रोचक समीकरणमा आईपिएल : आज जिते चेन्नई प्लेअफमा, हारे गणितले गर्छ भाग्य निर्धारणा | Khabarhub Khabarhub

रोचक समीकरणमा आईपिएल : आज जिते चेन्नई प्लेअफमा, हारे गणितले गर्छ भाग्य निर्धारणा


५ जेठ २०८१, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


795
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपिएल)मा प्लेअफ पुग्ने अन्तिम टोलीको टुंगो शनिबार राति लाग्नेछ । १४ अंकसहित तालिकाको चौथो स्थानमा रहेको चेन्नई सुपर किंग्स र १२ अंकसहित सातौ स्थानमा रहेको रोयल्स च्यालेन्जर्स बैंग्लोरु (आरसिबी)को नतिजाले प्लेअफ पुग्ने अन्तिम टोलीको टुंगो लाग्न लागेको हो । यो महत्त्वपूर्ण प्रतिस्पर्धा शनिबार साँझ ७:४५ बजे बैग्लोरुमा हुँदैछ ।

चेन्नईले जित निकाले १६ अंकसहित प्लेअफ पुग्नेछ भने फराकिलो अन्तरमा पराजित भएमा रनरेटको आधारमा प्लेअफ पुग्ने टिमको टुंगो लाग्नेछ । मौसम पूर्वानुमानले बैंग्लोरुमा वर्षाको सम्भावना देखाएको छ । वर्षाले खेल अवरुद्ध भएमा चेन्नईलाई फाइदा हुनेछ । खेल अवरुद्ध भएर अंक बाँडिए चेन्नईको १५ अंक हुनेछ भने आरसिबी १३ अंकमा समेटिने छ ।

शनिबार हुने खेलमा चेन्नई पराजित भए मात्र आरसिबीको प्लेअफ पुग्ने गणितीय सम्भावनाको ढोका खुल्नेछ ।

शनिबार राति मुम्बई इन्डियन्समाथि १८ रनको जित निकालेर १४ अंक जोडे पनि लखनउ सुपर जायन्ट्सको प्लेअफ पुग्ने सम्भावना सकिएको छ । १४ अंक बनाएको दिल्लीकोसमेत रनरेटकै आधारमा प्लेअफको सपना सकिएको छ ।

सिजनको आईपिएलमा कोलकाता नाइट राइडर्स, राजस्थान रोयल्स र सनराइजर्स हैदरावाद यसअघि नै प्लेअफमा पुगिसकेका छन् । कोलकाता १९ अंकसहित शीर्ष स्थानमा छ । अब कुनै पनि टिमले कोलकातालाई दोस्रो स्थानमा झार्न सक्ने छैनन् । दोस्रो स्थानको राजस्थानको १६ अंक मात्र छ । उसले समूह चरणको अन्तिम खेल कोलकातासँगै खेल्नेछ । उक्त खेलमा विजयी भए राजस्थानले १८ अंक बनाउँछ । तर कोलकाता विजयी भएमा उसको २१ अंक हुनेछ ।

आइतबार हुने अन्तिम खेलमा कोलकातासँग राजस्थान पराजित भएर अर्को खेलमा सनराइजर्स हैदरावाले पञ्जाब किंग्समाथि जित निकाले उसको १७ अंक बन्नेछ । यी दुई खेलको नतिजाले मात्र दोस्रो स्थानको टिमको निर्धारण हुनेछ ।

प्लेअफ पुग्ने अन्तिम टोलीको टुंगो लाग्ने भएकाले यो सिजनको आईपिएलमा समूह चरणमा सबैभन्दा प्रतिक्षापूर्ण खेल शनिबारको चेन्नई र आरसिबीको हुने देखिन्छ ।

यो सिजनमा यसअघि नै मुम्बई इन्डियन्स, पञ्जाब किंग्स र गुजरात टाइटन्स प्लेअफ दौडबाट बाहिरिसकेका छन् ।

प्रकाशित मिति : ५ जेठ २०८१, शनिबार  ७ : ३६ बजे

भारत सरकारको स्पष्टीकरण : जर्मनी जान लागेकी नेपालीलाई कतार एयरवेजले रोकेको हो, हामीले होइन

नयाँ दिल्ली – जर्मनी जान लागेकी नेपाली नागरिक शम्भवी अधिकारीलाई

बेनी–दरवाङ सडक तीन दिनपछि सञ्चालन

म्याग्दी – म्याग्दीको पश्चिमी क्षेत्रका तीन वटा स्थानीय तहलाई जिल्ला

बुटवल-नारायणगढ सडक पूर्ण रूपमा अवरुद्ध

मध्यविन्दु – निरन्तर वर्षाका कारण हिलाम्ये भएको सडकमा सवारीसाधन फसेपछि

साँझबाट मौसममा क्रमिक सुधार

काठमाडौं – जल तथा मौसम विज्ञान विभागले देशमा मौसम क्रमशः

सरकार र आन्दोलनरत नर्सबीच सहमति

काठमाडौं – सरकार र उचित पारिश्रमिक नपाएको भन्दै आन्दोलनरत नर्सबीच