ताइवानको संसदमा भीषण झडप, सांसदहरूबीच हानाहान ! « Khabarhub

ताइवानको संसदमा भीषण झडप, सांसदहरूबीच हानाहान !


५ जेठ २०८१, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


8.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  ताइवानमा नयाँ राष्ट्रपतिलाई चिङ टेको शपथ ग्रहण गर्नुभन्दा दुई दिनअघि शुक्रबार संसदमा सांसदहरूबीच भीषण झडप भएको छ । सो क्रममा लात र मुक्का प्रहार समेत भएको थियो । 

कतिपय सांसद भने सभामुखको सिटमा पनि चढे । यसैबीच सांसद एक विधेयकसँग सम्बन्धित कागजात लिएर सदनबाट भागेका थिए ।

ताइवान संसद्‌मा एक प्रस्ताव ल्याइएको छ । यस अन्तर्गत विपक्षी सांसदहरूलाई सरकारको काम कारवाहीमा नजर राख्न थप अधिकार दिइने बताइएको छ । यसका साथै संसद्‌मा झुटा बयान दिने सरकारी कर्मचारीमाथि फौजदारी मुद्दा चलाइनेछ ।

मिडिया रिपोर्टका अनुसार यस विधेयकमा मतदान हुनुअघि नयाँ राष्ट्रपति चिङ तेहको डेमोक्रेटिक प्रोग्रेसिभ पार्टी (डीपीपी) र चीन समर्थक विपक्षी कुओमिन्ताङ (केएमटी) पार्टीका सांसदहरूबीच झडप भएको थियो । सांसदहरू सदनमा पुगेपछि एक आपसमा आरोप लगाउन थाले ।

मे २० मा, ताइवानको नयाँ राष्ट्रपति लाइ चिंग टेले पदको सपथ लिनेछन् । तर, उनको पार्टी डिपीपीको संसद्‌मा बहुमत छैन । ताइवानको मुख्य विपक्षी दल केएमटीसँग डीपीपीभन्दा बढी सिट छ । यद्यपि, बहुमतमा आउन ताइवान पिपुल्स पार्टी (टिपीपी) सँग गठबन्धन बनाउनुपर्नेछ ।

समाचार एजेन्सी रोयटर्सका अनुसार बहुमतमा रहेकाले विपक्षी दलले सरकारमाथि नजर राख्न संसद्‌मा आफ्ना सदस्यहरूलाई थप शक्ति दिन चाहन्छ । चिङ तेहको पार्टी डीपीपीले विपक्षीले विधेयक संसदमा पास गराउन दबाब दिन खोजेको आरोप संविधानको उल्लङ्घन भएको आरोप लगाएको छ ।

सत्तारुढ प्रजातान्त्रिक गणतन्त्र पार्टीका सांसदहरुले विधेयकमा पहिले प्रक्रियाअनुसार छलफल हुनुपर्ने माग राखेका छन् । विपक्षी दलले आफ्नो शक्तिको दुरुपयोग गर्नका लागि यो विधेयक पारित हुन दिन नचाहेको आरोप लगाएका छन् ।

प्रकाशित मिति : ५ जेठ २०८१, शनिबार  ६ : ०५ बजे

विश्वकपबाट जर्मनी बाहिरिएसँगै प्रशिक्षक नागेल्सम्यानले दिए राजीनामा

काठमाडौं – फिफा विश्वकप २०२६ मा अपेक्षाअनुसार प्रदर्शन गर्न नसकेपछि

गदुल्ला जलविद्युत् आयोजनाको सुरुङ निर्माण सुरु, ऊर्जामन्त्री श्रेष्ठद्वारा शुभारम्भ

काठमाडौं – डोल्पा जिल्लामा निर्माणाधीन १०६ मेगावाट क्षमताको जगदुल्ला अर्धजलाशययुक्त

नवनिर्मित जालपादेवी मन्दिरमा क्षमा पूजासहित गर्भगृहमा मूर्ति राखियो

सुदूरपश्चिम – कैलालीको मोहन्याल गाउँपालिका–७ राजकाँडास्थित नवनिर्मित जालपादेवी मन्दिरमा विशेष

पर्यटन मन्त्रालयद्वारा पाँच निकायमा नयाँ पदाधिकारी नियुक्त, को कहाँ ?

काठमाडौं – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आफू मातहतका

खुला प्रतिस्पर्धाबाट छनोट भएका सात विश्वविद्यालयका उपकुलपतिले लिए शपथ

काठमाडौं – देशका विभिन्न विश्वविद्यालयमा नियुक्त भएका नयाँ उपकुलपतिहरूले पद