघि नै मुम्बई इन्डियन्स, पञ्जाब किंग्स र गुजरात टाइटन्स प्लेअफ दौडबाट बाहिरिसकेका छन् ।

प्रकाशित मिति : ५ जेठ २०८१, शनिबार  ७ : ३६ बजे

स्पेसएक्सले युक्रेनमा स्टारलिंकको सेवामा गर्‍यो सीमितता, सैन्य ड्रोन अभियान प्रभावित

एजेन्सी– अमेरिकी अन्तरिक्ष प्रविधि कम्पनी स्पेसएक्सले युक्रेनमा उपलब्ध गराउँदै आएको

कुमारी बैंक लिमिटेडको २६औँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं– कुमारी बैंक लिमिटेडको छब्बीसौं वार्षिक साधारण सभा बुधबार काठमाडौंको

लोकदोहोरीबाट कांग्रेसको केन्द्रीय नेतृत्वसम्म, रिता थापामगर बनिन् केन्द्रीय सदस्य

काठमाडौं– लोकदोहोरी गीतमार्फत दर्शक तथा श्रोतामाझ परिचित गायिका रिता थापामगर

सरकारी कर्मचारीलाई स्वास्थ्य बीमामा आबद्ध गराउन स्वास्थ्य मन्त्रालयले पठायो पत्र

काठमाडौं– स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले नेपाल सरकारका विभिन्न निकायमा

मनसुन पूर्णरूपमा बाहिरियो, दसैँमा मौसम घमाइलो हुने पूर्वानुमान

काठमाडौँ– यस वर्षको मनसुन नेपालबाट पूर्णरूपमा बाहिरिएको छ । मौसम