ताइवानको संसदमा भीषण झडप, सांसदहरूबीच हानाहान ! | Khabarhub Khabarhub

ताइवानको संसदमा भीषण झडप, सांसदहरूबीच हानाहान !


५ जेठ २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


8.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  ताइवानमा नयाँ राष्ट्रपतिलाई चिङ टेको शपथ ग्रहण गर्नुभन्दा दुई दिनअघि शुक्रबार संसदमा सांसदहरूबीच भीषण झडप भएको छ । सो क्रममा लात र मुक्का प्रहार समेत भएको थियो । 

कतिपय सांसद भने सभामुखको सिटमा पनि चढे । यसैबीच सांसद एक विधेयकसँग सम्बन्धित कागजात लिएर सदनबाट भागेका थिए ।

ताइवान संसद्‌मा एक प्रस्ताव ल्याइएको छ । यस अन्तर्गत विपक्षी सांसदहरूलाई सरकारको काम कारवाहीमा नजर राख्न थप अधिकार दिइने बताइएको छ । यसका साथै संसद्‌मा झुटा बयान दिने सरकारी कर्मचारीमाथि फौजदारी मुद्दा चलाइनेछ ।

मिडिया रिपोर्टका अनुसार यस विधेयकमा मतदान हुनुअघि नयाँ राष्ट्रपति चिङ तेहको डेमोक्रेटिक प्रोग्रेसिभ पार्टी (डीपीपी) र चीन समर्थक विपक्षी कुओमिन्ताङ (केएमटी) पार्टीका सांसदहरूबीच झडप भएको थियो । सांसदहरू सदनमा पुगेपछि एक आपसमा आरोप लगाउन थाले ।

मे २० मा, ताइवानको नयाँ राष्ट्रपति लाइ चिंग टेले पदको सपथ लिनेछन् । तर, उनको पार्टी डिपीपीको संसद्‌मा बहुमत छैन । ताइवानको मुख्य विपक्षी दल केएमटीसँग डीपीपीभन्दा बढी सिट छ । यद्यपि, बहुमतमा आउन ताइवान पिपुल्स पार्टी (टिपीपी) सँग गठबन्धन बनाउनुपर्नेछ ।

समाचार एजेन्सी रोयटर्सका अनुसार बहुमतमा रहेकाले विपक्षी दलले सरकारमाथि नजर राख्न संसद्‌मा आफ्ना सदस्यहरूलाई थप शक्ति दिन चाहन्छ । चिङ तेहको पार्टी डीपीपीले विपक्षीले विधेयक संसदमा पास गराउन दबाब दिन खोजेको आरोप संविधानको उल्लङ्घन भएको आरोप लगाएको छ ।

सत्तारुढ प्रजातान्त्रिक गणतन्त्र पार्टीका सांसदहरुले विधेयकमा पहिले प्रक्रियाअनुसार छलफल हुनुपर्ने माग राखेका छन् । विपक्षी दलले आफ्नो शक्तिको दुरुपयोग गर्नका लागि यो विधेयक पारित हुन दिन नचाहेको आरोप लगाएका छन् ।

प्रकाशित मिति : ५ जेठ २०८१, शनिबार  ६ : ०५ बजे

जेन-जी आन्दोलनले शु-सासनको लक्ष्मण रेखा कोरेको छ : प्रधानमन्त्री कार्की

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले जेन-जी आन्दोलनले देशमा शु-सासनको लक्ष्मण रेखा

विद्युत प्राधिकरणको स्पष्टीकरण- विद्युत आयात सम्झौताबारे भ्रामक प्रचारमा नपर्नुहोस्

काठमाडौं– नेपाल विद्युत प्राधिकरणले आगामी हिउँदयामको विद्युत व्यवस्थापनका लागि गरिएको

मधेशका प्रदेशसभा सदस्यले आफ्नै अनुहारमा दले कालो मोसो

काठमाडौं- मधेशका एक जना प्रदेशसभा सदस्यले आफ्नै अनुहारमा कालो मोसो

व्यवसायीलाई गृहमन्त्रीले भने- अहिले मन्त्रीलाई रिझ्याउन आवश्यक छैन 

काठमाडौं– गृहमन्त्री ओमप्रकाश अर्यालले वर्तमान अवस्थामा व्यवसायीले मन्त्रीलाई रिझ्याउनुपर्ने अवस्था

निजी क्षेत्रको मनोबल बढाउन सरकारले विशेष पहल गर्नुपर्छ : अध्यक्ष ढकाल

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको